• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

यौन शोषणको आरोप लागेका कृष्णमानको निर्वाचन आयोगमा नियूक्ति अनिश्चित !(पीडितको बयान यस्तो छ )

  •  
  • २०८१ श्रावण १०, बिहीबार ०७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानको संसरीय सुनुवाई सकिएको छ । बहुसख्यक सांसदहरुले पीडितले सुनुवाई कै क्रममा आएर बयान दिएपछि निर्वाचन आयोगमा नियूक्ति दिन नहुने शताएका छन । सुनुवाई समितिले संभवत उनको नियूक्ति नगर्न सिफारिस गर्ने एक सासदले बताए । उता मानव अधिकार आयोगले पनि प्रधानको नियूक्ति रोक्नु भन्दै ध्यानाकर्षण गराएको छ ।

    राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक निकाय र सार्वजनिक निकायका उच्च पदमा विवादित व्यक्तिलाई नियुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएको छ । गत असार २ गते संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको थियो । तर प्रधानमाथि एक महिलालाई एनजिओमा जागिर लगाइदिने प्रलोभन देखाएर अनैतिक सम्बन्ध राख्न बाध्य पारेको आरोप लागे पनि आयोगले सोही विषयतर्फ संकेत गर्दै आयोगले सरकारलाई सचेत गराउँदै नियूक्ति नदिन भनेको हो ।

    ‘नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका,संवैधानिक निकाय तथा सार्वजनिक निकायका उच्च पदहरुमा फौजदारी तथा विभिन्न अभियोगमा कारवाही तथा छानविनको प्रक्रियामा रहेका एवं नैतिक रुपमा विवादित व्यक्तिहरुलाई नियुक्तिको लागि सिफारिस गरेको र नियुक्त गर्ने क्रममा रहेको जानकारी प्राप्त भएको अवस्थामा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।

    सामाजिक र कानुनी रुपमा विवादित व्यक्तिलाई राज्यका विभिन्न निकायमा नियुक्त गर्दा कानुनी शासनको उल्लंघन हुने आयोगको ठहर छ । ‘सामाजिक र कानुनी रुपमा विवादित व्यक्तिहरुलाई नियुक्त गर्ने कार्य कानुनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आम नागरिकको भरोसा समेत टुट्न जान्छ’,थप भनिएको छ ।

    यता, निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ सकिएको छ । सुनुवाईका क्रममा सांसदहरुले यौन शोषणको आरोप सम्बन्धमा कडीकडाउ प्रश्न गरेका थिए तर उनले सो विषयमा जवाफ दिएनन । पीडितले सुनुवाई भएकै स्थानमा आएर दिएको बयानका आधारमा सुनुवाई समितिले प्रधानको नियूक्ति नदिने संभवना रहेका छ ।
    नेपालको संविधानको धारा २४५ ९४० ९घ० मा निर्वाचन आयुक्तमा सिफारिस भएको व्यक्ति उच्च नैतिक चरित्रयुक्त हुनुपर्ने उल्लेख छ । अख्तियारका विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दाको व्याख्यामा सर्वोच्च अदालतले पनि ‘कुनै व्यक्ति फौजदारी अभियोगमा कसुरदार नदेखिए पनि उसमा ‘उच्च नैतिक चरित्रको अभाव भएको हुनसक्ने’ व्याख्या गरेको थियो ।

    ‘कार्यालयमै नियमित यौन शोषण’

    कोरोना भाइरसका कारण २०७६ चैतदेखि देशव्यापी लकडाउन भयो । कृष्णमानले फेरि पीडितलाई कामको आश्वासनमा बोलाउन थाले । छोरी सुत्केरी भएकाले उनको स्याहारसुसारका लागि आफ्नो पत्नी जापान गएको र त्यतिबेला ‘तिमी चाहिने’ भन्दै उनले पीडितलाई बोलाए । उजुरीकर्ताले समितिमा गरेको बयानमा, ‘तिमी मैले बोलाएको ठाउँमा नआए ठिक हुँदैन’ भनेर धम्क्याउँथे ।

