• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा हतियारहिंसाको नालीबेली: कति अमेरिकनसंग हतियार छ ? ठुला नेताहरु कहिले कसरी मारिए बन्दुक आक्रमणबाट ?

  •  
  • २०८१ असार ३१, सोमबार ०९:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा गोली प्रहारको घटना सामान्य मानिन्छ । नागरिकका लागि अति नै सामान्य मानिन्छ । ठुला नेताहरुमाथी गोली प्रहारका घटना हुँदा विश्वव्यापी समाचार हुन्छ । केहि समुहमा भएका हतियार प्रयोग र मारिनेको मात्रा बढी हुँदा पनि समाचार बन्दछन तर दैनिक बन्दुकबाट मारिनेको सख्या निकै हुन्छ । किनकी अमेरिकामा दैनिक रुपमा बन्दुकको कारण मारिने नागरिकको सख्या एक सय २० भन्दा बढी सरदरमा मानिसहरु मारिन्छन । यो तथ्यांक अनुसार केहि बर्षहरुमा बढी त केहि बर्षहरुमा कम रहेको देखिन्छ ।

     


    कति अमेरिकीसंग बन्दुक छ ?

    अमेरिकामा बन्दुक किन्नु सामान्य जस्तो देखिन्छ । केहि प्रक्रिया पुरा गरेपछि बन्दुक किन्न पाईन्छ । त्यति मात्रै होईन बन्दुक नयाँ बजारमा आएपछि गन शो भनेर ठुला होडिड बोर्डहरु देख्न पाईन्छ । जहाँ हजारौ थरी नयाँ पुराना तथा अत्याधुनिक हतियारहरु किन्न पाईन्छ । पछिल्लो एक तथ्यांक अनुसार ७७ मिलियन अमेरिकीसंग १ देखि ७ भन्दा बढी बन्दुकहरु रहेका छन । जसमा पिस्तोल देखि ठुला हतियारहरु पर्दछन । प्यू रिसर्च सेन्टरको अनुसन्धानमा आधारित एक तथ्यांक हेर्दा अमेरिकनसंग ३२ प्रतिशतसंग एक वटा हतियार छ , ३७ प्रतिशतसंग २ देखि ४ वटा हतियार छ भने २९ प्रतिशतसंग ५ भन्दा बढी हतियारहरु रहेको छ ।

    बन्दुक आक्रमणबाट कति मारिन्छन अमेरिकामा ?

    विगत चार बर्षको हतियार दुरुपयोगबाट अमेरिकामा कति मानिस मारिएका छन भन्ने तथ्णंक हेर्दा डरलाग्दो चित्र देखिन्छ । सन् २०२० मा ४५ हजार २ सय २२ जना मारिएका छन । त्यसैगरी २०२१ म ४८ हजार ८ सय ३० जना, २०२२ मा ४८ हजार २ सय ४ जना र २०२३ मा ४३ हजार ६५ जना मानिस बन्दुकका कारण मारिएका छन । यो सख्या हेर्दा २०१४ मा ३९ हजार भन्दा बढी थियो भने २०१६, २०१७, २०१८ मा ५० हजारभन्दा धेरै रहेको अनुसन्धानमा देखिन्छ ।

    गत आईतबार बिहान अमेरिकाका २० वर्षीय एक युवकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरे पछि फेरी एक पटक अमेरिकामा बन्दुकको आक्रमणबाट कति मानिस मारिएका छन भन्ने विषयमा बहस शुरु भएको छ । दोस्रो पटक राष्ट्रपति बन्ने दौडमा रहेका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बट्लरमा जारी सभामा गोली प्रहार गरियो र गोली उनको कान मात्रै लागेकाले ज्यान जोगिएको छ । ४ सय फिट परबाट निसाना लयाएकोले केहि ईन्चको कारण ठुलो घटना हुन पाएन । फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको पहिचान सार्वजनिक समेत गरिसकेको छ । एफबिआईका अनुसार ती व्यक्ति पेन्सिलभेनियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक हुन् । उनी जबाफी कारबाहीमा मारिएका छन् । ट्रम्पको हत्या प्रयास किन गरियो भन्नेबारे भने अनुसन्धान जारी छ ।

    के अमेरिकामा राष्ट्रपतिमाथी आक्रमण भएको यो पहिलो घटना हो ?

