• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाइडेन र ट्रम्प बहस नीतिभन्दा आरोप-प्रत्यारोप बढी

  •  
  • २०८१ असार १५, शनिबार ०५:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको तातो बहसमा ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि आफू निकै बूढो नभएको पुष्टि गर्न डेमोक्रयाटिक नेता जो बाइडेनलाई हम्मेहम्मे पर्‍यो । बहसका क्रममा व्यक्तिगत अपमानसहितका आरोपका कारण राष्ट्रपति बाइडेन बहसको सुरूतिर निकै अकमकाएको  देखिन्थ्यो ।     ट्रम्पले आफ्ना उत्तराधिकारीलाई अर्थतन्त्र र विश्व मञ्चमा असफल भएको आरोप लगाएका थिए

    नेता बाइडेनले जवाफी प्रहार गर्न खोजे । तर उनको प्रस्तुति डगमगाइरहेको थियो किनकि रिपब्लिकन नेता ट्रम्पले चर्को र छिटो आवाजमा व्यक्तिगत अपमानसहितका आरोप लगाएका थिए । प्रतिउत्तरका लागि बाइडेनले केहीबेर अकमकाएका थिए ।

    तयारीका लागि एक हप्ता एकान्तमा बिताएपछि भएको बहस प्रदर्शनले राष्ट्रपति बाइडेनको डेमोक्र्याटिक पार्टीभित्र नयाँ चिन्ता पैदा गरेको थियो किनभने सर्वेक्षणहरूले ट्रम्पलाई नोभेम्बरको चुनावको लागि बराबरी वा अगाडि देखाएको छ ।

    राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच भएको यो पहिलो बहस थियो र दुवैले एकअर्कालाई इतिहासकै सबैभन्दा खराब भएको आरोप लगाएका थिए ।

    ट्रम्प र बाइडेन, जो पहिलोपटक निर्वाचित हुँदा सबैभन्दा वृद्ध राष्ट्रपति थिए, उनीहरूले एक अर्कालाई बच्चाजस्तो भएको आरोप समेत लगाए ।

    एटलान्टास्थित सीएनएनको मुख्यालयमा ८१ वर्षीय बाइडेन र ७८ वर्षीय ट्रम्पले हात मिलाएका थिएनन् । त्यहाँ प्रत्यक्ष स्रोताहरू थिएनन् र अन्यले बोल्दा उनीहरूको माइक्रोफोनलाई आवाजविहीन (म्युट) गरिएको थियो ।

    बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा दोषी ठहरिएका पहिलो अपराधी हुने भन्दै लाखौं टेलिभिजन दर्शकसामु सम्झाउने प्रयास गरेका थिए । बाइडेनले भने, ‘तपाईंसँग ‘गल्लीको बिराला’ को जस्तो नैतिकता छ ।’

    र्‍याली र रियलिटी टेलिभिजन सोमा काम गरेका ट्रम्पले बाइडेनको रेकर्डबारे गुनासोको लामो फेहरिस्त नियाल्दै चर्को स्वरमा भने, ‘म धेरै मानिसहरूसँग साथी हुँ । संयुक्त राज्य अमेरिकाको हालत के भएको छ भनेर उनीहरूले विश्वास गर्न सक्दैनन् । अब हामी सम्मानित छैनौं ।’

    ट्रम्पले बाइडनको डेलिभरीलाई समात्ने प्रयास गर्दै बहसको क्रममा बोलेका शब्दहरूमाथि व्यङ्ग्य गर्दै भने, ‘वास्तवमा वाक्यको अन्त्यमा के भन्नुभयो मैले बुझ्न सकिन । सायद, उहाँलाई पनि त्यो वाक्यको अन्त्यमा के भन्नुभएको थियो भन्ने जानकारी छैन होला ।

    सुस्त सुरूवात

    बहसपछि खाना लिन जाँदै गर्दा वाफल हाउस रेस्टुरेन्टमा रोकेर बाइडेनले पत्रकारसँग भने, ‘मेरो घाँटी दुखेको थियो, तर मलाई लाग्छ हामीले पहिलो कार्यकालमा राम्रो गरेका छौं ।’

    बाइडेनको पहिलो कार्यकालका समय ह्वाइट हाउस स्पष्ट रूपमा क्षति नियन्त्रण गर्ने मोडमा थियो ।

    उपराष्ट्रपति कमला ह्यारिसले सीएनएनलाई दिएको प्रत्यक्ष अन्तर्वार्तामा बाइडेनको रेकर्ड ‘असाधारण रूपमा बलियो’ भएको बताएकीछन्।

    ह्यारिसले भनिन् , ‘हो, सुरुआत सुस्त थियो, तर सशक्त अन्त्य भएको छ ।’

    बाइडेनका पूर्वसञ्चार निर्देशक केट बेडिङफिल्डले सीएनएनसँग कुरा गर्दै राष्ट्रपतिका लागि यो निकै निराशाजनक साँझ भएको बताएका थिए ।