    त्यसबेला ‘मेरो यो काम होइन, मलाई यस्तोमा रुचि पनि छैन, बाध्य नपार्नुहोस्’ भनेको बताउँदै उजुरीकर्ताले आक्रोश पोखेकी थिइन । कृष्णमानले भने, ‘लकडाउनको बेलामा घरबाटै सहज रुपमा मिल्ने काम मिलाइदिने’ आश्वासन दिए । त्यसक्रममा उनले यूएनडीपी, एडीबी, जाइका लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आफूले कामका लागि फलो गरिदिएको बताएको उजुरीकर्ताको भनाई छ ।

    कार्यालय समय सकिएपछि अफिसमा बोलाउने, यौन शोषण गर्ने र बेलुकी घर फर्केपछि ‘म अरुसँग पनि बसेको छु, तर तिमीसँगको प्रोग्राम मलाई विशेष रमाइलो लाग्छ’ भन्दै सांकेतिक म्यासेज पठाउने गरेको उजुरीकर्ताले बयान गरेकी छन् । उनले समितिमा भनेकी छन्, ‘कामको कुरा गर्दा उसले भरेभोलि भन्दै टारिरह्यो, बाध्यतामा पारेर यौन शोषण गरिरह्यो ।’

    यसरी निकै कचकच भएपछि एक पटक कृष्णमानले उजुरीकर्तासँग बायोडाटा ९सीभी० मागे, अनि एउटा परियोजनाको प्रपोजल पनि त्यही इमेलमा एट्याच गरेर पठाएकी थिइन् । उनले कानून समाजमै जागिर पाएर करिब ५ महिना काम गरिन् ।

    समितिमा उनले बयान गरेअनुसार, ५ महिनामध्ये सुरुका ३ महिना कृष्णमानले केही गरेनन् । त्यसपछि नियमित यौन शोषण गरिरहे । उनले ‘थप काम गर्नुपर्ने छ, अरु पनि हुन्छन्’ भन्दै उजुरीकर्तालाई साढे ५ बजेसम्म अफिस बस्न लगाउथे । अरुलाई घर पठाउँथे ।

    ‘पोर्न भिडियो ल्याएको पेनड्राइभ बैठक कक्षको स्मार्ट टीभीमा हालेर त्यही हेर्दै शोषण गरिरहे’ उजुरीकर्ताले भनेकी छन्, ‘म हरेक दिन असह्य पीडा सहेर रुँदैरुँदै घर जान्थेँ, मैले आँसु देखाउने कोही थिएन ।’

    कृष्णमानले दैनिकजसो ‘अरु काम छ, ५ बजेपछि बस है’ भन्दै म्यासेज पठाउँथे । हैरान भएपछि उजुरीकर्ताले ‘म तिम्रोमा काम गर्न आउँदिन’ भनेर म्यासेज पठाइन् । बयानमा उनले भनेकी छन्, ‘मान्छे यतिसम्म निच होला भन्ने मलाई थाहै थिएन । भोकै बस्छु, तर कुनै हालतमा काम गर्न आउँदिन भनेँ । म बेसरी रोएँ, निकै बेर रोएँ ।’

    आफूसँग झगडा गरेर गए नराम्रो हुने र अन्यत्र पनि ‘रेपुटेसन’ बिग्रने भनी कृष्णमानले उजुरीकर्तालाई धम्क्याए । भोलिपल्टदेखि फेरि शोषण दोहोर्‍याएको भनेर उनले संसदीय सुनुवाइको बयानमा भनेकी छन् ।

    अति नै भएपछि उनी कृष्णमानबारे गुनासो गर्न घरमा पुगिन् । श्रीमतीलाई भेटेर, ‘तपाईंको लोग्ने, तपाईंकै हो, मेरो होइन । यसले मलाई अत्याचार गरिरहेको छ’ भनेर गुनासो गरिन् । उजुरीकर्ताको भनाइ अनुसार, कृष्णमानकी श्रीमतीले उनलाई छोरी भनेर सम्बोधन गर्थिन । कृष्णमान बेसरी जंगिए, अनि प्रमाण विना आरोप लगाउने भनेर आक्रोश पोखे ।

