• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी स्वतन्त्रता दिवशः अमेरिकामा ४ करोड ५ लाख आप्रवासी नागरिक

  •  
  • २०८१ असार २०, बिहीबार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आज जुलाई ४ अर्थात् अमेरिकाको २४७ औं स्वतन्त्रता दिवस । २ सय ४७ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको दिनलाई अमेरिकामा स्वतन्त्रता दिवशको रुपमा मनाईन्छ । अमेरिकी संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष ४ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ । सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो ।

    आजको दिन ११ हजार आप्रवासीहरुलाई नागरिकता प्रदान गर्दै अमेरिकाले स्वतन्त्रता दिवस मनाउने भएको छ । युएससीआईएसले जुन २८ र जुलाई ५ बीचका बीचमा १९५ भन्दा बढी नागरिकता वितरण समारोहहरू आयोजना गरेर नयाँ नागरिकहरूलाई स्वागत गर्दै यस वर्ष स्वतन्त्रता दिवस मनाउने जनाएको छ । यी समारोहहरूले आप्रवासीहरूलाई स्वागत गर्ने र योग्य सबैका लागि अमेरिकी नागरिकताका फाइदाहरूबारे जानकारी दिंदै गर्ने सरकारको प्रतिबद्धता देखाउने युएससीआईएसको भनाई छ । आर्थिक वर्ष २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार ५ सय विश्वभरका नयाँ अमेरिकी नागरिकहरूलाई स्वागत गरेको छ ।
    २०२४ मा मात्रै हालसम्म युएससीआईएसले ५ लाख ८९ हजार नयाँ नागरिकहरूलाई नागरिकता वितरण गरिसकेको छ । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गरेको हुनुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षपछि अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ३ बर्षमै नागरिकताका लागि योग्य हुनसक्छन् भने अमेरिकी सेनामा कार्यरतहरु तुरुन्तै योग्य हुनसक्छन् ।

    संसारभर आप्रवासी कति छन ?

    ग्लोबल माइग्रेसन अर्थात विश्वव्यापी बसाई सराई एक देशबाट अर्को देशमा काम गर्न जाने वा बसाई सर्नेलाई मानिन्छ । यो विश्वको लागि कुनै सानो स्तरको समस्या होइन । यदि विश्वका सबै अन्तर्राष्ट्रिय आप्रवासीहरू आफ्नो देश वा जन्मभूमिभन्दा फरक देशमा बसोबास गर्ने मानिसहरूलाई जोडेर हेर्दा एउटा छुट्टैै देशमा बस्ने हो भने, यो संसारको जनसख्याका हिसावले पाँचौं ठूलो देश हुनेछ । प्यू रिसर्च सेन्टरको अनुसन्धानमा आधारित यो संख्या लगभग ४५ मिलियन मानिसहरू अमेरिकामा मात्रै रहेको छ ।
    त्यसमध्ये पनि सबैभन्दा धेरै आप्रवासी संसारभरबाट अमेरिका आउनेहरु छन । संसारभरको तुलनात्मक अध्ययनमा अमेरिकामा विश्वको कुनै पनि देशको तुलनामा सबैभन्दा धेरै आप्रवासीहरू छन् । संयुक्त राष्ट्र संघको अनुमान छ कि संयुक्त राज्य अमेरिकामा बस्ने ४६दशमलव मिलियन मानिसहरु त्यहाँ जन्मेका थिएनन् । यसको मतलब यो हो कि लगभग पाँच मध्ये एक अन्तर्राष्ट्रिय आप्रवासीहरू संयुक्त राज्य अमेरिकामा बस्छन् । अमेरिकी आप्रवासी जनसंख्या विश्वको अर्को सबैभन्दा ठूलो आप्रवासी गन्तव्य जर्मनी भन्दा झन्डै चार गुणा छ, लगभग १२ मिलियन आप्रवासीहरू जर्मनीमा बस्दछन ।

    अमेरिकी जनसंख्याको आप्रवासी हिस्सा ऐतिहासिक उच्चमा पुगेको भन्दै केहि समय अघि विश्वकै धनी एलन मक्सले एक ट्वीट गर्दै भनेका थिए अमेरिकामा वास्तविक अमेरिकनले मतदान गर्ने यो नै अन्तिम निर्वाचन हुनेछ । सन् १८०० को दशकको उत्तरार्धमा अमेरिकामा विदेशी जनसंख्यामा उल्लेख्य वृद्धि भएको थियो । जब युरोप र अन्यत्रबाट आप्रवासनले लाखौं नयाँ बासिन्दाहरूलाई देशको किनारमा ल्यायो । १९२० को दशकमा, संयुक्त राज्य अमेरिकाले थप प्रतिबन्धित अध्यागमन कानूनहरूको एक श्रृंखला अपनायो, जसले अन्ततः १९२४ मा राष्ट्रिय (मूल कोटा प्रणालीको स्थापना ग¥यो र त्यसपछि राष्ट्रको जनसंख्याको विदेशी (जन्मको हिस्सामा गिरावट आयो । त्यो अध्यागमन प्रणाली १९६५ सम्म परिवर्तन भएको थिएन, जब अध्यागमन र राष्ट्रियता ऐनले समान व्यापक आप्रवासन कानूनहरू सिर्जना गर्यो जुन अमेरिकाले आज पनि प्रयोग गर्दछ । सन् १९६५ देखि कम्तिमा ५ करोड ९० लाख आप्रवासी संयुक्त राज्य अमेरिकामा गएका हुन ।

