• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडेनमाथी उम्मेदवारी छोड्न चौतर्फी दवाब

  •  
  • २०८१ असार २५, मंगलवार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिंदै गर्दा सिएनएन बहसमा राष्ट्रपति जो बाइडेनको कमजोर उपस्थिति भएको भन्दै नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा वैकल्पीक उम्मेदवार बनाउने बहश शुरु भएको छ । तर पनि राष्ट्रपति बाईडेनले भले चुनावबाट पछि नहट्ने दृढता व्यक्त गरिरहेका छन । राष्ट्रपति बाईडेनमाथि उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । अघिल्लो साता सीएनएनले गराएको पहिलो प्रेसिडेन्सियल डिबेटमा ८१ वर्षीय बाइडेनको प्रस्तुति ७८ वर्षीय ट्रम्पभन्दा कमजोर देखिएको भन्दै डेमोक्र्याटिक पार्टीभित्र उम्मेदवार फेर्नुपर्ने अवधारणा बलियो बन्दै गएको छ ।

    यतिखेर धेरैले उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडी सानुपर्ने बताएका छन भने पुर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामालाई अगाडी सार्नुपर्ने आवाज बुलन्द बनाएका छन । तर मिसेल ओवामाले आफु राष्ट्रपति उम्मेदावार नबन्ने बताइ सकेकी छिन ।

    गत शनिबार डेमोक्र्याटिक पार्टीका थप एकजना संघीय सांसद एन्जी क्रेगले बाइडेनलाई चुनाव नलड्न सुझाव दिए । बाइडेनलाई राष्ट्रपति पदमा पुननिर्वाचित हुने चाहना त्याग्न खुलेरै सुझाव दिने डेमोक्र्याट सांसदको संख्या पाँच पुगेको छ । आगामी दिनमा यो संख्या अझ बढ्दै जाने अनुमान गरिएको छ । शुक्रबार राति एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले अब ईश्वरले मात्रै आफूलाई चुनावी अभियान त्याग्न सहमत गराउन सक्ने भन्दै प्रतिस्पर्धाबाट नबाहिरिने अठोट व्यक्त गरे ।

    बाइडन चुनाव नलड्ने निर्णयमा पुगेको अवस्थामा ५९ वर्षीय उपराष्ट्रपति कमला ह्यारिस बाइडनको स्वाभावित उत्तराधिकारी हुने रोयटर्सले टिप्पणी गरेको छ । हृयारिसले बाइडेनप्रति आफ्नो पूर्ण समर्थन रहेको दोहोर्याइरहँदा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरु भने हृयारिसको पक्षमा खुल्न थालेको जनाइएको छ । पार्टीका पदाधिकारी, चन्दादाता तथा अभियानकर्ताहरुले समेत बाइडेनको तुलनामा हृयारिसले ट्रम्पलाई पराजित गर्न सक्ने सम्भावनाबारे विचारविमर्श गर्न लागेको बताइएको छ । सीएनएनले हालै सार्वजनिक गरेको मत सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा कमजोर देखाएको छ भने हृयारिस निकट प्रतिस्पर्धि देखाएको छ ।

    अमेरिकी चुनावमा पनि राष्ट्रवादी धारको नेतृत्व गरेका डोनाल्ड ट्रम्पलाई धेरै मानिसहरु राष्ट्रपति भएको हेर्न चाहादैनन तर उनले उठाएको राष्ट्रवादी नाराले गोराहरु भने दिलो ज्यान दिएर लगेका छन । ती गोराहरु ट्रम्प सर्वसाधारणको नजरमा जति नै बदमासी भएनी रोजाईमा परेका छन ।

    Post Views: 158
    प्रकाशित मिति: २०८१ असार २५, मंगलवार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.