• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राजदुत नियूक्तिः बनाउन खोजेकाहरु मानेनन कि नेतृत्वले जानेनन ?

  •  
  • २०८१ असार ८, शनिबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खबरमाला विशेष रिर्पोट,
    सरकारले ११ फिर्ता बोलाएकोमध्ये विभिन्न ८ देशका लागि राजदुत नियूक्ति गर्यो । यस पटकको राजदुत नियूक्ति हेर्दा सरकारले कुटनीतिक क्षेत्रलाई खासै महत्व नदिएर खेलाँजी गरेको जस्तो भान हुन्छ । कुटनीतिक रुपमा मुलुक क्रमश कमजोर हुँदै गएको यो बेला जसरी राजदुत नियूक्ति हुनु पर्दथ्यो त्यो भएन । त्यसैले अबको हाम्रो कुटनीति थप कमजोर बन्ने देखिन्छ कुटनीतिक क्षेत्रमा लामो अनुभव संगालेका एक पुर्वकुटनीतिज्ञले खबरमालासंग बताए । राजदुत हुन कहि न कहि कुटनीतिक अध्ययन गरेको वा कमचारी भएर काम गरेको सामान्य ज्ञान हुनुपर्दछ । यस पटक यसो भएन । विगतमा पनि कहिलेकाही त्यस्तै हुँदै आएको थियो । उनको नजरमा अहिलेको जस्तो कुटनीति कमजोर कहिल्यै भएको थिएन । उहाँकै भाषामा समग्र राजदुत नियूक्ति एमालेको रोजाईमा दोश्रो बरियादाका मानिसहरु किन परे भन्ने आम बुझाई छ । एमाले पार्टीमा राजदुत बनाउन योग्य मानिस नभएर यस्ता मान्छे छानेका होईनन् चर्चामा आएका र पहिलो नम्बरमा तयार लिष्ट थन्क्याएर एकाएक नयाँ दोश्रो लिष्ट तयार पारियो उनले दावी गरे ।
    एमाले निकट श्रोते मान्छे नभएर होईन, यो नियूक्तिमा सरकारको अस्थिरतासंग जोडिएको छ ति नेताले खबरमालासंग भने । खासगरी अमेरिका, भारत र बेलायतको राजदुत नियूक्तिमा यो पटक कि सरकारको मुख्य घटक एमालेले पहिलो लिष्ट पठाउन चाहेन कि सरकारको अस्थिरताको कारण पठाउन खोजेका मानिसहरु जान चाहेनन ? यी दुवै कुरा होईनन भने अहिले पठाइएका मानिसहरु एमालेमा सक्षम नभएर होईन कि पालो पुर्याउने मेलो हुनु पर्दछ ।

    अमेरिकाका लागि ६ महिना राजदुत भएर काम गर्न नपाएका डा युवराज खतिवडा र भारतका लागि डा राजन भटराईको नाम अन्तिममा काटिएको समाचार श्रोतले बतायो । भारतको संस्थापनसँग सम्बन्ध सुमधुर नरहेको यो बेला एमाले नेतृत्वले पार्टीका नेता भट्टराई वा अन्य कुनै राजनीतिज्ञलाई राजदूत सिफारिस गर्न आनाकानी गरेको बुझिन्छ । विगतमा कम्युनिष्ट पृष्ठभूमिका राजदूत सिफारिस गर्दा भारतबाट एग्रिमो नआएको नमिठो अनुभव पनि छ त्यसैले पार्टीका कोर नेतालाई किन बिटुलो बनाउनु भन्ने आशय देखिन्छ एक पूर्वराजदूतले बताए । एमालेले तयार पारेको ९० प्रतिशत लिष्ट किन एकाएक परिवर्तन किन गरियो भन्ने बारेमा एमाले पार्टीभित्र सीमित मानिसबाहेक अरुको जानकारीमा छैन ।
    भारतमा पठाइएका लोकदर्शन रेग्मी विवादित पूर्वमुख्यसचिव हुन । उनलाई कर्मचारी समुदायमा उनी सचिव र मुख्य सचिव हुँदा आज्ञाकारी र पदका लागि आईपर्दा सबैथोक गर्ने छवी बनाएका व्यक्तिका रूपमा परिचित थिए । कूटनीतिमा खासै दख्खल नभएका उनलाई भाषमा दख्खल नभएको आरोप लागेको छ । बेलायतको राजदूत भएका बेला राजदुतहरुले लिने सामान्य कोर्ष गर्नसमेत गएनन कारण थियो उनको अंग्रेजी भाषाको कमजोरी । त्यहि मानिस फेरी केपी ओलीको सरकार ढलेपछि फिर्ता भए र वर्तमान सरकारले भारत जस्तो महत्वका हिसावले ठुलो राजदूतको रूपमा भारत पठायो ।

