• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाईडेनको घोषणापछि कमला ह्यारिसको पक्षमा एकै रातमा ८१ मिलियन उठ्यो, ओबामा प्राईमरीको पक्षमा

  •  
  • २०८१ श्रावण ८, मंगलवार ०५:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    राष्ट्रपति पदका प्रत्यासी वर्तमान राष्ट्रपति जो बाईडेनले आफु राष्ट्रपति नउठ्ने घोषणा गर्दै आफ्नो समर्थन उपराष्ट्रपति कमला ह्यारिसलाई रहने घोषणा गरे पनि अन्तिम अन्त्मि टुंगो भने अगष्टमा हुने कन्भेन्सनबाट हुन्छ । तर पनि जब बाईडेनले आफुले छोडेर ह्यारिसलाई समर्थन गरेको घोषणा गरे एकै रातमा ह्यारिसको पक्षमा ८१ मिलियन डलर आर्थिक सकयोग जम्मा भएको समाचार छ । त्यति मात्रै होईन ह्यारिसको पक्षमा व्याप जनलहर बढेको मिडिया सर्भेक्षणाहरुले जानएको छ । पुर्व राष्ट्रपति विल क्लिन्टनले समर्थन गर्दै विज्ञिप्ति जारी गर्दै ह्यारिस सहि समयमा सहि व्यक्ति भएको बताएका छन । खासमा रिपब्लिकन पार्टीभित्र पनि डोनाल्ड ट्रम्पलाई मननपर्ने मानिसहरु उपयूक्त उम्मेदवारको खोजीमा रहेको बेला ह्यारिसप्रति मानिसहरुको आर्कषण बढेर गएको छ ।

    पार्टीका नेताहरूले एउटा लोकताँन्त्रिक प्रक्रिया सिर्जना गर्न सक्षम हुने र जसबाट एक उत्कृष्ट उम्मेदवार देखा पर्ने आफ्नो विश्वास रहेको ओबामाले एक विज्ञप्तिमा बताएका छन् । जसमा उनले कसैको नाम उल्ल्ेख गरेका छैनन । ओबामाले बाइडेनको उदार, समृद्ध र एकताबद्ध अमेरिकाको दृष्टिकोणले सबैलाई अवसर प्रदान गर्ने र अगस्टमा हुने डेमोक्रेटिक कन्भेन्सनमा पूर्ण प्रदर्शन हुने बताएका छन् ।
    उता अमेरिकी सन्चारमाध्यमले पुर्वराष्ट्रपति बाराक ओबामाले ह्यारिसलाई उठाएको आरोप लागे पनि ओबामाले भने जसलाई उम्मेदवार बनाएपनि प्राईमरी निर्वाचन गराएर छान्नु पर्ने बताएका छन । एक महिना समय भएको भन्दै ओबामाले लोकतान्त्रिक प्रक्रियाबाट छान्नु पर्ने बताएका हुन । समय छोटो भएकोले त्यसको बारेमा निर्णय हुन भने समय लाग्ने देखिन्छ । अमेरिकामा हालसम्म महिला राष्ट्रपति नभएको सन्र्दभमा भने महलिा अधिकारको पक्षमा रहेकाहरुले यो सुनौलो अवसर भन्दै स्वागत गरेर प्रचार अभियान नै शुरु गरेका छन । जसका कारण हयारिसको पक्षमा ठुलो आर्थिक संकलन शुरु भएको छ । अमेरिकामा बाईडेन बुढा भएको बोल्न पनि समस्या भएको र ट्रम्पलाई मन नपराउने ठुलो जमातले विकल्प खोजी रहेको केला बाईडेनले आफुले राष्ट्रपति नलड्ने बताएपछि त्यो जमातमा खुसीयाली छाएको छ । तर पनि चुनावी परिणाम नै अन्तिम सत्य हो ।

    ५९ वर्षीया ह्यारिस निर्वाचित भए अमेरिकाको पहिलो महिला राष्ट्रपतिका रूपमा उनले इतिहास रच्नेछिन्। त्यति मात्र होइन, उनी पहिलो एसियन–अमेरिकन र ओबामापछि दोस्रो अश्वेत राष्ट्रपति पनि बन्नेछिन् । उसो त यसअघि नै पहिलो महिला उपराष्ट्रपतिका रूपमा उनले कीर्तिमान कायम गरिसकेकी छन्।

    भारतीय–अमेरिकी आमा र जमैकाली–अमेरिकी बुवाकी छोरी ह्यारिसले आफ्नो बाल्यकाल क्यालिफोर्नियाको ओकल्यान्डमा गुजारिन्। उनी सानै छँदा बुवाआमाको सम्बन्धविच्छेद भयो। त्यसपछि कमला र उनकी बहिनी मायालाई आमाले हुर्काइन्, जो क्यान्सर अध्येता थिइन्।वासिङ्टनको होवार्ड युनिभर्सिटीबाट स्नातक गरेपछि उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कानुनमा स्नातकोत्तर गरिन्। त्यसपछि सरकारी वकिलका रूपमा काम गर्न थालिन्।

    राजनीतिमा उनको तीव्र उदयका कारण उनी उपराष्ट्रपति बनिन्। जसको सुरुवात सन् २००३ मा उनी सान फ्रान्सिस्कोको जिल्ला न्यायाधिवक्तामा निर्वाचित भएपछि सुरु भएको थियो। त्यसको सात वर्षपछि उनी क्यालिफोर्निया राज्यकै महान्यायाधिवक्ता चुनिइन्। २०१४ मा उनी सो पदमा पुनः निर्वाचित भइन्। त्यसको दुई वर्षपछि सिनेटकै चुनाव जितिन्। महान्याधिवक्ता भएकै बेला उनको कर्पोरेट वकिल डगलस एमहफसँग भेट भयो। २०१५ मा उनीहरूले विवाह गरे। एमहफका दुई हुर्केका सन्तानको उनी सौतेनी आमा भइन्। ह्यारिस उपराष्ट्रपति भएसँगै एमहफ अमेरिकाको ‘सेकेन्ड जेन्टलम्यान’ बने।

     

     

    २०२० मा ह्यारिस आफैँ राष्ट्रपति बन्ने कोसिसमा थिइन्। तर, उनको अभियानले खासै गति लिन सकेन। प्रगतिशीलहरूले उनलाई मन पराएनन्। सरकारी वकिल छँदा उनले आफूलाई ‘अपराधविरुद्ध कठोर’ रूपमा चिनाएकी थिइन्।

    त्यसकारणले उनले राष्ट्रपति बन्ने कोसिस छाडिन्। त्यसको आठ महिनापछि बाइडेनले उनलाई उपराष्ट्रपतिका लागि छनोट गरे।

     

    Post Views: 132
    प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलवार ०५:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.