• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

के हो अमेरिका र चीनबीचको पण्डा कुटनीति ?

  •  
  • २०८१ जेष्ठ १८, शुक्रबार ०९:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिका र चीनबीच खलबलिएको कुटनीतिक सम्बन्ध सुधार गर्न दुवै देश लागी परेका छन । यी दुई देशबीच सम्बन्ध विग्रीदा विश्व सम्बन्धमा र अर्थतन्त्रमा प्रभाव पर्दछ । त्यसैले अमेरिकासंगको सम्बन्ध सुधार्न चिनले कहिले खाना कुटनीति त कहिले पण्डा कुटनीति प्रयोगमा ल्याएका छन । त्यस्ेको फलस्वरुप चिनले अमेरिकालाई एक जोडी पाण्डा पठाउने भएको समाचार अन्तराष्ट्रिय माध्यममा प्रमुखताका साथ छापिएको छ ।

    अमेरिकाको नेशनल जू ले ट्वीटरमार्फत जानकारी गराउँदै चीनबाट एक जोडी पाण्डा वासिङ्टन डिसी आउन लागेको घोषणा गरेको छ। चीनले गत नोभेम्बरमा तीनवटा पाण्डा अमेरिकाबाट फिर्ता ल्याएको थियो। त्यसको ६ महिनापछि नै नयाँ सम्झौता भएको वासिङ्टनको नेशनल जूले जनाएको छ। ‘पाण्डा संरक्षणमा साझेदारीको अर्को अध्याय सुरू भएकामा हामी उत्साहित छौं,’ नेशनल जू का प्रमुख ब्रान्डी स्मिथले एक्समा लेखेकी छन्। अमेरिकाकी प्रथम महिला जिल बाइडेनले पनि यसबाट आफू उत्साहित भएको बताएकी छन्। बढ्दो तनावका बीच ६ महिनाअघि तियन तियान, मेइ छियाङ र छियाओ क्वीजी नाम गरिएका पाण्डा चीनले अमेरिकाको नेशनल जू बाट फिर्ता गरेको थियो।

    यसबीचमा चीनका राष्ट्रपति सी चिनफिङको क्यालिफोर्नियामा एक सम्मेलनमा भाग लिन पुगेका बेलामा राष्ट्रपति जो बाइडेनसँग संवाद भएको थियो। त्यतिबेला चिनियाँ र अमेरिकीहरूबीचको मित्रता बढाउन पाण्डा पठाउन तयार रहेको बताएका थिए। अहिले बाओ ली र क्वीङ बाओ नाम गरेको पाण्डालाई चीनले वासिङ्टन पठाउन लागेको हो। नेशनल जूमा लगिने ती पाण्डालाई केही साता क्वारेन्टाइनमा राखिन्छ। त्यहाँको हावापानीमा अभ्यस्त भइसकेपछि मात्रै मानिसहरूसँग घुलमिल हुन दिइन्छ । पाण्डाले नेशनल जुको व्यवसाय पनि फस्टाएको थियो । उनीहरू आफ्नै देश फर्किएपछि पाण्डाप्रेमीहरू निराश बनेका थिए। अहिले उनीहरू उत्साहित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    दुई शक्तिराष्ट्रबीच कुटनीतिक सम्बन्धको सुधारको प्रतिकका रूपमा पाण्डालाई लिइन्छ। चीनले पहिलोपटक सन् १९७२ मा अमेरिकालाई पाण्डा उपहार पठाएको थियो । त्यसपछि पाण्डाको प्रजनन् सुधार कार्यक्रम अन्तर्गत अमेरिकाका विभिन् राज्यका चिडियाघरहरूलाई पनि चीनले पाण्डा उपलब्ध गराउँदै आएको थियो। चीनबाट पठाइएका पाण्डारहरूप्रति चिडियाघरहरूमा नराम्रो व्यवहार गर्ने हुने गरेको भन्ने खबरहरू चीनमा फैलिएपछि उसले पाण्डा फिर्ता ल्याएको समाचार संस्था एशोसियटेड प्रेसले लेखेको छ।

    Post Views: 130
    प्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार ०९:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह
    अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !
    खाडीका २० लाख नेपाली प्रभावित  !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !

    • ३. खाडीका २० लाख नेपाली प्रभावित  !

    • ४. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ५. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. समानुपातिकतर्फ पनि रास्वपाकै अग्रता, अरुले कति ल्याए?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.