• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडेनमाथी उम्मेदवारी छोड्न चौतर्फी दवाब

  •  
  • २०८१ असार २५, मंगलवार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिंदै गर्दा सिएनएन बहसमा राष्ट्रपति जो बाइडेनको कमजोर उपस्थिति भएको भन्दै नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा वैकल्पीक उम्मेदवार बनाउने बहश शुरु भएको छ । तर पनि राष्ट्रपति बाईडेनले भले चुनावबाट पछि नहट्ने दृढता व्यक्त गरिरहेका छन । राष्ट्रपति बाईडेनमाथि उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । अघिल्लो साता सीएनएनले गराएको पहिलो प्रेसिडेन्सियल डिबेटमा ८१ वर्षीय बाइडेनको प्रस्तुति ७८ वर्षीय ट्रम्पभन्दा कमजोर देखिएको भन्दै डेमोक्र्याटिक पार्टीभित्र उम्मेदवार फेर्नुपर्ने अवधारणा बलियो बन्दै गएको छ ।

    यतिखेर धेरैले उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडी सानुपर्ने बताएका छन भने पुर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामालाई अगाडी सार्नुपर्ने आवाज बुलन्द बनाएका छन । तर मिसेल ओवामाले आफु राष्ट्रपति उम्मेदावार नबन्ने बताइ सकेकी छिन ।

    गत शनिबार डेमोक्र्याटिक पार्टीका थप एकजना संघीय सांसद एन्जी क्रेगले बाइडेनलाई चुनाव नलड्न सुझाव दिए । बाइडेनलाई राष्ट्रपति पदमा पुननिर्वाचित हुने चाहना त्याग्न खुलेरै सुझाव दिने डेमोक्र्याट सांसदको संख्या पाँच पुगेको छ । आगामी दिनमा यो संख्या अझ बढ्दै जाने अनुमान गरिएको छ । शुक्रबार राति एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले अब ईश्वरले मात्रै आफूलाई चुनावी अभियान त्याग्न सहमत गराउन सक्ने भन्दै प्रतिस्पर्धाबाट नबाहिरिने अठोट व्यक्त गरे ।

    बाइडन चुनाव नलड्ने निर्णयमा पुगेको अवस्थामा ५९ वर्षीय उपराष्ट्रपति कमला ह्यारिस बाइडनको स्वाभावित उत्तराधिकारी हुने रोयटर्सले टिप्पणी गरेको छ । हृयारिसले बाइडेनप्रति आफ्नो पूर्ण समर्थन रहेको दोहोर्याइरहँदा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरु भने हृयारिसको पक्षमा खुल्न थालेको जनाइएको छ । पार्टीका पदाधिकारी, चन्दादाता तथा अभियानकर्ताहरुले समेत बाइडेनको तुलनामा हृयारिसले ट्रम्पलाई पराजित गर्न सक्ने सम्भावनाबारे विचारविमर्श गर्न लागेको बताइएको छ । सीएनएनले हालै सार्वजनिक गरेको मत सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा कमजोर देखाएको छ भने हृयारिस निकट प्रतिस्पर्धि देखाएको छ ।

    अमेरिकी चुनावमा पनि राष्ट्रवादी धारको नेतृत्व गरेका डोनाल्ड ट्रम्पलाई धेरै मानिसहरु राष्ट्रपति भएको हेर्न चाहादैनन तर उनले उठाएको राष्ट्रवादी नाराले गोराहरु भने दिलो ज्यान दिएर लगेका छन । ती गोराहरु ट्रम्प सर्वसाधारणको नजरमा जति नै बदमासी भएनी रोजाईमा परेका छन ।

    Post Views: 98
    प्रकाशित मिति: २०८१ असार २५, मंगलवार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.