• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालबाट पुराना मुर्ति कसरी पुग्छ विदेश ? कस्को संलग्नतामा कहाँ कहाँ पुगे नेपाली मुर्तिहरु !

  •  
  • २०८१ जेष्ठ २६, शनिबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालबाट मुर्ति हराउने घटना सामान्य जस्तै हो । विदेशमा कहिंकतै प्रर्दशनी हुँदा नेपालमा हराएको भनिएका ति मुर्तीहरु कसरी प्रर्दशनीमा राख्छन । खास गरी २०४६ साल पहिले धेरै त्यस्ता पुरातत्वीक मुर्तिहरु अमेरिका अष्ट्रेलिया र यूरोप पुगेको थुप्रै घटनाहरु छन । जो संग अमेरिकामा त्यस्ता पुराना नेपाली मुर्तिहरु छन उनिहरु आफुले केहि उपहार पाएको केहि किनेको र केही नेपालबाट आउँदा ल्याएको भन्दछन तर ती अत्यन्तै महत्वपुर्ण मुर्तिहरु यसरी सजिलै विदेशीले कसरी ल्याउँछन ?
    तथ्याङक अनुसार पुरातत्व विभागमा ४ सय ९ वटा मुर्ती, कला वस्तु चोरी सम्बन्धी दर्ता भएका उजुरीहरु दर्ता छन् । त्यसमध्ये ७७ वटा मुर्तीहरु र कलावस्तुहरु भेटाइसकिएको छ । नेपालबाट कतिवटा मुर्तीहरु बाहिरियो भन्ने बिषयमा भने विभागसँग तथ्याङ्क छैन् । किनभने मुर्तीहरु हराउने प्रक्रिया बहुदल पछि भन्दा बहुदल अघि व्यपक थियो । अहिलेसम्म नेपाल फर्काइएका मुर्तीहरुमा अमेरिकाबाट ७६ वटा, चीनबाट २९ वटा, बेलायतबाट २२ वटा, भारतबाट १३, अष्ट्रेलियाबाट ५ वटा र जर्मन, अष्ट्रिया, इटालीबाट एक÷एक वटा रहेका छन् , नेपालबाट हराएका मुर्तीहरु विभिन्न देशका म्युजियममा भेटिएका मुर्तीहरु हुन । त्यस्ता मुर्ति नेपाल फर्काउन पहल गर्नेबारे हामी छुटट्रै खोजी समाचार बनाउँदैर्छौ आज भने यहि सेरोफेरोमा रहेर पुरातत्व विभागमा महानिर्देशक सौभाग्य प्रधानाङ्गसंग खबरमालाका लागि गोविन्द मरासिनीले गरेको कुराकानी

     

     हालसम्म नेपालबाट हराएका, चोरिएका मुर्ती, पुरातात्विक वस्तुहरु कुन–कुन देशबाट कति फर्किएका छन् ? कुनै तथ्याङ्क छ ?