    भोलिपल्ट कृष्णमानले पीडितलाई बोलाए, गाडीमा राखे । अनि आफैंले गाडी हाँकेर बाटोमा पुर्‍याएर बेसरी रोए । आफू अप्ठेरोमा परेको र थप वित्यास हुने भन्दै उनले परिस्थिति नबिगारिदिन आग्रह गरे । कृष्णमानले डाँको छाडे, ‘मेरो वरपर सबै शत्रु छन् । म मरे भने पनि मेरो लाश बोक्ने मान्छे हुँदैन । तिमीले मलाई थप अप्ठेरोमा नपार ।’

    उजुरीकर्ताका भनाइमा, केही दिनपछि फेरि कृष्णमानले यौन शोषण जारी राखे । त्यसपछि भने आफूले प्रमाण संकलन गर्न थालेको पीडितले बताइन् । यौन शोषणकै दौरान उजुरीकर्ताले केही फोटो खिचेकी रहिछन् । त्यो थाहा पाएपछि कृष्णमान निकै जंगिए ।

    मोबाइल नै गायब पारेपछि

    उजुरीकर्ताले जागिर छाड्ने निर्णय सुनाइन् । गणेशमान प्रधान ९जो कृष्णमानका भाइ हुन् र कानून समाजमा प्रशासन प्रमुखको रुपमा कार्यरत छन्० ले समेत आवेशमा निर्णय नलिन सुझाव दिए । कृष्णमानले केही बाँकी कामहरू सकेपछि कुरा गरौंला भन्दै टारिरहे ।

    १ भदौ २०७९ को दिन थियो । केही परियोजनाका प्रपोजल फाइनल गर्ने भनिएको थियो र उजुरीकर्ता कानून समाजमा काम गरिरहेकी थिइन् । उनको झोलामा रहेको मोबाइल फोन एकाएक गायब भयो ।

    उनको बयान अनुसार, कानून समाजमै काम गर्ने अर्का एक कर्मचारीले उनको मोबाइल लिएर बाहिर निस्किएछन् र सबै डाटा मेटिएको रित्तो मोबाइल ल्याएर झोलामा राखिदिएका थिए । खिचेको फोटो र संवाद मेट्न त्यसको केही दिनअघि कृष्णमानले उनलाई निर्देशन दिएको उजुरीकर्ताको दाबी छ ।

    उजुरीकर्ताले सोझै कृष्णमानलाई फोन गरिन, कृष्णमानले ‘म मिटिङमा छु, तिमीसँग पछि कुरा गर्छु’ भन्दै फोन राखे । प्रहरीकहाँ उजुरी गर्न खोज्दा कृष्णमानका भाइ गणेशमान र अरु केही कर्मचारीले आफूलाई घेरेर राखेको संसदीय समितिमा उनको दाबी छ ।

    त्यही झोकमा केही सहकर्मीहरूको ‘मुखमा थुकिदिएको’ उनले स्वीकारेकी छन् । केहीबेरमा कृष्णमान आए, उजुरीकर्ता रोइरहेको देखेपछि भने, ‘दिस इज अफिस, नट योर होम ९यो कार्यालय हो, तिम्रो घर हैन०’ भने ।

    आक्रोशमा उनले छेवैको टेबुलमा रहेको कपले कम्प्यूटरमा प्रहार गरिन् । ‘म तपाईंलाई अदालतमा उभ्याउँछु’ भन्दै आक्रोशित भएर त्यहाँबाट निस्किइन् ।

    उजुरीकर्ताले संसदीय समितिमा पठाएको एउटा अडियो क्लिपमा मोबाइल नै फर्म्याट गरिदिएको विषय उल्लेख छ । उनले कृष्णमानसँगको फोनमा आफ्नो मोबाइलको सबै डाटा मेटिदिएको र सम्बन्धित कर्मचारीलाई कारबाही हुनुपर्ने भनेकी छन् ।

