• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पाकिस्तान पत्रकारका लागि असुररिक्ष बन्दै : छ महिनामा सात पत्रकारको हत्या

  •  
  • २०८१ असार २९, शनिबार ०८:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा सात पत्रकारको हत्या भएको छ । गत सालको तुलनामा यो सङ्ख्या उच्च हो ।

    पछिल्लो पटक पत्रकार खलील जिब्रान मरिएका थिए ।अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको स्थानीय प्रेस क्लबका पूर्व अध्यक्ष समेत रहेका जिब्रानले चलाउँदै गरेको गाडीलाई दुई व्यक्तिले आक्रमण गरी गाडीबाट बाहिर निकालेर गोली हानी हत्या गरेका थिए।

    पत्रकार हत्याको अनुसन्धान गर्ने संस्थाका लागि काम गर्ने आदिल जवादले भन्छन –“सात वटा घटनाहरू मध्ये चार जनाको हत्याको कारण पत्रकारितासँग सम्बन्धित हुन सक्छ”।

    धेरैजसो पत्रकारहरूको हत्या स-साना बजार र सहरहरूमा भएको छ । यस्ता ठाउँमा पेशेवर पत्रकारहरूको प्रोफाइल विस्तार गर्न र नागरिक रिपोर्टरहरूलाई प्लेटफर्म दिन सामाजिक सञ्जालको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने महसुस गरिएको छ।

    प्रेस स्वतन्त्रताको वकालत गर्ने फ्रिडम नेटवर्कको अनुसार-  सन् २०१२ देखि २०२२ सम्म ५३ जना पत्रकारको पत्रकारिताकै क्रममा हत्या भएको छ । सोही अवधिमा दुई वटा घटनामा मात्रै दोषीलाई सजाय भएको बताएको छ ।

    हालैका वर्षहरूमा पाकिस्तानमा सामाजिक सञ्जालको प्रयोगमा वृद्धि र मुख्य धारको प्रेसमाथिको अङ्कुशका कारण नागरिक पत्रकारिता मौलाउँदै गएको छ । बिग्रँदै गएको शान्ति व्यवस्था र सत्ताधारी वर्गमा भएको भ्रष्टाचारलाई बाहिर ल्याउन सर्वसाधारणले पत्रकारको रूपमा काम गरिरहेका छन् ।

    स्थानीय राजनीतिज्ञ, जमिनदार र सामन्ती शासकहरूलाई आफ्नो पत्रकारिता मार्फत लेखाजोखा गर्ने चिर-परिचित पत्रकार नसरुल्लाह गडानीको सिन्ध प्रान्तको बदिन जिल्लामा गएको मे महिनाको अन्त्यमा हत्या भयो ।  यस हत्यापछि जनमानसमा विरोधको लहर सुरु भयो। मृतकका भाइ याकुब गडानीले स्थानीय सांसद खालिद लुन्डले हत्याको योजना बनाएको आरोप लगाएका छन् । संसद् लुन्डले आरोप अस्वीकार गर्दै आएका छन् ।

    गडानीको हत्या हुनुभन्दा मात्र तीन दिन अघि खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा अर्का पत्रकार कामरान दावरको हत्या भएको थियो।

    यी पत्रकारहरूको हत्या प्रति प्रतिक्रिया दिँदै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका महासचिव एन्थोनी बेलाङ्गरले त्यही समयमा भनेका थिए –“पाकिस्तानमा पत्रकार र मिडियाकर्मीहरूसँग अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार छ । तर पत्रकारहरूमाथि लक्षित आक्रमण,  हातपात र हत्याहरूले गर्दा यो व्यवस्था कमजोर देखिएको छ । पत्रकारहरू प्रतिशोधको डर बिना मिडिया काम गर्न स्वतन्त्र छन् भन्ने कुराम सरकारले सुनिश्चित गर्नुपर्छ । साथै यी हत्याहरूको तत्काल र पूर्ण रुपमा पारदर्शी अनुसन्धानको साथै सजायको पनि सुनिश्चितता गर्नुपर्दछ।”

    रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा प्रकाशित यस वर्षको विश्व प्रेस स्वतन्त्रता सूचाङ्कमा पाकिस्तान दुई स्थान झरेर १८० देशहरूमध्ये १५२ मा आइपुगेको  छ । सूचाङ्कले पाकिस्तान “पत्रकारका लागि संसारको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हो भनेर देखाएको छ । साथै सूचाङ्कले पत्रकारहरूको हत्या भ्रष्टाचार वा अवैध ओसारपसारका मुद्दाहरूको रिपोर्टसँग जोडिएको र दोषीहरूलाई पूर्ण रूपमा दण्डित नहुने परिपाटी रहेको देखाएको छ।

    श्रोत: आइएनएस-स्वतन्त्र समाचार

    Post Views: 124
    प्रकाशित मिति: २०८१ असार २९, शनिबार ०८:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.