     


    संयुक्त राज्य अमेरिकामा बस्ने सातमध्ये एक जना अन्य देशहरूमा जन्मेका थिए, जुन लगभग ऐतिहासिक रेकर्ड हो । तुलनात्मक रूपमा, क्यानाडामा पाँच मध्ये एक जना विदेशी जन्मेकाहरु छन् । अमेरिकामा जन्मेका ३० लाखभन्दा बढी मानिसहरू अहिले अन्य देशहरूमा बस्छन्, जबकि अमेरिकामा मात्रै करिब १६ लाख भारतीयहरू आप्रवासी छन् । करिब १२ मिलियन मेक्सिकोमा जन्मेका मानिसहरू मेक्सिको बाहिर बस्छन् ।
    ओबामा प्रशासनले २००९ र २०१६ कोबीच करिब ३ मिलियन आप्रवासीहरूलाई अमेरिकाबाट डिर्पोट गरेको थियो । जुन बुश प्रशासनको बेलामा भन्दा १ मिलियन बढी हो । ट्रम्प प्रशासनले जति नै ठुलो गफ लगाए पनि उनको चार बर्षे अवधिमा आप्रवासीहरूलाई देश निकाला गरेको सख्या सबै भन्दा कम हो ।

    अमेरिकीहरुको आप्रवासनप्रति कस्तो धारणा छ ?

    अमेरिकामा अध्यागमन राष्ट्रिय राजनीतिक बहसको केन्द्रविन्दुमा रहँदा, अमेरिकी जनताले देशमा बसोबास गर्ने आप्रवासीहरूको बारेमा विभिन्न धारणा राख्छन् । समग्रमा, धेरैजसो अमेरिकीहरू आप्रवासीहरूको बारेमा सकारात्मक धारणा राख्छन् । लगभग दुई तिहाइ अमेरिकीहरू आप्रवासीहरूले आफ्नो कडा परिश्रम र प्रतिभाको कारणले देशलाई बलियो बनाएको बताउँछन् । जबकि लगभग एक चौथाई अमेरिकनहरु आप्रवासीहरूले रोजगारी, आवास र स्वास्थ्य हेरचाह गरेर देशलाई बोझ पारेको धारणा राख्दछन ।

    यद्यपि यी विचारहरू राजनीतिक सम्बद्धताका आधारमा भिन्न हुन्छन् । अमेरिकामा रहेका दुई पार्टीहरुमध्ये डेमोक्र्याट अर्थात प्रजातान्त्रिक झुकाव भएका स्वतन्त्रहरूमध्ये, ८८ प्रतिशत आप्रवासीहरूले आफ्नो कडा परिश्रम र प्रतिभाले देशलाई बलियो बनाएको दावी गर्दछन भने केवल ८ प्रतिशतले उनीहरू बोझ भएको बताउँछन् । रिपब्लिकन र रिपब्लिकन झुकाव भएका स्वतन्त्रहरूमध्ये, ४१ प्रतिशतले आप्रवासीहरूले देशलाई बलियो बनाएको बताउँछन भने ४४ प्रतिशतले देशलाई बोझ बनाउँछन् ।
    अमेरिकी कानुन अनुसार बर्षैभरी योग्यता पुगेमा व्यक्तिहरुका लागि नागरिकता वितरण समारोह चलिरहन्छ । अध्यागमन सेवाहरूले यस वर्षको स्वतन्त्रता दिवस जुन २८ र जुलाई छ को बीचमा करिब २ सयभन्दा बढी समारोहहरूमा लगभग ११ हजार भन्दा बढी आप्रवासीका लागि नागरिकता वितरण गरेर मनाउँदैछ । यी समारोहहरूले आप्रवासीहरूलाई स्वागत गर्ने र यूएसका नागरिकहरूलाई प्रवद्धधन गर्ने सबैको लागि हाम्रो सरकारको प्रतिबद्धता देखाउँछन् । ३१ वटा अमेरिकी शहरहरूमा अध्ययनले पत्ता लगाएको छ कि यदि सबै योग्य आप्रवासी बासिन्दाहरूलाई नागरिकता दिने हो भने, तिनीहरूको कुल आम्दानी ४५ दशमलव ७ बिलियनले बढ्ने अनुसन्धानले देखाएको छ ।

     

    Post Views: 26
    प्रकाशित मिति: २०८१ असार २०, बिहीबार ०९:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.