• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेलायती प्रधानमन्त्री कियर स्टारमरले भने “सरकार ‘देश पहिला, पार्टी दोस्रो’

  •  
  • २०८१ असार २२, शनिबार ०६:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।

    सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो । त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो ।

    यस अघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गरेका छन् ।

    उनी अफूलाई वर्किङ क्लासको पृष्ठभूमिबाट आएको बताउँछन् । उनका बुवा एक टूलमेकर थिए भने आमा नर्स । अक्सफोर्ड विश्वविद्यालयबाट कानुन पढेका स्टार्मरले मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका छन् ।

    उनले अफ्रिकामा गएर मृत्युदण्डको सामना गरिरहेका कैदीहरुको मुद्दा लडेका थिए । ९० को दशमा उनले तथाकथित म्याक्लिबेल कार्यकर्ताको मुद्दा निःशुल्क लडेका थिए ।

    म्याकडोनल्ड्स कर्पोसरन भर्सस स्टील एण्ड मोरिस १९९७ केसलाई म्याक्लिबेल मुद्दाका रुपमा चिनिन्छ । म्याकडोनल्ड्स कर्पोसरनल कम्पनीको आलोचना गर्ने पर्यावरण कार्यकर्ताविरुद्ध मानहानीको मुद्दा चलेको थियो, जसले म्याकडोनल्ड्स कम्पनीको पर्यावरणसम्बन्धी दाबीमा प्रश्न गरेको पर्चा बाँडेका थिए ।

    राजनीतिक यात्रा

    किअर स्टार्मर २०१५ मा उत्तरी लण्डनको होबेन एण्ड सेन्ट प्यान्क्रस क्षेत्रबाट सांसद चुनिए । उनले पूर्व लेबर नेता जर्मी कर्बिनको फ्रन्टबेन्च टिममा उनको ब्रेग्जिट सचिवका रुपमा काम गरे ।

    २०१९ मा पार्टीले नराम्रो हार व्यहोरेपछि किअर स्टार्मरले लेबर नेताको पदमा चुनाव लडे र २०२० मा पार्टीको नेता बने । जीतपछि उनले भनेका थिए, ‘लेबरको विश्वास र आशाको नयाँ युगमा लैजाने छौं ।’

    तर सुरुमा उनलाई पार्टीको लोकप्रियता बढाउन निकै सकस भयो । २०२१ को उपचुनावमा लेबरको हारपछि उनको ध्यान रेड वाललाई फेरि जित्नेमा थियो ।

    रेड वाल उत्तर इंग्ल्याण्ड र मिडल्याण्डको त्यो सिट हो, जहाँ विगतमा लेबरले जित्ने गरेको थियो । तर २०१९ को चुानवमा कन्जरभेटिभ पार्टीले जितेको थियो ।

    किअर स्टार्मरले पार्टीको नीति पुनर्विचार गरे र विश्वविद्यालयमा ट्युशन फि अन्त्य गर्ने तथा पानी र बिजुली कम्पनीलाई राष्ट्रियकरण गर्ने बाचा अगाडि सारे ।

    अरु के छ चुनावी बाचा ?

    किअर स्टार्मरले बेलायतको स्वास्थ्य सेवा एनएचएसमा विरामीका लागि वेटिङ लिस्ट (पालो कुर्नुपर्ने अवस्था) कम गर्ने बाचा गरेका छन् । उनले सीमा सुरक्षा कमाण्ड सुरु गर्ने बताएका छन् ताकि साना र खतरनाक डुंगाबाट हुने मानव तस्करीमा रोक लगाउन सकियोस् ।

    किअर स्टार्मरले १५ लाख नयाँ घर बनाउने बताएका छन् । उनले भने, “सरकारले ‘देश पहिला, पार्टी दोस्रो’ राख्नेछ ।” सार्वजनिक विश्वासलाई घटाएका टोरीजअन्तर्गतका स्क्यान्डलहरूको उत्तराधिकारपछि उनले ‘राजनीतिको सम्मान’ पुनःस्थापित गर्ने वाचा गरे । त्यसमा पहिलो पटक घर किन्नेहरुको पहिलो अधिकार हुने भनिएको छ । ६ हजार ५०० शिक्षक भर्ती गरिनेछ र यसको खर्च निजी स्कुलले पाउने गरेको ट्याक्स ब्रेक रोकेर जुटाइने उनको चुनावी बाचा छ ।

    Post Views: 180
    प्रकाशित मिति: २०८१ असार २२, शनिबार ०६:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.