• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल- दक्षिण कोरिया कूटनीतिक सम्बन्धको ५० बर्ष

  •  
  • २०८१ जेष्ठ २६, शनिबार ०९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरेको छ । कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभूति गराउनका लागि कार्यक्रमहरू आयोजना गरिएको थियो । कोरियाले यो वर्षभरी नै ५०औं वर्षसम्बन्धी कार्यक्रमहरु गरिरहेको छ । यही सिलसिलामा शुक्रबार हाजिरी जवाफ र कोरिया भाषा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा ४५जनाले सहभागिता जनाएका थिए। हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने धर्मराज लामाले यही वर्ष कोरियामा आयोजना हुने बक्तृत्वकला प्रतियोगितमा भाग लिने अवसर प्राप्त गरेको राजदूतावासले जनाएको छ ।

    हाजिरी जवाफमा भाग लिनका लागि विश्वभाषा क्याम्पसमा कोरियाली भाषा विषय अध्ययनरत विद्यार्थी तथा विभिन्न कोरियाली संस्थामा आवद्ध व्यक्तिहरु सहभागी भएका थिए।दुई देशबीच सम्बन्ध बिस्तारमा युवापुस्ताको भूमिका सम्बन्धी शीर्षकमा वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको थियो ।
    यस प्रतियोगितामा १०जना सहभागी भएका थिए । प्रतियोगितामा आरती पौडेलले प्रथम स्थान हासिल गरिन् । सहभागी सबै प्रतियोगी सबैले दूतावासबाट प्रशंसा पत्र प्राप्त गरे । कोरियाली सांस्कृतिक कार्यक्रमले कोरिया(नेपाल दुई देशका नागरिकबीच जनस्तरमा सम्बन्ध विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

    Post Views: 149
    प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार ०९:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • २. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ३. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ४. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ५. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.