• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति पदमा डेमोक्र्याटबाट बाइडेनले उपराष्ट्रपति “कमला ह्यारिस”लाई ईन्डोर्स गरे

  •  
  • २०८१ श्रावण ७, सोमबार ००:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतिको दौडबाट पछि हट्दै उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवार बनाउने ईन्डोर्स गरे। राष्ट्रपति बाईडेनले एक ट्वीट गर्दै भनेका छन् – ‘मैले मनोनयन स्वीकार नगर्ने र मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्यहरूमा मेरो सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको छु। २०२० मा पार्टीको उम्मेदवारको रूपमा मेरो पहिलो निर्णय कमला ह्यारिसलाई मेरो उपराष्ट्रपति बनाउने थियो, र यो मैले गरेको सबैभन्दा राम्रो निर्णय हो। आज म कमलालाई यस वर्ष हाम्रो पार्टीको उम्मेदवार बन्न मेरो पूर्ण समर्थन व्यक्त गर्न चाहन्छु। यो एकजुट भएर ट्रम्पलाई हराउने समय हो। ’ यहि अगष्टमा हुने डेमोक्र्याट पार्टीको नेशनल कन्भेन्सले आधिकारिक धारणा बनाउने छ ।

    केहि विश्वव्यापी सन्चार माध्यमले सम्पादीय नै लेखेर बाईडनले छोड्दा उपयूक्त हुने सुझाव दिएपछि बाईडेनका व्याक बोन भनेर चिनिएका पूर्वराष्ट्रपति बाराक ओबामाले र पूर्वसभामुख न्यान्सी पेलोसीले बाइडेनलाई छोड्न मनाएको बताइएको छ । डेमोक्र्याटिक पार्टीका प्रतिनिधि सभा सदस्यहरूलाई समेत ओवामा र पोलीसीले अहिलेको अवस्थामा डोनाल्ड ट्रम्पलाई जित्न मुस्किल हुने भन्दै स्वस्थ्य अवस्थाले पनि साथ नदिएको भनिएको छ । बाइडेन सन् २००८ देखि २०१६ सम्म ओबामाका उपराष्ट्रपति थिए। तर ओबामाले आफूले भनेर मात्रै बाइडेनले छाड्छन् भनेर दबाब दिनु गलत भएको बताए पनि मुख्य रुपमा बाईडेनले ओबामाको सल्लाह मन्ने गरेको समाचार माध्यमहरुले जनाएको छ ।
    अमेरिकी राष्ट्रपतिका लागि चुनावी दौडबाट बाहिरिएका जो बाइडेनले आगामी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीका उम्मेदबारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई इन्डोर्स गरेका छन् । आफूले उम्मेदबारी नदिने घोषणा गरेको केहीबेरमा नै बाइडेनले कमला ह्यारिसलाई इन्डोर्स गरेका हुन् ।

     


    गत जुन २७ मा भएको राष्ट्रपतीय बहसमा उनले खराब प्रस्तुति भएको भन्दै डेमोक्र्याटिक पार्टीबाट फेरि उम्मेदवार नबन्न उनलाई दबाब परेको थियो। हाल उहाँको कोभिड रिपोर्ट पोजेटिभ आएकाले चुनावी अभियान स्थगित गरिएको छ । यो नोभेम्बरमा हुने चुनावअघि आएको उहाँ संग सम्वन्धित अर्को स्वास्थ्य सम्वन्धी प्रश्न हो ।
    बहसपछि परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएका द न्यूयोर्क टाइम्स, द एट्लान्टिक, द न्यू योर्कर लगायतले बाइडेनले अब राष्ट्रपतिको दौड छोड्नुपर्ने लेखेका थिए। रिपब्लिकन पार्टीको समर्थन गर्ने वाल स्ट्रीट जर्नलले समेत यस्तै लेखेको थियो। बाइडेनले दौड छोड्नुपर्ने भन्दै सुरूमा डेमोक्र्याटिक पार्टीलाई चन्दा दिनेहरूले गाइँगुइँ गरेका थिए। पछि पार्टीका प्रभावशाली नेताहरूले भित्रभित्रै त्यस्तो माग गरे। तर बाइडेन दौड नछाड्ने भनेर दृढ रहे। अन्तत बाइडेनले आफ्नो सोच बदलेको र अन्ततः राष्ट्रपतिको मैदान छाड्ने घोषणा गरे । कमला ह्यारिस राष्ट्रपतिमा उठाएपछि उपराष्ट्रपतिमा कसलाई उठाउने टुंगो लागेको छैन । यसै हप्ता टुंगो लाग्ने अमेरिकी सन्चार माध्यमहरुले जानएको छ ।

     

    Post Views: 125
    प्रकाशित मिति: २०८१ श्रावण ७, सोमबार ००:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह
    अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !
    खाडीका २० लाख नेपाली प्रभावित  !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. अमेरिकी दुतावासद्धारा पाकिस्तानमा भिषा सेवा रद्द !

    • ३. खाडीका २० लाख नेपाली प्रभावित  !

    • ४. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ५. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. समानुपातिकतर्फ पनि रास्वपाकै अग्रता, अरुले कति ल्याए?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.