• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राजदुत नियूक्तिः बनाउन खोजेकाहरु मानेनन कि नेतृत्वले जानेनन ?

  •  
  • २०८१ असार ८, शनिबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खबरमाला विशेष रिर्पोट,
    सरकारले ११ फिर्ता बोलाएकोमध्ये विभिन्न ८ देशका लागि राजदुत नियूक्ति गर्यो । यस पटकको राजदुत नियूक्ति हेर्दा सरकारले कुटनीतिक क्षेत्रलाई खासै महत्व नदिएर खेलाँजी गरेको जस्तो भान हुन्छ । कुटनीतिक रुपमा मुलुक क्रमश कमजोर हुँदै गएको यो बेला जसरी राजदुत नियूक्ति हुनु पर्दथ्यो त्यो भएन । त्यसैले अबको हाम्रो कुटनीति थप कमजोर बन्ने देखिन्छ कुटनीतिक क्षेत्रमा लामो अनुभव संगालेका एक पुर्वकुटनीतिज्ञले खबरमालासंग बताए । राजदुत हुन कहि न कहि कुटनीतिक अध्ययन गरेको वा कमचारी भएर काम गरेको सामान्य ज्ञान हुनुपर्दछ । यस पटक यसो भएन । विगतमा पनि कहिलेकाही त्यस्तै हुँदै आएको थियो । उनको नजरमा अहिलेको जस्तो कुटनीति कमजोर कहिल्यै भएको थिएन । उहाँकै भाषामा समग्र राजदुत नियूक्ति एमालेको रोजाईमा दोश्रो बरियादाका मानिसहरु किन परे भन्ने आम बुझाई छ । एमाले पार्टीमा राजदुत बनाउन योग्य मानिस नभएर यस्ता मान्छे छानेका होईनन् चर्चामा आएका र पहिलो नम्बरमा तयार लिष्ट थन्क्याएर एकाएक नयाँ दोश्रो लिष्ट तयार पारियो उनले दावी गरे ।
    एमाले निकट श्रोते मान्छे नभएर होईन, यो नियूक्तिमा सरकारको अस्थिरतासंग जोडिएको छ ति नेताले खबरमालासंग भने । खासगरी अमेरिका, भारत र बेलायतको राजदुत नियूक्तिमा यो पटक कि सरकारको मुख्य घटक एमालेले पहिलो लिष्ट पठाउन चाहेन कि सरकारको अस्थिरताको कारण पठाउन खोजेका मानिसहरु जान चाहेनन ? यी दुवै कुरा होईनन भने अहिले पठाइएका मानिसहरु एमालेमा सक्षम नभएर होईन कि पालो पुर्याउने मेलो हुनु पर्दछ ।

    अमेरिकाका लागि ६ महिना राजदुत भएर काम गर्न नपाएका डा युवराज खतिवडा र भारतका लागि डा राजन भटराईको नाम अन्तिममा काटिएको समाचार श्रोतले बतायो । भारतको संस्थापनसँग सम्बन्ध सुमधुर नरहेको यो बेला एमाले नेतृत्वले पार्टीका नेता भट्टराई वा अन्य कुनै राजनीतिज्ञलाई राजदूत सिफारिस गर्न आनाकानी गरेको बुझिन्छ । विगतमा कम्युनिष्ट पृष्ठभूमिका राजदूत सिफारिस गर्दा भारतबाट एग्रिमो नआएको नमिठो अनुभव पनि छ त्यसैले पार्टीका कोर नेतालाई किन बिटुलो बनाउनु भन्ने आशय देखिन्छ एक पूर्वराजदूतले बताए । एमालेले तयार पारेको ९० प्रतिशत लिष्ट किन एकाएक परिवर्तन किन गरियो भन्ने बारेमा एमाले पार्टीभित्र सीमित मानिसबाहेक अरुको जानकारीमा छैन ।
    भारतमा पठाइएका लोकदर्शन रेग्मी विवादित पूर्वमुख्यसचिव हुन । उनलाई कर्मचारी समुदायमा उनी सचिव र मुख्य सचिव हुँदा आज्ञाकारी र पदका लागि आईपर्दा सबैथोक गर्ने छवी बनाएका व्यक्तिका रूपमा परिचित थिए । कूटनीतिमा खासै दख्खल नभएका उनलाई भाषमा दख्खल नभएको आरोप लागेको छ । बेलायतको राजदूत भएका बेला राजदुतहरुले लिने सामान्य कोर्ष गर्नसमेत गएनन कारण थियो उनको अंग्रेजी भाषाको कमजोरी । त्यहि मानिस फेरी केपी ओलीको सरकार ढलेपछि फिर्ता भए र वर्तमान सरकारले भारत जस्तो महत्वका हिसावले ठुलो राजदूतको रूपमा भारत पठायो ।