    हामीकहाँ अहिलेसम्म तथ्याङक पुरातत्व विभागमा ४ सय ९ वटा मुर्ती, कला वस्तु चोरी सम्बन्धी दर्ता भएका उजुरीहरु दर्ता भएका छन् । त्यसमध्ये ७७ वटा मुर्तीहरु र कलावस्तुहरु भेटाइसकिएको अवस्था छ । नेपालबाट कतिवटा मुर्तीहरु बाहिरियो भन्ने बिषयमा भने हामीसँग यकिन तथ्याङ्क छैन् । किनभने धेरै पहिलादेखि नै मुर्तीहरु हराउँदै र बाहिरिदै गएको अवस्था छ । कुन देशमा कति मुर्ती छन् भन्ने पनि तथ्याङ्क भेटिदैन् । तर, विदेशमा कुन देशबाट कतिवटा फिर्ता ल्याईयो भन्ने बिषयमा भने तथ्याङक छ ।
    अहिलेसम्म फर्केका मुर्तीहरुमा अमेरिकाबाट ७६ वटा, चीनबाट २९ वटा, बेलायतबाट २२ वटा, भारतबाट १३, अष्ट्रेलियाबाट ५ वटा र जर्मन, अष्ट्रिया, इटालीबाट एक÷एक वटा रहेका छन् । यसरी फर्काईएका मध्येमा ३६ वटा मुर्तीलाई विभिन्न स्थानमा ओर्जिनल प्लेटमा प्रतिस्थापन गरिसकेका छौं । केहि मुर्तीहरु संग्राहलयहरुमा पनि राखेका छौं । जस्तै पाटन संग्राहलय, भक्तपुर संग्राहलयहरुमा हामीले राखेका छौं । हामीले कहाँको मुर्ती हो भनेर पहिचान गर्न नसकेका र सुरक्षाका जोखिम रहेका मुर्तीहरुलाई राष्ट्रिय संग्राहलय छाउनीमा प्रदर्शनीमा राखेका छौं । कतिपय फर्काईएका मुर्तीहरुलाई जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको रोहबरमा सम्बन्धित निकायमा उहाँहरुको जिम्मा लगाउने व्यवस्था समेत मिलाएका छौं ।
    यसबाहेक नेपालबाट हराएका मुर्तीहरु विभिन्न देशका म्युजियममा भेटिएका मुर्तीहरु नेपाल फिर्ता गराउनका लागि पहल समेत गरिरहेका छौं । हामीलाई प्राप्त सुचना र हामीले जुटाएको प्रमाण अनुसार करिब एक सय वटा मुर्तीहरु नेपाल फिर्ता गराउने प्रक्रियामा छौं । यस्ता मुर्तीहरु स्विडेनमा मात्रै ३० वटा, बेलायतमा २४, फ्रान्समा १६, स्वीजरल्याण्डमा १४, अमेरिकामा १०, अष्ट्रिया र सिंगापुरमा २÷२ र चीनमा १ वटा रहेका छन् ।
    मुर्ती यहि कारणले नै बाहिरिए भन्ने थाहा पाएको भए बाहिर जानै दिदैनथ्यौं । हाम्रो अध्ययन, अनुसन्धान अनुसार चोरीबाट मात्र हैन्, विभिन्न तरिकाले पुग्ने गरेको पाईएको छ । जस्तै विभिन्न स्थानीय ठाउँबाट हराएपछि विभिन्न ठाउँबाट कलेक्टरले विदेश पु¥याए, कतिपय विदेशमै बसाईसराई गरेका नेपालीहरुले आफ्नो घरमा भएको मुर्तीलाई आफ्नै सम्पत्ती हो भनेर पनि विदेश पु¥याए, कतिपयले बाहिरबाट आएकाहरुलाई पाहुनाको रुपमा आएकालाई उपहारको रुपमा दिएको हुन सक्छ, विदेशबाट आएका रिसर्चहरुले अनुमति नदिई रिसर्च गर्ने क्रममा केहिको कला, महत्व वुझेपछि अन्य कुनै माध्यमको प्रयोग गरेर पनि लगेको देखिन्छ । यस्तै कोहि कसैले खरिद गरेरै पनि लगेको देखिन्छ ।

     नेपालमै भएका मुर्ती वा त्यस्ता पुरातात्विक वस्तुहरुको जर्गेना चुनौती बनिरहेको बेलामा विदेशबाट फर्किएकाको सुरक्षा कसरी होला ?

    एकपटक विदेशबाट आएका मुर्तीहरु पुनः हराएको भन्ने अहिलेसम्म छैन् । मैले अघि पनि भने त्यसरी फर्काइएका मुर्तीहरु जिल्ला प्रशासन, स्थानीय निकाय, स्थानीय जनताले सुरक्षित छ भनेपछि मात्र पुर्नस्थापना गर्ने गरेका छौं । जहाँसम्म नेपालभित्रै भएका मुर्तीहरु असुरक्षित भन्ने गरिएको छ । नेपालभित्र कयौं मुर्तीहरु आस्था र विश्वासकै कारण प्रत्येक मन्दिर र गल्लीगल्लीमा पनि मुर्तीहरु निर्माण गरिएका छन् । हामीले यस्ता मुर्तीहरुको संरक्षणमा सबै सचेत हुनुपर्छ । मन्दिरमा मुर्तीहरु पुजा गर्ने हाम्रो धर्म, संस्कार पनि हो । मुर्ती र पुरातात्विक बस्तु भनेको जेलभित्र धुनेर राख्ने चीज पनि त हैन् नी ? हाम्रो संस्कार नै त्यही हो । हाम्रो भावना नै यहि हो । त्यसैले असुरक्षित छन् भन्न नमिल्ला ?

     विदेशबाट मुर्ती एवं पुरातात्विक वस्तुहरु फर्काउँदा लाग्ने खर्चको व्यवस्थापन कसरी होला ?

