• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्रिकेटर सन्दिपलाई कुटनीतिक नोट लेख्न सरकारबाट आनाकानी हुँदा भिषामा अझै समस्या, विश्वकप खेल्ने संभवना न्यून

  •  
  • २०८१ जेष्ठ १५, मंगलवार ०६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौं, विश्वमा नेपाल चिनाउने एक मात्र खेलाडीको परिचय बनाएका क्रिकेटर सन्दिप लामीछानेले विश्व कप खेलेको हेर्ने नेपालीको चाहानामा ठेस पुग्ने संभवना बढ्दै गएको छ । क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाको काम शुरु नै नभएको कारण अमेरिका आउने संभावना संभवत सकिएको बताउन थालिएको हो । सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि बढेको थिएन । पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका थिए तर त्यत्तिकै को भरमा दुतावासले भिषा नदिने संकेत पाएपछि खेलकुद मन्त्रालय र प्रधानमन्त्रि कार्यलयले प्रक्रिया शुरु गर्ने भने पनि खासै केहि प्रक्रिया शुरु भएको छैन । नेपाल सरकारले कुटनीतिक नोट पठाएर अदालतबाट सफाई पाईसकेको जनाए मात्रै दोश्रो प्रक्रिया शूरु हुनेछ तर स्मरणीय रहोस प्रधानमन्त्रि र परराष्ट्र मन्त्रालयबाट कुनै प्रक्रिया नै शुरु भएको छैन भने खेलकुद मन्त्रालय ताकेता गरिरहेको छ ।
    सरकारले जारी गर्नु पर्ने कुटनीतिक नोट अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप गुमाउने खतरा बढ्दै गएको छ । त्यसैले स्वयम् सन्दिपले पनि सरकारले जति चासो दिनु पर्ने हो त्यति चासो सरकारी पक्षले नदिएकोले भिषा पाउने संभावना कम देखिएपछि एक स्टाटस लेख्दै आफुले सहभागीता जनाउन नसके पनि नेपाली टोलीले विश्वकप खेल्न पाएकोमा खुसी व्यक्त गरेका छन ।
    भिषा समस्या के हो ?
    सामान्यतय यति ठुलो अन्तराष्ट्रिय स्तरको खेलाडीको भिषा समस्या हुँदैन तर नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि सन्दीपको २०२५ सम्मको पहिलाको भिसा कायमैमा ढुक्क हुँदै क्यानले टिकटसमेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए । तर लगत्तै अमेरिकी दुतावासले बलात्कार मुद्दामा अभियोग लागेपछिको मितिलाई कायम राखेर अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पठाएको बताइएको छ । सो ईमेल पाएपछि सन्दिपले नयाँ प्रक्रिया शुरु गरेका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरूले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् ।

    यदि सरकारले कूटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउने पक्का छ तर, अहिलेसम्म कूटनीतिक नोट तयार नै नभएको अवस्थामा कसरी भिषा पाउला यसै भन्न सकिन्न । प्रधानमन्त्रि तथा परराष्ट्र मन्त्रालयबाट पहल भएको खण्डमा भिषा ठुलो कुरा होईन तर कसको यतिका दिन हुँदा पनि सरकारी पक्षले किन कुटनीतिक नोट जारी गर्न सकेको छैन त्यो भने सोचनीय विषय हो । त्यसैले पनि सन्दिपले सरकारबाट पनि सहयोग नभएको बुझेरै फेसबुकमा स्टाटस लेखेका हुन । सरकारले सामान्य पत्र तयार पारे पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने सङ्केत दूतावासले गरि सकेको छ । त्यसैले अहिले क्यानका पदाधिकारीहरूले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । युवा तथा खेलकुद मन्त्रीलाई भने यसअघि सन्दीपसहितको टोलीले भेटेको थियो । त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ । परराष्ट्रका अधिकारीहरूले प्रक्रिया अघि बढाउनु भन्दा पहिला दूतावाससँग समन्वय हुनु पर्ने बताउँदै अल्झाई रहेका छन ।
    हिजो अमेरिकी मेमोरियल डेको उपलक्ष्यमा बिदा थियो तर आज मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि अमेरिकी दुतावास कार्यालय भने खुला रहने बताइएको छ । गणतन्त्र दिवशमा नेपाल सरकारका सरकारी निकायहरू भने मंगलबार बिदा हुँदा त्यसले पनि भिषा प्रक्रियामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ । स्मरणीय रहोस सरकारले पनि सन्दिपलाई कुटनीतिक नोट लेख्न आनाकानी गर्नुले पनि शंका उत्पन्न भएको छ । किन सन्दिप माथी यत्रो ठुलो राजनीति हुँदैछ खेलकुद प्रमीले बुझ्नु जरुरी छ । नेपाल सरकारले कुटनीतिक नोटमार्फत अदालतबाट सफाई पाएको कोट गररेर भिषाका लागि अनुरोध गरेमा भिषा निश्चित छ तर सरकारी पक्षबाट यो वा त्यो नाममा ढिलाई गरी रहेको छ । सन्दिपको लागि भिषा प्रक्रियामा संलग्न टीम मन्त्रिलाई भेट्न जाँदा प्रधानमन्त्रि देखाउँछ, प्रधानमन्त्रि भेट्न गयो परराष्ट्र मन्त्रिले गर्ने भन्दै यता उता कुदाई रहेको अवस्था रहेकोले सन्दिपले भिषा पाउने सभावना कम हुँदै गएको हो ।

    Post Views: 154
    प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलवार ०६:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.