    अमेरिकामा राष्ट्रपतिमाथि गोली प्रहार भएको यो पहिलो घटना होइन । यस्ता थुप्रै भटनाबाट कतिपय राष्ट्रपति घाइते मात्र भएका छन् भने कतिपयको ज्यानसमेत गएको इतिहास छ । अन्ताराष्ट्र्रिय सन्चारमाध्यम र अमेरिकी तथ्यांकहरुमा आधारित समाचारलाई संक्षिप्त प्रस्तुत गरेका छौं

    राष्ट्रपति रोनाल्ड रेगन (१९८१)

    अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड विल्सन रेगनमाथि सन् १९८१ मार्च ३० मा गोली प्रहार भएको थियो । एक सभामा सहभागी भएर वासिङटन डिसीस्थित हिल्टन होटल जान लागेका उनीमाथि गोली प्रहार भएको थियो । रिभल्भरबाट प्रहार गरिएको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । तत्कालै सिक्रेट सर्भिसले उनलाई जर्ज वासिङटन युनिभर्सिटी अस्पतालमा लगेको थियो । त्यहाँ उपचार गरेर उनी १२ दिनपछि डिस्चार्ज भएका थिए । उनीमाथि गोली प्रहार गर्ने जोन हिन्क्ली जुनियर लामो समय जेल परेर सन् २०२२ मा कारागारबाट छुटेका थिए ।

    राष्ट्रपति जेराल्ड फोर्ड (१९७५)

    अमेरिकाका ३८ औं राष्ट्रपति जेराल्ड फोर्डमाथि सन् १९७५ सेप्टेम्बरमा दुई पटक हत्याको प्रयास भएको थियो । १७ दिनको अन्तरालमा उनको दुई पटक हत्याको प्रयास भएको थियो । ५ सेप्टेम्बर, १९७५ मा क्यालिफोर्नियामा लिनेट फ्रोमले फोर्डमाथि बन्दुक ताकेका थिए । त्यही बेला सिक्रेट सर्भिस एजेन्टले फ्रोमको बन्दुक समाएका थिए । फ्रोमलाई तत्कालै नियन्त्रणमा लिइएको थियो । पछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । त्यस घटनापछि सार्वजनिक रूपमा फोर्ड निस्किएका थिएनन् । १७ दिनपछि उनी सान फ्रान्सिस्कोस्थित होटलबाट निस्किएका थिए । त्यही बेला सारा जेन मोरले भीडबाट उनीमाथि गोली प्रहार गरेकी थिइन् । फोर्डलाई गोली लाग्न भने पाएन । मोरलाई पक्राउ गरी आजीवन कारावासको सजाय सुनाइएको थियो ।

    राष्ट्रपति उम्मेदवार जर्ज वालेस (१९७२)

    जर्ज वालेस राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याट्सको तर्फबाट ¥याली गरिरहेका थिए । त्यति बेला उनी अलाबामाका गभर्नर थिए । सन् १९७२ मे १५ मा मेरिल्यान्डस्थित एक सपिङ मलमा उनीमाथि गोली प्रहार भएको थियो । उनलाई चार पटक गोली लागेको थियो । उक्त गोली लागेर उनले ज्यान त जोगाए तर उनको शरीर पारालाइसिसबाट अपांग भए । अर्थर ब्रिमर नामका व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई ६३ वर्षका लागि जेल सजाय सुनाइएको थियो । पछि उक्त सजाय ५३ वर्षका लागि घटाइएको थियो । ब्रिमरको एउटा डायरी समेत प्रकाशन भएको थियो । जसमा उनले आफ्नो प्रचारका लागि गोली प्रहार गरेको बताएका थिए । उनले रिचर्ड निक्सनमाथि पनि गोली प्रहार गर्ने योजना बनाएका थिए ।

    राष्ट्रपति जोन एफ केनेडी (१९६३)

