• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

स्वतन्त्र पार्टीको प्रतिवेदनमा गगनको नाम ! किन ?

  •  
  • २०८१ असार २१, शुक्रबार ०५:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    कुनै बेला गगन थापाले काठमाडौं क्षेत्र ४ मा चुनाव जित्न राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग गरेको हल्ला चल्यो । गगन थापा त्यस्ता खेलाडी हुन उनले आफु चुनाव जित्न अनेक गर्दछन । यो राजनीतिज्ञहरुका लागि सामान्य कुरा हो । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले कांग्रेसका महामन्त्री गगन थापाले गर्दा रास्वपालाई दुई सिट नाफा भएको बताए । उनले समीक्षा प्रतिवेदनमा गगन थापाले आफूलाई जित्न सहज बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाएर प्रत्यक्षमा दुई सिट नाफा हुन पुगेको बताएका हुन्। उनले कुन क्षेत्र भन्ने भने खुलाएका छैनन्। त्यसकुराबाट काँग्रसमा केहि आशंका भने शुरु हुने देखिन्छ । मुकुलको प्रतिवेदनको पेज नं २७ मा गगनको बारेमा उल्लेख गरिएको छ ।

    यस्तै उनले रास्वपाले थापालाई जित्न सहज बनाइदिएको पनि प्रतिवेदनमा खुलाउँदै भनेका छन ‘मंसिरको चुनावका बेला गगन थापाका विरुद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीँ विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो।’ स्मरणीय के छ भने त्यो २ क्षेत्र कुन हो खुलाइएको छैन । महामन्त्री ढकालले नतिजाले काठमाडौं ४ पनि रास्वपाले जित्ने देखाएकाले गगनसँगको रणनीतिक सहकार्य विफल भएको पनि उल्लेख गरेका छन्। अर्को महत्वपुर्ण कुरा के हो भने स्वतन्त्र पार्टीमा गगन थापासंग निकट रहेर काम गरेका मनिश झा, शिशिर खनाललगायत दर्जन व्यक्तिहरु अहिले पनि केन्द्रिय समितिमा रहेका छन । जब मुकुल ढकालले पार्टी पुर्नसंरचना गर्न भन्दै प्रतिवेदन बाहीर आयो मुकुललाई कारबाही गरेको राती एक अनौपचारिक निकटहरुसंगको कुराकानीमा रवि लामीछानेले गगनलाई तोकेर नै पार्टीमा देखिएको समस्या गगन थापाले खेल्न शुरु गरेको आरोप लगाएका थिए ।

    उनले भनेका थिए मुकुललाई गगनले उचालेको पनि आरोप लगाएका थिए । तर प्रतिवेदनमा मुकुलले गगनलाई नै तोकेर जे लेखिएको छ त्योबाट गगनका कारण मुकुल भडकिएको आरोप असत्य देखिन्छ । हुन त कुनै बेला पार्टी कसरी चलाउने भनेर समेत सल्लाह माग्ने गगन र रवि यतिखेर सहकारी काण्डपछि आमने सामने भएका छन । गगन त्यति कच्चा खेलाडी होईनन। उनको अनुभवले धेरै ठुला आँधी बेरी पार गरेका छन । त्यसैले पनि यतिखेर काँग्रेसमा गगनकाविरुद्ध अनेक लान्छाना लाग्न सक्दछ । निश्पक्ष भएर मुल्यांकन गर्ने हो भने यतिखेर गगन थापा नेपालको् अहिलेका राजनीतिक दलहरुमा उनको जत्तिको अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिक सम्पर्क अरु नेताहरुमा देखिदैन । आगामी केहि बर्षमा उनि काँग्रेसका निर्विकल्प पार्टी सभापति र प्रधानमन्त्रि हुन्छन । उनको पार्टीमा देखिएको भुमिका र उनले बनाउँदै लगेको बाटोले त्यो संकेत गर्दछ ।

    Post Views: 138
    प्रकाशित मिति: २०८१ असार २१, शुक्रबार ०५:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.