• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टि २० विश्वकप क्रिकेट शुरु , अमेरिकाद्धारा क्यानडामाथी सानदार विजयी सुरुआत, नेपाली टोली केहिले कोसंग खेल्दैछन खेल तालिकाहित

  •  
  • २०८१ जेष्ठ २०, आईतवार ०४:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आइसिसी टी ९२० विश्वकप २०२४ को अमेरिकी समय अनुसार ९ बजे औपचारिक उद्घाटन भएर गेम शुरु भएको छ । पहिलो उद्घाटन खेल सहआयोजक अमेरिका र छिमेकी क्यानडाबीच टेक्सासको ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा शुरु भएको हो । उद्घाटन खेलमा अमेरिकाद्धारा क्यानडा पराजित अमेरिकाको टेक्सासमा भएको टि २० विश्वकप क्रिकेटमा भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई जितेको छ । डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो । क्यानडाबाट अमेरिकालाई १९५ रनको लक्ष्य लिएको छ ।

    आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ ।

    १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे ।

    एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२-२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

    अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६.३ ओभरमा ४२-२ को अवस्थामा थियो ।

    तर त्यसपछि जोन्स र गौसले पूरै खेलको माहोल नै परिवर्तन गरेका थिए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक/एक विकेट लिए ।

    त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

    क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।

    क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए ।

    परगत सिंह ५ रनमा रन आउट भएका थिए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक/एक विकेट लिए ।

    समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुआत गर्नेछ ।

     

    अपडेट

    । अमेरिकामा क्रिकेट प्रेमीहरु कम भएको कारण त्यहि धेरै उत्साह छैन तर क्रिकेटका लागि मरिहत्ते गर्ने नेपाललगायतका देशका लागि भने यो प्रतियोगिताले ठूलो अर्थ राखेको छ । टेक्सासमा नेपाली भारतीय बंगलादेशी तथा एसियनहरुको ठुलो बसोबास रहेकोले पनि रौनक बढेकै छ । त्यसमा पनि विश्वभरका क्रिकेटप्रमी यतिखेर अमेरिका ओईरिएका छन ।
    समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछि विश्वकपमा फर्किदा धेरै अवसर छन् । हाल टोलीमा रहेका अधिकांस खेलाडीहरू नेपालले सन् २०१४ को पहिलो पटक खेलेको विश्वकप हेरेर हुर्किएका खेलाडी छन् । दश वर्षअघिको विश्वकपले नेपालमा क्रिकेटको क्रेज बढाएको थियो ।

    त्यहि अनुसार नेपालका कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाइले कम्तिमा पनि एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य रहेको बराम्बार बताइएका छन् । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका र श्रीलंका दुई शीर्ष वरीयतामा रहेका टोली हुन् । टी(२० विश्वकपको पूर्वच्याम्पियन श्रीलंका र दक्षिण अफ्रिकासहित नेपालले बंगलादेश, नेदरल्यान्ड्ससँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो तयारी राम्रो संग गरी रहेको बताइएको छ तर पनि आफ्नो मुख्य खेलाडी सन्दिप लामीछाने नभएकोले केहि अभाव भने पक्के खड्किनेछ । संसारभरका क्रिकेट प्रेमी यतिखेर टेक्सास आई पुगेका छन ।

     


    समूहलाई कतिपयले ‘ग्रुप अफ डेथ’ भने पनि वास्तविक अर्थमा नेपालका लागि भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड जस्ता टोली भन्दा बंगालदेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्न सजिलो हुनेछ । नेपालले प्रत्येक टोलीलाई हराउन सक्ने क्षमता राख्ने आइसिसीले समेत विश्लेषण गरेको छ । नेपालको युवा टोलीको कप्तानी २१ वर्षीय रोहितकुमार पौडेलले गर्दैछन्। विगत एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको नेपालले अब मैदानमा नजिता निकाल्ने तयारी गरिरहेका छन । सामना गर्ने पहिलो प्रतिद्वन्द्वी नेदरल्यान्ड्स हो । पछिल्ला आइसिसी प्रतियोगिताहरूमा आश्चर्यजनक नतिजा हासिल गरेको नेदरल्यान्ड्सलाई पराजित गर्न नेपाललाई सहज भने पक्का हुनेछैन ।
    नेपालका लागि श्रीलंकाको खेल पनि महत्वपूर्ण हुनेछ। फ्लोरिडामा नेपालले श्रीलंकासँग दोस्रो खेल खेल्नेछ। वानिन्दु हसरंगाले श्रीलंकाको पहिलो पटक कप्तानको रुपमा विश्वकप खेल्नेछन्। कुसल मेन्डिस, पथुम निसान्का, चरित असालान्का, सदीरा समराविक्रमा र धनंजया डी सिल्भाले श्रीलंकाको ब्याटिङ युनिटलाई बलियो बनाएको छ।
    जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदैछन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदैछन् ।

     

    विश्वकपमा समूह विभाजन

    समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका

    समूह बी – अष्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड

    समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज

    समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका

    टी–२० विश्वकपमा नेपाली समय अनुसार खेल तालिका, समय र मैदान

    जेठ २२ (४ जुन ) – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ ः १५, ग्रान्ड पेरी स्टेडियम

    जेठ ३० (१२ जुन ) – नेपालविरुद्ध श्रीलंका, बिहान ५ ः १५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

    असार १ (१५जुन) – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ ः १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

    असार ३ (१७ जुन) – नेपालविरुद्ध बंगलादेश, बिहान ५ ः १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

     

    हालसम्म वल्डकप क्रिकेट जित्ने देशहरु

    इङल्याण्ड टी २० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी(२० विश्वकप्को यो नवौं सिजन हो । यसअघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २(२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी(२० विश्वकप जितेको थियो ।
    त्यस्तै, भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एकपटक टी २० विश्वकप जितेका छन् । भारतले टी २० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो । त्यस्तै, टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिकाजस्ता देशले अहिलेसम्म टी २० विश्वकप जित्न सकेका छैनन् ।
    न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एकपटक सुपर १० सम्म पुगेका छन् । त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एकरएक पटक सुपर १२ सम्म पुगेका छन् । त्यस्तै, नेपालले भने १० वर्षपछि टी(२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
    विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
    टी(२० विश्वकपमा नेपालसमूह ‘डी’ मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

     

    Post Views: 117
    प्रकाशित मिति: २०८१ जेष्ठ २०, आईतवार ०४:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.