    अमेरिकाका राष्ट्रपति जोन एप केनेडीको सन् १९६३ नोभेम्बर २२ मा हत्या भएको थियो । उनी एक राजनीतिक यात्राका लागि टेक्सास पुगेका थिए । मोटोकेडमा जाँदै गर्दा पाँच तल्ले भवनको माथीबाट पछाडिबाट उनीमाथि गोली प्रहार भएको थियो । एउटा गोली केनेडीको घाँटी र अर्को टाउकोमा लागेको थियो । गोली प्रहार भएपछि उनलाई पार्क ल्यान्ड अस्पतालमा लगिएको थियो । ३० मिनेटपछि उनलाई मृत घोषणा गरिएको थियो । ४६ वर्षीय ली हार्भी ओसवाल्डलाई केनेडीमाथि गोली हानेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    राष्ट्रपति उम्मेदवार रोबर्ट एफ. केनेडी (१९६८)

    जोन एफ केनेडीका भाइ रोबर्ट एफ केनेडी त्यो बेला सिनेटर थिए । सन् १९६८ मा उनी राष्ट्रपतिको प्राइमरी चुनाव लड्दै थिए । त्यही बेला जुन ५ मा लस एन्जलसस्थित एम्बास्डर होटलमा उनीमाथि गोली प्रहार भएको थियो । होटलको किचनबाट जाँदै गर्दा त्यहाँ रहेका एक जना युवकले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई तीन वटा गोली लागेको थियो । अस्पतालमा लगेर उपचार गराए पनि २६ घण्टापछि उनको मृत्यु भएको थियो ।

    राष्ट्रपति फ्र्यांकलिन डी रूजबेल्ट (१९३३)

    सन् १९३३ मा फ्लोरिडामा राष्ट्रपति फ्यांकलिन डी रूजबेल्टलाई लक्षित गरी एक जना इटालियन आप्रवासीले गोली प्रहार गरेका थिए । रूजबेल्टलाई गोली लाग्न पाएन । तर उनी छेउमै बसिरहेका शिकागोका मेयर एन्टोन सेरमाकलाई गोली लागेर मृत्यु भएको थियो ।

    राष्ट्रपति विलियम म्याकिन्ले (१९०१)

    राष्ट्रपति म्याकिन्लेलाई न्यूयोर्कमा लियोन छोल्गोस नामक व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । अमेरिकाका २५ औं राष्ट्रपति विलियम म्याकिन्लेलाई ६ सेप्टेम्बर १९०१ मा न्यूयोर्कको बफेलोमा भाषण दिएपछि गोली हानिएको थियो। उनी रिसिभिङ लाइनबाट गुज्रिरहेका मानिसहरूसँग हात मिलाउँदै गर्दा एक व्यक्तिले उनको छातीमा दुईवटा गोली हानेको थियो । डाक्टरहरूले म्याककिन्ली निको हुने आशा गरेका थिए तर गोलीको घाउ फैलिएपछि उनको मृत्यु भयो । म्याककिन्लेको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि सेप्टेम्बर १४, १९०१ मा मृत्यु भयो। डेट्रोइट निवासी २८ वर्षीय लियोन दोषी ठहर भएपछि अक्टोबर २९, १९०१ मा इलेक्ट्रिक कुर्सीमा राखेर मृत्युदण्ड दिइयो ।

    अब्राहम लिंकन (१८६५)

    अमेरिकी कलाकार जोन विल्क्स बुथले १८६५ अप्रिल १४ मा लिंकनमाथि गोली प्रहार गरी हत्या गरेका थिए । अमेरिकाका १६ औं राष्ट्रपति लिंकन वासिङटन डिसीस्थित फोर्ड्स थिएटरमा नाटक हेर्दै थिए । ’आवर अमेरिकन कजन’ भन्ने नाटक हेर्दै गर्दा बुथले पछाडिबाट आएर उनको टाउकोमा गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका लिंकनको भोलिपल्ट ज्यान गएको थियो । पछि बुथले आत्मसमर्पण गरेका थिए ।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ असार ३१, सोमबार ०९:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.