• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका पठाउन उपसभामुखको लेटरहेड दुपयोग गर्दै रानाले लेखेको यो पत्र

  •  
  • २०८१ श्रावण ३, बिहीबार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    उपसभामुख इन्दिरा राना पदिय हिसावले उपल्लो तहमा रहेकी व्यक्ति हुन । तर उनले केही युवालाई अमेरिका पठाउन आफ्नो लेटरहेडको दुरुपयोग गरेको प्रमाण बाहिरिएपछि यतिखेर उनि गंभीर विवादमा तानिएकी छिन । आफुसहित ६ जनालाई अमेरिका पठाउन आफ्नो उपसभामुखको लेटरहेडमा भिषा दिलाउन सिफारिस गरिएको र भिषा नपाएपछि बढेको विवादका कारण सो घटना सार्वजनिक भएको समाचार श्रोतले दावी गरेको छ । पदको दुरुपयोग गर्दै दुतावासलाई सिफारिस गरेको भेटिएपछि संसद सचिवालयले पनि उनिमाथी के कस्तो कारबाही गर्ने भन्ने प्रक्रिया अगाडी बढाएको समाचार छ । उनको हस्ताक्षर भएको पत्रमा बताएअनुसार उनले आफू र अरु ६ जनाको नाम राखेर आवेदन दिएको देखिन्छ ।

    सन् २०२३ फेब्रअरी २६ तारिकमा लेखिएको सो पात्र सार्वजनिक भएसंगै विवादमा तानिएकी उनले त्यसबारेमा केहि बताउन चाहिनन् । जसमा प्रष्टसंग ०००७२६ नम्बरको डिप्लोमेटिक पासपोर्टवाहक इन्दिरा राना, उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ति मगर र धनप्रसाद गुरुङको नाम देख्न सकिन्छ । त्यसमा इन्दिराको दस्तखतमा सिफारिस गरिएको छ । तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन, जसका कारण विवाद बाहिर आएपछि यो एक बर्ष अघिको घटना सार्वजनिक भएको छ । स्मरणीय रहोस उनै उपसभामुख रानामगरले एनआरएनए युकेको निमन्त्रणामा मार्च २ तारिख २०२४ लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो । अपुष्ट समाचार अनुसार उनले काम गरेको पिए नेपाल नामक गैरसरकारी संस्थाबाट बालबालिका हराएको वा बेचबिखन भएको आरोप लागेपछि उनको भिषा अस्वीकृत भएको बताईन्छ ।

    गत वर्ष फेब्रअरी २६ मा अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी लेखेको सिफारिस पत्रमा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एउटा उच्चस्तरीय कार्यक्रममा भाग लिन जान लागेको उल्लेख छ । मार्च ६ देखि १७ सम्म न्युयोर्कमा हुने सो कार्यक्रममा सहभागी हुन आफू र आफ्नो टिमका लागि भीसा उपलब्ध गराइदिन पत्रमा आग्रह गरिएको छ । राज्यबाट भिआइपी सुविधा लिने कुनै पनि व्यक्ति विदेश जानुपरे भीसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ । देशकै सबैभन्दा माथिल्लो संवैधानिक परिषदमा सदस्य रहेकी उपसभामुखको हकमा त झन सबैभन्दा पहिले भ्रमणको प्रयोजन र उद्धेश्य खुल्ने निमन्त्रणा आएको हुनुपर्छ । त्यस्तो निमन्त्रणापत्र शुरुमा संसदको महासचिवकोमा पुग्छ र तोक(आदेशसहित अन्तर्राष्ट्रिय शाखामा पठाइन्छ । त्यहाँबाट स्वीकृत भएर आएपछि बल्ल महासचिवबाट भीसाका लागि परराष्ट्रलाई आग्रहसहितको पत्र जाने हो । त्यसपछि परराष्ट्रले नै भीसा नोट भन्ने गरिन्छ त्यसरी भिषा नोट जारी गर्दा नेपालमा दुतावास भएकाहरुको हकमा भिषा दिन कर लाग्दछ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध तामाङ थरका ती युवाहरुबाट मोटो रकम उठाएर उपसभामुखमार्फत अमेरिका पठाउन खोजेको जानकार स्रोतको दाबी छ । यसबारे सबै तथ्य खुल्ने कागजात केही सांसदको हातमा परिसकेको छ । यो समाचार पहिले जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो भने अहिले रानाले लेखेको पत्र संसद सचिवालयमा पुगेको बताईन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी राना यस अघि काराघारमा रहेका बाबु आमाहरुको बच्चाहरुले स्याहार सुुसार गर्ने पिए नेपाल नामक गैरसरकारी संस्था सन्चालन गर्दै आएकी थिईन । रास्वपा भित्र स्वच्छ छविकी भनिएकी रानामगर पनि विवादमा तानिएपछि उनको पद के हुन्छ यसै भन्न सकिन्न ।

    Post Views: 178
    प्रकाशित मिति: २०८१ श्रावण ३, बिहीबार ०९:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?
    ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
    संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ
    Advertisement
    ताजा अपडेट
    • १. के नेपालका सबै नदि किनाराका बस्ती जोखिमपुर्ण हुन ?

    • २. ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी

    • ३. संकटको बेलामा मात्रै सम्झिने कान्ति लोकपथ

    • ४. छिमेकमा ब्रिक्स सम्मेलन, नेपाल बेखबर ! भारतले नेपाललाई किन बोलाएन कूटनीतिक प्रश्न ?

    • ५. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.