• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

वातावरण संरक्षणमा सरकार गंभीर देखिएनः बजेट महत्वमा नपरेको बन मन्त्रालय

  •  
  • २०८१ जेष्ठ १६, बुधबार ०२:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    यस बर्ष पनि सरकारको बजेटमा कम महत्व पाएको मन्त्रालयमा वन मन्त्रालय परेको छ । सधै झै सरकारले यस बर्ष वन तथा वातावरण संरक्षणका अधिकांश पुरानै योजना राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराएका छन् । मन्त्रालयको सिलिङ भने ११ अर्ब ६१ करोड थियो ।

    आर्थिक वर्ष २०८०र८१ मा १५ अर्ब ४३ करोड ८७ लाख बजेट थियो । यसमध्ये १२ अर्ब ११ करोड १३ लाख संघको थियो भने बाँकी प्रदेश र स्थानीय तहलाई सशर्त अनुदानको रुपमा गएको थियो । केही पाइपलाइनमा भएका आयोजनालाई समेत लक्षित गरी आगामी आर्थिक वर्षको बजेटको अंक तुलनात्मक रुपमा बढी देखिए पनि योजनाहरुमा खासै नयाँपन नभएको वन तथा मन्त्रालयका एक अधिकारीले बताए । वातावरणविदहरु पनि वातावरण संरक्षणको क्षेत्रमा ठोस योजना र कार्यक्रम बजेटमा नआएको बताउँछन् । वातावरणविद डा। सुदिप ठकुरीले वातावरण संरक्षणको क्षेत्रमा बजेट उत्साहजनक नभएको बताए । ‘वातावरण संरक्षण विश्वव्यापी चिन्ताको विषय छ । हरितगृह ग्याँस उत्सर्जनले नेपालका हिमाल पग्लिरहेका छन् । तर सरकार अझै गम्भीर भएको देखिएन ।
    सरकार कार्बन व्यापारमा निजी क्षेत्रलाई समेत समेट्ने योजनामा छ । यो योजना आर्थिक वर्ष २०८१ र ८२ को बजेट भाषणमै उल्लेख भएर आएको छ ।
    बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले भने, ‘कार्बन उत्सर्जन न्यूनीकरण र वनको दिगो व्यवस्थापन मार्फत् घटेको कार्बन उत्सर्जन वा बढेको कार्बन सञ्चितीलाई सरकार आफैं वा निजी क्षेत्रले राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने व्यवस्था मिलाइने छ ।’

    ्

    Post Views: 184
    प्रकाशित मिति: २०८१ जेष्ठ १६, बुधबार ०२:४९
    Advertisement
    संबन्धित शिर्षकहरु
    एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    Advertisement
    ताजा अपडेट
    • १. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.