• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कोरियामा सोनसिक अन्तराष्ट्रिय शैक्षिक सम्मेलन २०२४ सम्पन्न

  •  
  • २०८१ असार ९, आईतवार ०६:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सोल, कोरिया –  नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा “सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन-२०२४” सम्पन्न गरेको छ।     ‘सहकार्यात्मक नेतृत्व: दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक” भन्ने विषयलाई  मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठको प्रमुख आतिथ्य  (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियास्थित नेपाली दूतावासका उपनियोग  प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व  लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भयो।

    उदघाटन सत्रलाई  सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उहाँले अपील गर्नुभयो। शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिनु  भयो।

    उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, उपनियोग  प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गर्नुभएको थियो।  उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदुत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भए पनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसके पछि उहाको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर  सुनाउनु भएको थियो । कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उप समिति संयोजक डा. कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा गर्नुभएको थियो।

    दुईदिने सम्मेलनको उद्दघाटन जुन १६ तारिख बिहान नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, नेपाली दूतावास कोरियाका उपनियोग  प्रमुख पुष्पराज भट्टराई र समाजका अध्यक्ष मेघनाथ पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो। सम्मेलनको विशेष वक्ताको रूपमा नेपालबाट आमन्त्रित वैज्ञानिक प्रा. डा. निरन्जन पराजुली तथा  प्रा. डा. लुइस केनेरेको बिशेष प्रस्तुति रहेको थियो । त्यस्तै चर्चित टेलिभिजनकर्मी सुजन शाक्यले  विशेष प्रस्तुति दिनुभएको थियो। उद्घाटन सत्रमै सोनसिकले नेपाली  विद्यार्थीको हक हितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त  एपलाई  नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले  सार्वजनिक गर्नु भयो  ।

    सम्मेलनको पहिलो दिनमा ‘माइन्ड म्याटर्स’ भन्ने विषयमा प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमले गहन अन्तरकृया गर्नुका साथै कोरियामा अध्ययनरत स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विशेष परामर्श प्रदान गर्नुभएको थियो। त्यस पश्चात कोरियामा रहेका आप्रवासी बालबालिका लक्षित ट्यालेन्ट शो ‘हाजिरी जवाफ, चित्रकला, र आफ्नो क्षमता देखाउने प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो । सम्मेलनमा शिक्षा, समाजशास्त्र, नेचुरल साइन्स, मेडिसिन, फार्मेसी, माइक्रोबायोलोजी, कंप्यूटर विज्ञान, इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, मनोविज्ञान लगायत सम्पूर्ण विषयवस्तुलाई समेटी चार ओटा छुट्टाछुट्टै सत्रहरू दुई घण्टा सम्म एकै समयमा सञ्चालन गरिएको थियो भने पोष्टर प्रस्तुति एक घण्टा चलेको थियो।

    प्रथम सत्र नेचुरल साइन्स तथा मेडिसिनको नेतृत्व प्राकृतिक तथा वैकल्पिक ऊर्जा विज्ञ डा. अग्नि राज कोइरालाले गर्नुभएको थियो भने डा. पुन माया महर्जनले क्रिस्पर सीएएस जिन एडिटिंग सम्बन्धी अनुसन्धानात्मक तथ्यहरूबारे  विशेष प्रस्तुति दिनुका साथै फरक फरक विषयमा अनुसन्धान गरिरहनुभएका  प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले आआफ्नो अनुसन्धानबारे प्रकाश पर्नु  भएको थियो। प्राध्यापक डा. ज्ञानेन्द्र प्रसाद जोशीले नेतृत्व गर्नुभएको आई. टि, इन्जिनियरिङ तथा कंप्यूटर साइन्स लगायतका विषयबस्तुलाई समेटिएको दोस्रो सत्रमा पनि आधा दर्जन भन्दा धेरै वैज्ञानिक तथा अनुसन्धानकर्ताले आफ्ना अनुसन्धानहरुबारे प्रस्तुति  दिनु  भएको थियो। सोसल साइन्स एण्ड म्यानेजमेन्टको सत्रमा प्रोफेसरहरु डा. हान् व्योल यो र डा. हान युन् जुङ विशेष प्रस्तुतकर्ताको रूपमा आमन्त्रित हुनुहुन्थ्यो भने पाँचजना अनुसन्धानकर्ताले आफ्ना शोधपत्रहरूको नतिजालाई स्पष्ट पार्नुभएको थियो।

    तेस्रो सत्रको नेतृत्व प्राध्यापक डा. मधुसुदन आत्रेयले कुशलतापूर्वक गर्नुभयो। त्यस्तै गरी प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमको नेतृत्वमा सम्पन्न ‘मेन्टल हेल्थ एंड वेलविइङ’ सम्बन्धि सत्रमा विशेष आमन्त्रित वक्ताको रुपमा प्राध्यापक डा. ए जङ पार्क र डा. शरणहरि श्रेष्ठले विशेष सम्बोधन गर्नुभयो भने अन्य अनुसन्धानकर्ता तथा विद्यार्थी गरी सातओटा विशेष प्रस्तुतिहरु गरिएका थिए। डा. सौगात सिवाकोटी, डा. कपिल गुरुङ तथा डा. उस्मान मुहम्मदले सत्रहरुको सहजीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो। पोष्टर प्रस्तुति सत्रमा पनि दर्जनौँ अनुसन्धानकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो। कोरिया र अन्य देशलाई प्रतिनिधित्व गर्दै सहभागी अनुसन्धानकर्ताहरुले गर्ने अनुसन्धानहरु अत्यन्तै स्तरीय र समाजलाई ठूलो योगदान दिन सक्ने खालको रहेको पोष्टर मूल्यांकन विज्ञ टिमका संयोजक डा. घनश्याम ज्ञवालीले बतउनुभयो।

    सन् २००४ मा स्थापना भएको सोनसिकले यस बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापनाको २० औं बर्ष मनाईरहेको छ । विश्वभरका आफना अलुम्नाइ   मार्फत नेटवर्क विस्तार गरिरहेको सोनसिकले शैक्षिक, सांस्कृतिक कार्यक्रमहरु गर्दै आईरहेको छ । यस वर्ष नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसर पारेर उक्त सम्मेलन सोनसिक र विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनलाई नेपाली राजदुतावासले मुख्य प्रायोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब-थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरेका थिए।

    Post Views: 84
    प्रकाशित मिति: २०८१ असार ९, आईतवार ०६:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.