• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

आज श्रीलंका र नेपालबीचको विश्वकप क्रिकेट फ्लोरिडामा हुँदै, बर्षातका कारण खेल एक घण्टा ढिला शुरु हुने, खेल हेर्न नेपालीको आईरो

  •  
  • २०८१ जेष्ठ ३०, बुधबार ०२:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्षात रोकिएकोले खेल ढिला भए पनि शुरु हुने भएको छ । अहिले खेल हुने पिच अवलोकन भैरहेको छ ।

    अपडेट

    टी २० पुरुष विश्वकप क्रिकेट सुरु भएको ११ दिन आज क्रिकेटको राजधानी मानिएको अमेरिकाको फ्लोरिडामा खेलमा नेपाल र श्रीलंकाको पहिलो भेट हुँदै छ । अमेरिकामा र क्यानडामा रहेका नेपालीहरु खेल हेर्न र हौसला बढाउन फ्लोरिडामा आईरिएका छन । जसरी ट्ेक्सासमा नेपालीहरुको उपस्थिति रहेको थियो त्यसैगरी त्यहाँ पनि नेपालीको आईरके लगेको छ । आज बेलुकी ७ बजेर ३० मिनेटमा खेल शुरु हुनेछ ।

    लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालामा नेपाल र श्रीलंका आमने सामने गर्दैछन् । यी दुई टोलीबीचको पनि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अवको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्ने छ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूहचरणको अन्तिम खेल खेल्ने छ । खेल हुनु अघि पनि पm्लोरिडाको वातावरण पानी.पर्ने संभावना छ तर पनि यसै भन्न सकिन्न ।

    नेपाललाई सुपर ८ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशविरुद्ध २ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । पहिलो दुई खेलमा पराजित भएकाले दबाब श्रीलंकाली टोलीमा रहेको नेपालका कप्तान रोहित पौडेलले बताएका थिए । तर लउडरहिलमा नेपालको यो पहिलो खेल हो । यस मैदानमा नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध दुई अभ्यास खेल खेलेकाले श्रीलंका यहाँको विकेटसँग परिचित भइसकेको छ ।

    नेपाल र श्रीलंकाबीच पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ट्वान्टी(२० मा नेपालको यो दोस्रो सहभागिता हो । सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको त्यो संस्करण श्रीलंकाले जितेको थियो । श्रीलंकाले ट्वान्टी २० विश्वकपमा पहिलो पटक सामना गरेको प्रतिद्वान्द्वीविरुद्ध खेलेका १० खेलमा केवल दुई पराजय मात्र भोगेको छ । नेपालले विश्वकपमा खेलेको कुल ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । टेस्ट राष्ट्रविरुद्ध नेपालले ट्वान्टी २० मा खेल्न लागेको यो केवल पाँचौं खेल हो ।

    Post Views: 195
    प्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार ०२:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !
    महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी
    Advertisement
    ताजा अपडेट
    • १. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    • २. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    • ३. महिलाको सालबाट ‘एन्टी–एजिङ’ क्रिम र इन्जेक्शन बन्ने खुलासा, अस्पतालको संलग्नतामा तस्करी

    • ४. कमैया मुक्तिको २६ वर्ष– समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.