    ‘यसलाई कम गर्ने अर्को कुनै तरिका छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

    सीएनएनको एक सर्वेक्षणले बहसमा सहभागीमध्ये ६७ प्रतिशतले बहसमा ट्रम्पले जितेको बताएका छन् ।

    डेमोक्र्र्याटहरूले अगस्टमा सिकागोमा बाइडेनलाई आफ्नो उम्मेदवारको रूपमा औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन् । राष्ट्रपति स्वयंले फिर्ता उम्मेदवारी नलिएसम्म मार्ग परिवर्तन गर्ने कुनै उपाय छैन ।

    प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जुलियन जेलिजरले बहसको प्रस्तुितबाट बाइडेनका समर्थकहरू निकै चिन्तित हुने बताएका छन् ।

    प्रिन्सटन विश्वविद्यालयका इतिहासकार जुलियन जेलिजरले बाइडेनका समर्थकहरू निकै चिन्तित हुने बताएका छन् । ‘बाइडेनले आधारभूत धारणालाई बढावा दिएका छन् यसले उनलाई ओझेलमा पारिरहेको छ,’ उनले भने ।

    सान फ्रान्सिस्कोमा आयोजित ‘वाच पार्टी’मा हेजल रिट्जले ‘उनले भनेको एक शब्द पनि म बुझ्न सक्दिनँ । के यो दुःखद होइन र?’ अझै पनि उहाँले बाइडेनलाई मतदान गर्ने बताएका छन् ।

    नितान्त व्यक्तिगत आरोप-प्रत्यारोप

    कुनै पनि उम्मेदवारले नयाँ नीतिहरू राखेनन्, अधिकांश भनाइहरू एकअर्काले गरेका खराब प्रदर्शनबारे गरिएका आपसी आलोचनामा सीमित थिए ।

    बाइडेनले व्यक्तिगत क्षणमा ट्रम्पले नोर्मान्डी अवतरणमा मारिएका सैनिकलाई ‘सकर’ को संज्ञा दिएको र इराकमा सेवा गरेका र पछि क्यान्सरका कारण मृत्यु भएका आफ्नै छोरा ब्यूलाई उल्लेख गरेको उल्लेख गरे ।

    बाइडेनले भने, ‘मेरो छोरो हारेको थिएन, मूर्ख पनि थिएन । बरू तपाईँलाई यो भन्न सुहाँउँछ । तपाईं ‘हरूवा’ हो ।’

    ट्रम्पले उक्त टिप्पणीको खण्डन गर्दै बाइडेनलाई सुसंगत नभएको आरोप लगाए ।

    विदेश नीतिका विषयमा बाइडेनले इजरायललाई समर्थन गरेको भन्दै डेमोक्र्याटिक पार्टीका केही सदस्यबाट आलोचना खेपिरहेका बाइडेनले हमासविरुद्धको कारबाहीका सन्दर्भमा इजरायललाई सहयोग नगरेको आरोप बताए ।

    पूर्व राष्ट्रपति ट्रम्पले भने, ‘बाइडेन त्यसो गर्न चाहनुहुन्न । उहाँ प्यालेस्टिनी जस्तै बन्नुभएको छ । तर उनीहरूले पनि उहाँलाई मन पराउँदैनन् किनभने उहाँ धेरै खराब प्यालेस्टिनी हनुहुन्छ । कमजोर हुनुहुन्छ ।’

    ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनलाई बाइडेनले गरेकोे ‘अमेरिकी इतिहासको सबैभन्दा लज्जाजनक क्षण’ भन्दै यसले रूसलाई युक्रेनमाथि आक्रमण गर्न प्रोत्साहित गरेको बताउनुभएको थियो ।

    विदेशमा कुनै पनि सैनिक जोखिममा नपरेको उल्लेख गर्दै बाइडेनले यस्तो नीतिका लागि आफू पहिलो सफल राष्ट्रपति भएको दाबी गरे ।

    ट्रम्प र बाइडनबीच गर्भपतन र आप्रवासनका विषयमा पनि विवाद भएको थियो ।

    बाइडेनले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरेको प्रसङ्गमा ट्रम्पको आलोचना गर्दै भने,’यो भयानक कुरा हो, तपाईंले जे गर्नुभयो, त्यो भयानक कुरा थियो । अमेरिकी नागरिकले यसलाई बिर्सिने छैनन् ।’

    मञ्चमा उपस्थित नहुनेमा चार वटा राष्ट्रिय चुनावमा सीएनएनको १५ प्रतिशत पुग्ने थ्रेसहोल्ड पूरा गर्न असफल एक उम्मेदवार संस्थापन विरोधी अभियन्ता रोबर्ट एफ केनेडी जुनियर थिए । केनेडीले ९० मिनेट लाइभस्ट्रिममा प्रश्न लिएर बिताएका थिए ।

    एएफपी/रासस

    Post Views: 124
    प्रकाशित मिति: २०८१ असार १५, शनिबार ०५:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.