    पहिला त विदेशबाट जुन म्युजियमले फिर्ता गरेको हो उसैले खर्चको व्यवस्थापन गथ्र्यो । पछिल्लो बर्षमा धेरै मुर्तीहरु फर्कन थालेपछि कुनै दाताले र कार्गोहरुले पनि सहयोग गरेका छन् । यस्तै नेपाल सरकारले पनि यसमा बजेट त छुट्याएको छ तर पर्याप्त मात्रामा छैन् । केहि बजेट छुट्याएर नेपाल सरकार आफैले पनि कला वस्तुलाई फर्काएको छ । नेपालीहरु पनि धेरै देशमा छरिएर रहनुभएको छ, उहाँहरुले पनि नेपालको मुर्ती हो भनेर चिनेपछि राष्ट्रियताप्रतिको मायाले पनि सुचना दिने र फर्काउनमा सहयोग गर्नुभएको छ । यसरी विदेशमा रहेका मुर्तीहरु फर्काउनका लागि नेपाल सरकार मात्र भन्दा पनि प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय व्यक्ति, देशबाहिर रहेका विभिन्न नेपालीहरुले स्वतःस्फुर्त सहयोग हुनु आवश्यक छ । विदेशमा रहनुभएका संघ संगठनले पनि सहयोग गर्नुभएको छ । अस्ति मात्र पनि अमेरिका स्थित नेवाः गुठीले ४ वटा मुर्ती फर्काउन सहयोग गर्नुभएको छ ।

     कुनै देशमा भएको नेपालको मुर्ती खर्चकै अभावले फर्काउन नसकेको भन्ने छ र ?

    त्यस्तो खर्च नै नभएर फर्काउन समस्या भएको छैन् । मैले अघि पनि भने प्रमाण पु¥याएर फर्काउन बाँकी प्रक्रियामा रहेका धेरै छन् ।
     महाभूकम्पको समयमा के कति मुर्तीहरु नष्ट भए वा हराए कुनै तथ्याङ्क छ ?
    भूकम्पको बेलामा धेरै कला बस्तुमा क्षति पुगे तर, पुरातत्व विभागको नेतृत्वमा क्षति पुगेका कला, बस्तुलाई हामीले सुरक्षित स्थानमा लगेर राख्यौ । भूकम्पमा कुनै कला, बस्तुहरु हरायो भन्ने हामीसँग रेकर्ड छैन् । क्षतिग्रस्त संरचनाहरु पनि हामीले स्थानीयको सहयोगमा सुरक्षित नै राख्यौं । पुर्ननिर्माणको क्रममा क्षतिग्रस्त बस्तुलाई हामीले मर्मत गरेर पुर्नस्थापित ग¥यौं । कतिपय धेरै पुरानो मक्किएको, भाचिएकोलाई स्थानीयको रोहबरमा सुरक्षित राख्यौं ।

     मुर्ती, कलाबस्तु विदेश पुगेको सुचना तपाईहरुलाई कसरी आउँछ ?

    त्यहाँ कसरी पुग्यो भन्ने हामीसँग जानकारी हुँदैन् । उता पुगिसकेको मुर्तीहरु विभिन्न म्युजियमहरुमा राखिएका हुन्छन् । नेपालको मुर्तीहरु अन्य देशको भन्दा फरक हुन्छ नेपालीहरु म्युजियम पुग्दा चिनिहाल्नु हुन्छ । हामीले दिनदिनै पुजा गरेको मुर्ती सहजै छुट्याउन सकिन्छ । अनि ती मुर्तीहरु नेपालको हुनुपर्छ भनेर सुचना आउने गर्छ ।

     हामीसँग विश्व सम्पदा सुचीमा सुचीकृत कति छन् ? तिनीहरुको संरक्षणको अवस्था कस्तो रहेको छ ?

    हामीसँग विश्व सम्पदा सूचीमा नेपालका काठमाडौं उपत्यका, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज गरी ४ वटा क्षेत्रहरु सुचीकृत छन् । यस्तै काठमाडौं उपत्यका भित्र ७ वटा संरक्षित क्षेत्रहरु रहेका छन् । जसमा काठमाडौं, भक्तपुर, पाटन दरबार २ वटा बौद्व धर्मका आस्थाका क्षेत्र बौद्व, स्वयम्भु र हिन्दु धर्मालम्बीका आस्थाका केन्द्र चागुनारायण र पशुपति रहेका छन् । यसपाली हामीले बुद्वले २९ बर्ष बिताएको कपिलवस्तु, तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्नका लागि प्रस्ताव पेस गरिसकिएको अवस्था छ । यसबाहेक हामीसँग सम्भावित विश्व सम्पदा सुची भनेर हामीसँग १५ वटा छन् भने संरक्षित स्मारक क्षेत्र भनेर १२ वटा रहेका छन् । विश्वसम्पदा सूचीमा सुचीकृत काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने, भूकम्पपछि हामीले पुर्ननिर्माण गरिसकेको अवस्था छ । लुम्बिनीमा अहिलेको सन्दर्भमा अलिकति नयाँ निर्माणको कारणले गर्दा खतराको सुचीमा भन्ने कुराहरु पनि आईरहेको छ । यसका नेपाल सरकार, लुम्बिनी बिकास कोषसँग समन्वय गरेर काम भईरहेको छ ।

     

    Post Views: 242
    प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार ०७:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. ९ देशका प्रतिनिधिबाट नेपालको निर्वाचन पर्यवेक्षण शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.