• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

उर्खमाउलो गर्मीले जनजीवन प्रभावित

  •  
  • २०८१ असार ३, सोमबार ००:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशका विभिन्न स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ
    । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश
    स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको हो । हाल देशमा
    पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । नेपालमा
    सामान्यतया जुन १३ मा मनसुन भित्रिने गरेको छ । यद्यपि यो वर्ष तीन दिन
    चाँडै देशको पूर्वी भागमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान
    विभागले जनाएको छ । तर मनसुन राजधानीहुँदै पश्चिम नेपालसम्म
    नफैलिएसम्म चर्को गर्मी नहट्ने जनाईएको छ ।

    जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कतिपय
    स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४३ डिग्री सेल्सीयस वा
    सोभन्दा बढी मापन गरिएको जनाएको छ । मौसमको हिसाबले चिसो
    मानिने काठमाडौं उपत्यकामा समेत गर्मीको असर देखिएका छ ।
    काठमाडौंमा आइतबार दिउसो ३२ डिग्री तापक्रम मापन गरिएको छ ।
    दिउसो उर्खमाउलो गर्मी हुँदा जनजीवन प्रभावित बनेको छ । अत्याधिक
    गर्मीका कारण तराईका अधिकांस विद्यालयहरु बन्द गरिएको छ ।
    आगामी केहीदिन देशका मध्ये तथा पूर्वि तराईमा लूको सम्भावना रहेको
    भन्दै मौसमविद्ले सचेत हुन आब्हान गरेका छन् ।

    गर्मीका कारण दिउसो मानिसहरु हिडहुल गर्न समेत छाडेका छन् । अत्यावश्यक उपभोग्य सामान
    खरिद गर्नेहरु बिहान बेलुकामात्रै निस्कने गरेका छन् । सार्वजनिक यातायातमा
    पनि गर्मीका कारण उकुसमुकुस हुने गरेको छ । प्रायजसो सवारी साधन र
    मानिसको चहलपहलले हुने ठाउँहरुमा चहलपहल कम हुन थालेको छ ।
    बाहिरिएका मानिस चिसो पदार्थ खाएर दिन काट्ने गरेका छन् गर्मीकै
    कारणले नागरिकमा झाडापखला, रुघाखोकीजस्ता समस्या देखिन थालेका छन्
    । बाहिर निस्कनै नसक्ने अवस्था रहेको र निस्की हालेपनि चौतारी छाहारी
    खोज्नुपर्ने अवस्था रहेको छ । दिउँसोको समयमा घाममा नहिँड्न र
    हिड्नै परे छाता प्रयोग गर्ने, प्रशस्त झोल पदार्थ पिउने, हल्का लुगा
    लगाउने चिकित्सकले सुझाएका छन् । नेपालमा बैशाखदेखि भदौ सम्म धेरै
    गर्मी हुने गर्छ । बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने,

    बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता
    हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् । यता, अवको तिनदिनमा कोशी, मधेश
    र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक देखि
    साधारणतया बदली रही बाँकी भू भागमा मौसम सफा रहने जल तथा
    मौसम विभागले जनाएको छ ।

    Post Views: 183
    प्रकाशित मिति: २०८१ असार ३, सोमबार ००:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल
    Advertisement
    ताजा अपडेट
    • १. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • २. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.