    अमेरिकामा भने मुख्यसचिव हुन मौका नपाएको भनिएका र सचिवको रूपमा त्यति विवादमा नआएका सक्षम सचिवको छवी बनाएका तर कुटनीतिक ज्ञान नभएका व्यक्ति चन्द्र घिमिरे सिफारिस भए । केहि समय घिमिरे कोलकत्तामा माहावाणिज्य दूत रहँदा पनि उनले रामै काम गरेको भनेर प्रशंशा गरिन्छ । तर पनि अमेरिकाका लागि राजदुत हुन एमालेमा अन्य थुप्रै सक्षम हुँदा हुँदै घिमिरे किन पठाइयो भन्ने जिज्ञासा कुटनीतिक जानकारहरुमा चासो बढेको छ ।

    श्ुशिल प्याकुरेल मानव अधिकार आयोगमा सदस्य भएका र पुर्वराष्ट्रपति विधा भण्डारीको सल्लाहकारको रुपमा काम गरेका व्यक्ति हुन । उनको कुनै समय अध्ययनको प्रमाणपत्रको विषयमा विवादमा तानिएका थिए । अर्कोतर्फ केहि देशमा पठाइएका राजदुतहरु विशुद्ध गैरसरकारी संस्थामा बसेर एमालेमा राजनीतिक योगदान दिएकाहरु छन । डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा तुलाधर पद्मरत्न तुलाधरको छोरी र बाल अधिकारको क्षेत्रमा काम गरेका गौरी प्रधानकी श्रीमति हुन ।
    मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना गैरसरकारी संस्था लामो समय काम गरेका र नेपाल रेडक्रस सोसाईटिका पुर्व अध्यक्ष भएका व्यक्ति हुन । पूर्वराजदूत डा अर्जुन कार्कीको गैरसरकारी सस्थामा सहकार्य गर्दै आएका तिमल्सिना पनि एमालेको कोटाबाट सिफारिस भएका हुन् । तिमिल्सिना गैरसरकारी संस्थाको महासंघका पूर्वअध्यक्ष हुन् । उता डा विजन पन्त बेलायतका लागि राजदूत सिफारिस भएका छन् । उनी अर्थविज्ञ हुन् । उनि गरिवी निवारण र विकासको काममा संलग्न थिए । काँग्रेसका स्वर्गीय शुशिल कोईराला प्रधानमन्त्रि हुँदा सल्लाहकार समुहमा बसेका उनि कसरी यो गठबन्धनको रोजाईमा परे त्यो समयले बताउँला । प्राय समय परिवारसहित बेलायत बस्ने उनि राजदुत नियूक्ति भएका हुन ।

    त्यसैगरी साउदी अरेबियाका लागि अबुस फ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार राजदूतमा सिफारिस हुनुलाई पनि आश्चर्यका रुपमा हेरिएको छ । उनिहरु गैर कुटनीतिज्ञ हुन । यस्ता मानिस पठाएर नेपालको लागि कसरी कुटनीतिक कार्य गर्लान एमालेका एक नेताले आक्रोस मिसिएको शब्दमा बताए । राजकर्णिकार योजना आयोगमा काम गरेका व्यक्ति हुन । वर्तमान सरकारले नियूक्त गरेका प्राय व्यक्तिहरु केहि छाडेर कहि न कहि विवादमा मुछिएका छन । उनिहरुको एग्रिमो नआएसम्म राजदुतमा नियूक्ति हुन्नन तर पनि देशको प्रतिनिधत्व गर्ने स्थानमा पठाउँदा राजनीतिक दलहरुले योग्य सक्षम, कम विवादित र भाषामा दख्खल र सुचना प्रविधिमा पनि दख्खल राख्नेहरु खोज्न जरुरी छ । अन्यया कुटनीति कमजोर हुँदा सरकारको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति पनि कमजोर बन्ने छ ।

    Post Views: 100
    प्रकाशित मिति: २०८१ असार ८, शनिबार ०७:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.