• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एयरलायन्स र नियामक निकायको गंभीर लापरबाहीले भएको क्षतिः सौय एयरलायन्स दुर्घटना

  •  
  • २०८१ श्रावण १०, बिहीबार ०४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अन्तर्राष्ट्रिय समुदायले पटक पटक प्रश्न गर्ने नेपाली आकास सुरक्षित छैन भन्ने कुरामा फेरी अर्को प्रश्न खडा भएको छ त्यो फेरी अर्को अत्यास लाग्दो हवाई दुर्घटना । हाम्रो जस्तो छोटौ एयरलाईन्सको ईतिहासमा यति धेरै दुघटना संभवत संसारमा कहि पाि नहुन सक्दछ । नेपालको सबैभन्दा आधुनिक र सुविधासम्पन्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिलमै सौर्य एयरलाइन्सको सीआरजे २००–९ एनएएमई जहाज बुधबार दुर्घटनामा पर्‍यो र यात्रारत १९ मध्ये १८ जनाको निधन भयो । जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार रहेकोमा १८ जनाको निधन भयो । तीमध्ये एक बच्चा थिए । घाइते क्याप्टेनको उद्धारपछि उपचाररत रहेका छन । त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् तर विमानस्थलको गेटमा दुर्घटना हुँदा पनि पटकपटक उद्दार गर्नै असफल भएका छन । । नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् ।

    प्रत्यक्षदर्शीहरुका अनुसार जहाज खसेपछि कतिपय यात्रु छट्पटाएको स्पष्ट देखिन्थ्यो । तर, विमानस्थलको फेन्सिङभित्र भएको दुर्घटनामा सर्वसाधारण छिरेर उद्धार गर्न तारबारका कारण सम्भव थिएन । ‘हामीले बचाउन जाने धेरै कोसिस गर्‍यौं, तर तारबारले गर्दा सम्भव नै भएन,’ उनले भने । जहाजबाट जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यको दुर्घटनापछिको २३ मिनेटमा मात्र उद्धार भएको नेपाल प्रहरीले जनाएको छ । नेपालको नियामक निकाय र यसका रेस्क्यु संयन्त्रमाथि सवाल खडा गरेको छ ।

    त्रिभुवन विमानस्थलमा फायर फाइटिङ र रेस्क्यु टिममाथि प्रश्न उठेको पहिलो पटक होइन । बुधबारको दुर्घटनालाई २८ फागुन २०७४ मा बंगलादेशबाट काठमाडौं आएको यूएस बंगला जहाज दुर्घटनाको फोटोकपी जस्तै मान्न सकिन्छ । त्रिभुवन विमानस्थलको डिलमै भएको सो दुर्घटनामा ५१ जना स्वदेशी तथा विदेशी नागरिकको ज्यान गएको थियो । सो दुर्घटनामा समेत नियामक निकायमाथि रेस्क्यु ढिला थालेको भन्दै आलोचना भएको थियो । १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना समेत सुविधा सम्पन्न विमानस्थलको नजिकै भएको थियो । पोखरा विमानस्थल फायर फाइटिङ सुविधाको क्याटागोरी ५ मा पर्छ । सो दुर्घटनामा समेत रेस्क्यु समय र व्यवस्थापनमाथि धेरै प्रश्न उठेको थियो ।

     


