• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेक्सास “काण्ड”मा लुटिएको साँडे २ करोडमध्ये ८८ लाख खोई ?

  •  
  • २०८१ जेष्ठ २९, मंगलवार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खबरमाला विशेष संवाददाता,
    गतबर्ष अमेरिकाको टेक्सासमा एउटा अनौठो घटना घट्यो । अमेरिकास्थित नेपाली दुतावासले सन्चालन गरेको कन्सुलर शिविरबाट संकलित रकम, मनी अर्डर र वियरर चेकहरु अकल्पनीय तरिकाले “चोरी ” भयो भनियो । टेक्सासको डालास, अष्टिन र ह्युस्टनमा सन्चालित कन्सुलर शिविरबाट ९ सय ३६ जना सेवाग्राहीले जम्मा पारेको २ लाख ११ हजार ६ सय ३५ डलर बराबर गाडीबाटै “हरायो ” भनियो । दुतावासका अनुसार सो रकम भएको गाडी रोकेर राखेको स्थानबाट “चोरी ” भएको हो । यति ठुलो रकम गाडीमा राखेर कतै गएकोबेला चोरी भयो भनियो । डिसेम्बर २२ सन २०२२ को दिन भएको सो घटनाको बारेमा हालसम्म थप जानकारी के भयो दुतावाससंग छैन । अमेरिकामा कयौन त्यस्ता घटना पत्तो लाग्छ तर यो सामान्य घटनाको बारेमा केहि पत्तो लागेको छैन भनिएको छ । वासिंटनस्थित नेपाली दुतावासमा सम्पर्क गर्दा सो विषय अनुसन्धानकै विषय भएकोले केहि बताउन नमिल्ने र हालसम्म केहि पत्ता नलागेको बताइएको छ त्यो पनि नाम नछाप्ने सर्तमा ।


    त्यति ठुलो रकम बैकमा दाखिला नगरी गाडीमा राखेर वासिंटन फकिंदै गर्दा बाटोमा गाडी रोकेर बाहिर गएको बेला यस्तो भयो भनिएको कुरा जस्ताको तस्तै महालेखाको बेरुजू (महालेखाको प्रतिवेदनमा ३६५ पेजमा) प्रतिवेदनमा उल्लेख छ । ६ सय ३५ मध्ये ४ सय ८८ जनाले मनि अर्डर र चेकहरु रद्द गरेर नयाँ जारी गरेको कारण सो रकम हराएन तर ६६ हजार डलर अर्थात ८८ लाख भन्दा बढी रकम कहाँ गयो हालसम्म पनि गर्भमै छ । तर अचम्मको कुरा के भने यो रकमको बारेमा नेपाल सरकारको महालेखा परिक्षाको कार्यालयले बेरुजुमा राख्यो तर अरुको खोजीको विषय बनेन । महालेखा परिक्षकको कार्यालयले त्यति ठुलो रकम प्राप्त भएपछि बैकमा दाखिला गर्नुपर्ने कमजोरी घटनामा संलग्नको भनेको छ । रकम गाडीमा लिएर हिड्नुलाई कमजोरी औल्याएको छ । हुन पनि अमेरिका जहाँ हरेक ५ मिनेटको दुरीमा सयौ बैकका शाखाहरु छन भने किन त्यति धेरै रकम बैकमा दाखिला गर्नुको साटो गाडी लिएर कर्मचारी जतागयो उतै लिएर हिडीयो भन्ने प्रश्न उती बेलै उठेको हो र महालेखाले पनि त्यहि कुरा उठाएर बेरुजुमा राख्यो । महालेखाले सो घटनालाई मन्त्रालय र दुतावासबीच समन्वय गरी घटनाको यथार्थ खोजेर यस्ता जोखिमको निवारण गर्ने र चारी भएको रकमको विषयमा प्रचलित कानुन अनुसार प्रक्रिया अपनाउनु सुझाव दिएको छ । महालेखाले यो प्रतिवेदन तयार गर्ने क्रममा दुतावासले नै यो अनौठो घटना भयो अमेरिकामा चोरी गर्नेको खोजी जारी भन्दै आलटाल जवाफ दिएपछि यस्तो प्रतिवेदन लेखिएको श्रोतले जनायो । महालेखाले आफ्नो प्रतिवेदनमा प्रष्टसंग भनेको छ की यति ठुलो रकम बैकमा दाखिला नगरी गाडीमा लिएर हिड्नु नै गल्ती भएको भनेको छ तर ती गाडीमा कोको थिए र घटनाका बखत एउटै गाडीमा भएकाहरुमाथी हालसम्म दुतावासले सामान्य सोधपुछबाहेक केही गरेन । हालको राजदुत सरकारले फिर्ता बोलाएको छ भने नयाँ आउनेलाई यो चासो हुने कुरै भएन । अमेरिकामा पैसा चोरिन्छु, लुटिन्छ त्यो सामान्य हो तर नेपालीको दुतावासको कार्यक्रममा यति पैसा उठाएर त्यो पनि क्याससहित गाडीमा राखेर कहाँ गयो? कसरी जाँदैछ ? कहाँ गएर रोकिएला भन्ने त्यति धेरै जानकारी लुटेराले कसरी पायो होला भन्ने प्रश्न आम नेपालजनमा नउठेको होईनन । यो टेक्सास काण्डपछि कतिपय बुद्धिजीबीहरुले भन्ने गरेका छन अमेरिकामा पनि यस्तो घटना हुन्छ भने अन्यत्र के होला । अनि यति भनेकै भरमा घटनामा संलग्नहरुले कसरी सजलै छुट पाए ? यो प्रश्न प्रश्नमा नै सीमित छ । स्मरणीय के छ भने फेरी पनि यस्तै घटना भयो वा गराइयो भने सबैले यसैगरी छुट पाउने छन की खोजवीन भएर कारबाहीको दायरामा आउलान ?

    Post Views: 111
    प्रकाशित मिति: २०८१ जेष्ठ २९, मंगलवार ०७:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.