• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको बोष्टनमा थपिए वाणिज्यदुत प्रल्हाद केसी

  •  
  • २०८१ जेष्ठ ३०, बुधबार ०९:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा नेपालीको संख्या बढेसंगै नेपाल सरकारले अवैतनिक वाणिज्यदुतको सख्या पनि बढाएको छ । जस अनुसार गत मार्च १५ तारिकका दिन नेपाल सरकारको मन्त्रिपरिषदबाट बोष्टन निवासी प्रल्हाद केसी अवैतनिक वाणिज्यदुतमा नियूक्त भएका छन । केसीलाई चार बर्षका लागि नियूक्त गरिएको छ । अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टबाट पनि भर्खरै स्वीकृत भएको हो । जस अनुसार अमेरिकामा महावाणिज्यदुत र वाणिज्य दुत गरी जम्मा सख्या सात पुगेको छ । अमेरिकाको म्यासाचुस्टेस राज्यको बोस्टनका लागि वाणिज्य दुतमा प्रल्हाद केसीलाई सरकारले नियूक्त गरेपछि खबरमालासंग कुरा गर्दै आफुलाई राज्यले दिएको जिम्मेवारी ईमान्दारितापुर्वक निर्वाह गर्ने बताए । बोष्टनमा नेपालीको सख्या दिनहाँ बढ्दो छ र त्यहाँबाट पासपोर्ट नविाकरण होस वा अन्य कुनै पनि कन्सुलर सेवा लिन परे वासिंटन नै जानु पर्ने बाध्यता तत्काललाई हटेपछि बोष्टनवासी नेपालीहरु पनि खुसी छन । नवनियूक्त वाणिज्यदुत केसी चार दशकदेखि बोष्टन बस्दै आएका नेपाली र अमेरिकी सुमदायमा निकै परिचित अनुहार हुन ।

    नेपाल सरकारले केसीलाई संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यमा वाणिज्य दूतावास सम्बन्धी कन्सुलर अधिकार क्षेत्रका लागि नेपालका अवैतनिक वाणिज्य दूतका रूपमा नियुक्त गरेको घोषणा गर्न पाउँदा खुसी लागेको उनलाई प्रदान गरेको नियुक्त पत्रमा लेखिएको छ । आफ्नो नयाँ भूमिकामा केसी नेपालको सामाजिक आर्थिक, सांस्कृतिक र व्यावसायिक हित र आफ्नो क्षेत्राधिकार भित्र बस्ने नेपाली नागरिकहरूको संरक्षण र प्रवर्द्धन गर्न जिम्मेवार हुनेछन्, नियुक्त पत्रमा उल्लेख गरिएको छ ।
    केसीको बृहत् अनुभव र गहिरो ज्ञान अमेरिकामा नेपालको हितलाई अगाडि बढाउन र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अमूल्य हुनेमा नेपाल सरकार विश्वस्त भनिएको छ । नेपाल र अमेरिका बीचको सम्बन्ध निरन्तर फस्टाउँदै गइ रहेको समय केसीको नियुक्ति गरिएको पत्रमा भनिएको छ ।
    यस अघि ओहायोका लागि वाणिज्यदुतमा डा दामोदर पौडेल नियूक्त भएका थिए । अमेरिकामा केसीसहित अमेरिकामा सक्रिय वाणिज्यदुत र महावाणिज्यदुतको सख्या ७ पुगेको छ । यस अघि नै वासिंटन स्टेट सियाटलका लागि एसी शेर्पा, क्यालिफोनियाका लागि ऋषि ढकाल, मेरिल्याण्डका लागि प्रेम राजा महत, सिकागोका लागि मार्विन बुष्टिन र मेरी क्यारोल रहेका छन । यसरी वाणिज्यदुत नियूक्ति गर्दा नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा नेपालीको बसोवासको अवस्था हेरेर हरेक स्टेट वा ठुला शहरका लागि नियूक्त गर्न सक्नेछन ।

    Post Views: 177
    प्रकाशित मिति: २०८१ जेष्ठ ३०, बुधबार ०९:०१
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ४. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ५. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.