• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

व्यावयायिक कम्लेक्सले घेरीएको विद्यालय, बिद्यार्थीलाई स्कुल पुग्ने समस्या

  •  
  • २०८१ जेष्ठ २६, शनिबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शिक्षा क्षेत्रमा सरकारको मनग्य लगानी रहेको छ । सरकाले हरेक बर्षको बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको हुन्छ । अझ पछिल्लो समय सरकारले निजी विद्यालयलाई टक्कर दिँदै सामुदायिक विद्यालयको प्रभाबकारीता बढाउने भन्दै विभीन्न कार्यक्रमलाई अगाडी ल्याउने गरेको छ । देशभरमा रहेका अधिकांश सामुदायिक विद्यालय संगै छ सय बढी शैक्षिक सस्थाले सरकारसंग स्कुल हातामै गार्डेनदेखि स्वीमिङ पुलसम्म निर्माणको माग गरीरहेका छन् । तर काठमाडौको घना व्यावसायिक चाप रहेको महाबौद्ध क्षेत्रमा एउटा यस्तो सामुदायिक स्कुल छ, जहाँ सामान्य पूर्वाधारमा नै स्कुल चलीरहेको छ ।

    काठमाडौं महानगर २७ स्थित महाँकाल माध्यमिक विद्यालय वरिपरि व्यावसायिक कम्लेक्सले स्कुलको वातावरण निस्सासिने अवस्थामा पुगेको छ । स्कुल पुग्न यहाँका विद्यार्थीले युद्ध जितेसरह ठेलमठेल गरेर जानुपर्छ । पाइला पाइलामा होलसेलदेखि रिटेलका खचाखच पसलहरु छन । ठूला भवनका कारण स्कुलमा राम्रोसंग हावा समेत आवतजावतको सम्भव छैन । अधिकांश समय भीडभाड, कोलाहल र सवारीको कर्कस ध्वनिले यहाँको वातावरण अशान्त रहने गर्छ । व्यस्त बजारको एउटा कुनामा रहेको यो स्कुल सामान्य हिँडडुल गर्दा आँखाले ठम्याउन पनि गाह्रो हुन्छ । सन् २०१३ सालमा प्राथमिक तहबाट सुरु गरेको यो स्कुलले माध्यमिक तहसम्म फड्को मारेको छ । स्कुल भवन पुनः निर्माण भएपनि स्कुलको क्षेत्र जस्ताको तस्तै छ । व्यस्त बजारको छेउमा स्कुलको सानो बोर्ड, केही थान मोटरसाईकल अट्ने पार्किङसहित स्कुलको भवनमा २४ कोठा र सानो चौर रहेको छ । जहाँ २२ शिक्षक र ३ सय बढी विद्यार्थी छन् । सामुदायिक स्कुलमा पठनपाठनका लागि चाहिने विद्यालय भवनको अतिरिक्त सुविधासम्पन्न क्यान्टिन, गार्डेन, पुस्तकालय, व्यायामशाला लगायतका सुविधा भोग गरिरहेको बेलामा यो स्कुल समस्याग्रस्त भएपनि सामान्य पूर्वाधारमा चलेको छ । आवश्यक पूर्वाधारको कमिले समस्या हुने गरेको महांकाल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजिव बज्राचार्य बताउनुहुन्छ ।

    स्कुल व्यस्त बजारमा भएकाले सबैभन्दा ठूलो समस्या आवत जावतमा हुने गरेको छ । स्थानीय खासगरी शारीरिक श्रम गर्नेका सन्तान पढ्ने भएकाले यातायातको खासै समस्या हुँदैन । तर, भिडभाड हुने स्थानमा स्कुल भएका कारण सानो कक्षामा पढ्ने बालबालिकालाई भने स्कुलले छुट्टी पछि मात्र अभिभावकलाई बच्चा लिन आउन अनिवार्य गरेको छ । स्कुलमा चौरको अभावका कारण अतिरिक्त क्रियाकलाप गर्न समस्या हुने विद्यार्थी गुनासो गर्छन् । शिक्षा क्षेत्रमामा सरकारको सर्वाधिक लगानी भएपनि कतिपय सामुदायिक स्कुलमा अतिरिक्त शैक्षिक संरचना नहुँदा शारीरिक अभ्यासबाट बालबालिका वञ्चित रहेका छन् । विद्यार्थीका न्यूनतम अधिकार सुरक्षित गर्ने तर्फ स्थानीय निकाय तथा सरकारको ध्यान जान आवश्यक छ ।

    Post Views: 238
    प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार ०७:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन
    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • २. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    • ३. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ४. सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले

    • ५. राष्ट्रसंघ महासभामा नेपालका परराष्ट्रमन्त्रि शिशिर खनालले के के भने ?

    चर्चित
    • १. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • २. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ३. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ४. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    • ५. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.