    एयरलायन्स र नियामक निकायको गंभीर लापरबाही

    दुर्घटनाको तथ्य के हो भने सौर्यको यो जहाजले न नियमति उडान तालिका अनुसार यात्रु बाकेको थियो, न त्यो यात्रु बोक्ने चार्टर उडान नै थियो । अब यहाँनेर यक्ष प्रश्न के उठ्छ भने, यदि नियमित वा चार्टर दुवै उडान थिएन भने त्यस्तो जहाजमा चालक दल पाइलट र कोपाइलट तथा प्राविधिकबाहेक त्यति धेरै व्यक्ति किन चढाएका थिए । तिनको अनाहकमा ज्यान गयो । जहाज धनी सौर्य एयरलाइन्सले भनिसकेको छ– ‘यो जहाज ‘कम्प्लिट चेक’ सी–चेक अर्थात् पूर्णमर्मत गर्न पोखरा जाँदै थियो ।’ मर्मतका लागि पोखरा जाने जहाजमा किन थप मानिस थिए । त्यसको अकाश्यक छानवीन गरी कारबाहीको दायरामा ल्याउनु जरुरी छ । उड्डयन नियम अनुसार मर्मत गर्न जाने जहाजमा प्राविधिक व्यक्तिबाहेक अरू कोही पनि सवार हुन पाउँदैन । खासमा सौर्य एयरलाइन्सले असम्बन्धित व्यक्ति जहाजमा राखेर सुरुमै गल्ती गरिदियो । तर, उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सौर्यको गल्तीलाई नदेखे झैं गरिदिँदा यति ठूलो मानवीय क्षति हुन पुगेको हो ।
    उड्डयन विज्ञहरूका अनुसार मर्मत गर्न लगिने जहाजमा को–को जाँदैछन् भनेर नियामकले एकपल्ट ‘चेक’ चाहिँ गर्नुपर्थ्यो । तर, नियामकले ध्यान नदिँदा भयानक दुर्घटना हुन पुग्यो । ध्यान दिएको भए पनि दुर्घटना टर्थेन, तर यति ठूलो मानवीय क्षति हुने थिएन ।

     

    कमजोर छानबिन समिति र उस्तै प्रकृतिका घटना पुनरावृत्ति

    बुधबार जहाज दुर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जसमा पाइलट, इन्जिनियर र कर्मचारीहरू राखिएको छ । समितिलाई ४५ दिनको समय दिइएको छ । हरेक दुर्घटनापिच्छे औपचारिकताका लागि गठन हुने पटके दुर्घटना जाँच आयोगका प्रतिवेदन यति कमजोर छन् कि जसलाई कुनै पनि निकायले पालना नगरे पनि कारबाहीको भागिदार हुनु पर्दैन । सोहीकारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र युरोपेली युनियनले नेपाललाई कालोसूचीमा राख्दा स्थायी दुर्घटना जाँच संयन्त्रको अभाव देखाएका छन् ।
    काठमाडौंमा यसअघि भएका सीता एयर, यूएस बंगला दुर्घटना बुधबारकै तरिकाका थिए । ‘यी दुर्घटनामा उठेका प्रश्नको हल हुन नपाउँदै अर्को दुर्घटना दोहोरिएको छ, प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, ‘अब निर्मम हुनुपर्ने दिन आइसक्यो, आजसम्मका सबै दुर्घटनाको रिभ्यु गरौं, सबै निकाय नसच्चिने हो भने अवस्था भयाभह हुन्छ ।’

    नेपाली आकाशमा १०८ औं दुर्घटना, ९५९ को मृत्यु

    बुधबार नेपाली आकाशमा १०८ औं जहाज दुर्घटनामा परेको छ । यो तथ्यांक हेर्दा अत्यास लाग्दो तथ्थांक हो । हाम्रो जस्तो छोटौ एयरलाईन्सको ईतिहासमा यति धेरै दुघटना संभवत संसारमा कहि पाि नहुन सक्दछ ।  जसमा ९ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । सौर्यको यो जहाज आन्तरिक उडानको ५४औं जहाज दुर्घटना हो । क्यानडामा बनेको सीआरजे २०० जहाज विश्वमा सबैभन्दा सुरक्षित जहाजमध्ये एक मानिन्छ । यो सिरिजका जहाज विश्वभर १ हजार १ सय वटा मात्र निर्माण भएका छन् । जसमध्ये मुस्किलले एक दर्जन जहाज मात्र दुर्घटनामा परेका छन् । यति सुरक्षित जहाज नेपालमा दुर्घटना हुनुले पुनः नेपालको हवाई सुरक्षामाथि प्रश्न उठेको छ ।

    Post Views: 141
    प्रकाशित मिति: २०८१ श्रावण १०, बिहीबार ०४:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.