    अमेरिकामा भने मुख्यसचिव हुन मौका नपाएको भनिएका र सचिवको रूपमा त्यति विवादमा नआएका सक्षम सचिवको छवी बनाएका तर कुटनीतिक ज्ञान नभएका व्यक्ति चन्द्र घिमिरे सिफारिस भए । केहि समय घिमिरे कोलकत्तामा माहावाणिज्य दूत रहँदा पनि उनले रामै काम गरेको भनेर प्रशंशा गरिन्छ । तर पनि अमेरिकाका लागि राजदुत हुन एमालेमा अन्य थुप्रै सक्षम हुँदा हुँदै घिमिरे किन पठाइयो भन्ने जिज्ञासा कुटनीतिक जानकारहरुमा चासो बढेको छ ।

    श्ुशिल प्याकुरेल मानव अधिकार आयोगमा सदस्य भएका र पुर्वराष्ट्रपति विधा भण्डारीको सल्लाहकारको रुपमा काम गरेका व्यक्ति हुन । उनको कुनै समय अध्ययनको प्रमाणपत्रको विषयमा विवादमा तानिएका थिए । अर्कोतर्फ केहि देशमा पठाइएका राजदुतहरु विशुद्ध गैरसरकारी संस्थामा बसेर एमालेमा राजनीतिक योगदान दिएकाहरु छन । डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा तुलाधर पद्मरत्न तुलाधरको छोरी र बाल अधिकारको क्षेत्रमा काम गरेका गौरी प्रधानकी श्रीमति हुन ।
    मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना गैरसरकारी संस्था लामो समय काम गरेका र नेपाल रेडक्रस सोसाईटिका पुर्व अध्यक्ष भएका व्यक्ति हुन । पूर्वराजदूत डा अर्जुन कार्कीको गैरसरकारी सस्थामा सहकार्य गर्दै आएका तिमल्सिना पनि एमालेको कोटाबाट सिफारिस भएका हुन् । तिमिल्सिना गैरसरकारी संस्थाको महासंघका पूर्वअध्यक्ष हुन् । उता डा विजन पन्त बेलायतका लागि राजदूत सिफारिस भएका छन् । उनी अर्थविज्ञ हुन् । उनि गरिवी निवारण र विकासको काममा संलग्न थिए । काँग्रेसका स्वर्गीय शुशिल कोईराला प्रधानमन्त्रि हुँदा सल्लाहकार समुहमा बसेका उनि कसरी यो गठबन्धनको रोजाईमा परे त्यो समयले बताउँला । प्राय समय परिवारसहित बेलायत बस्ने उनि राजदुत नियूक्ति भएका हुन ।

    त्यसैगरी साउदी अरेबियाका लागि अबुस फ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार राजदूतमा सिफारिस हुनुलाई पनि आश्चर्यका रुपमा हेरिएको छ । उनिहरु गैर कुटनीतिज्ञ हुन । यस्ता मानिस पठाएर नेपालको लागि कसरी कुटनीतिक कार्य गर्लान एमालेका एक नेताले आक्रोस मिसिएको शब्दमा बताए । राजकर्णिकार योजना आयोगमा काम गरेका व्यक्ति हुन । वर्तमान सरकारले नियूक्त गरेका प्राय व्यक्तिहरु केहि छाडेर कहि न कहि विवादमा मुछिएका छन । उनिहरुको एग्रिमो नआएसम्म राजदुतमा नियूक्ति हुन्नन तर पनि देशको प्रतिनिधत्व गर्ने स्थानमा पठाउँदा राजनीतिक दलहरुले योग्य सक्षम, कम विवादित र भाषामा दख्खल र सुचना प्रविधिमा पनि दख्खल राख्नेहरु खोज्न जरुरी छ । अन्यया कुटनीति कमजोर हुँदा सरकारको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति पनि कमजोर बन्ने छ ।

    Post Views: 166
    प्रकाशित मिति: २०८१ असार ८, शनिबार ०७:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.