    जवाफमा कृष्णमानले भनेका छन्, ‘मैले नै उसलाई कारबाही गर्छु भनेको छु । अरुतिर उजुरी नगर्नु । तिमीलाई क्षतिपूर्ति दिलाइदिन्छु ।’

    ‘हाकिमको इज्जत जान्छ’

    त्यो दिन उजुरीकर्ता सोझै प्रहरी कार्यालय पुग्ने मुडमा थिइन् । अन्यथा हुने देखेका कृष्णमानले अरु दुई कर्मचारीलाई पनि उनको साथमा पठाए । ती कर्मचारीले उजुरीकर्तालाई स्कुटरमा हाले र पशुपतिमा लगेर सम्झाउन खोजे । हाकिम विरुद्ध जाँदा कसैलाई पनि राम्रो नहुने भन्दै शान्त बस्न सुझाव दिएर अल्मल्याएको उनले संसदीय समितिमा बयान गरेकी छन् ।

    त्यो दिन उनले तीनकुनेस्थित प्रहरी कार्यालयमा पुगेर सबै कुरा बताइन् । प्रहरीले उनलाई प्रहरी वृत्त सिंहदरबारे पठायो । उनका भनाइमा, उनी त्यहाँ पुग्नुअघि कृष्णमानले पठाएका एक कानून व्यवसायी त्यहाँ पुगिसकेका थिए ।

    ती कानून व्यवसायीले ‘हाकिमको पनि इज्जत जान्छ, तिम्रो पनि इज्जत रहँदैन, यसो नगर’ भनेर काउन्सिलिङ गरेको उनी बताउँछिन् । त्यतिबेला कृष्णमानले पनि उनलाई लगातार फोन गरिरहे । भोलिपल्ट अर्का कानून व्यवसायीले भेटेर ‘के माग्छौ, गरिदिन्छौं’ भनेर प्रलोभन दिएको उजुरीकर्ताले समितिमा बताएकी छन् ।

    त्यसपछि कृष्णमानले आफू विरुद्ध गालीबेइज्जती र साइबर क्राइमको मुद्दा हालेको उजुरीकर्ताको भनाइ छ । घटनाअघि नै उजुरीकर्ताले कानून समाजका केही कर्मचारीलाई ‘आफूलाई कृष्णमानले शोषण गरेको’ भनी म्यासेज गरेकी थिइन् ।

    त्यही व्यहोरा समावेश गरेर साइबर क्राइमको उजुरी दिएको उजुरीकर्ताको दाबी छ । त्यहीबीचमा कानून समाजका १२ जना कर्मचारीले ‘शान्ति सुरक्षाको प्रबन्ध गरिपाउँ’ भनी अर्को उजुरी पनि थपे ।

    ‘उनीहरू कानूनको एक्स्पर्ट रहेछन्, सबै जानेका’ उजुरीकर्ताले बयानमा भनेकी छन्, ‘मलाई कृष्णमानले शोषण गरिरहे भन्नेमात्रै थाह थियो । पुलिसकोमा पुग्ने बाहेक अरु केही पनि कुरा थाहा थिएन ।’

    उजुरीकर्ताका भनाइमा, कृष्णमानले फेरि बोलाए । ‘प्रहरीमा मेरा मान्छेहरू छन्, अदालतमा पनि मेरो धेरै मान्छे छन् । तँ त्यहाँ गएर के गर्न सक्छेस् र रु’ भन्दै धम्क्याए ।

    भोलिपल्ट उनी फेरि टेकुस्थित प्रहरी परिसरको महिला सेलमा गएर निवेदन दिइन् । त्यहाँका इन्सपेक्टरले ‘तपाईंहरूको त २५ लाखमा कुरा मिलेको होइन रु’ भन्दै उजुरीकर्तालाई केरकार गर्न थाले । उजुरी त्यही छाडेर उनी फर्किइन् । त्यो कुरा तत्काल कृष्णमानले थाहा पाए ।

    कृष्णमाले उजुरीकर्तालाई फोन गरेर बोलाए, गाडीमा राखे अनि बिलौना गर्न थाले । ‘आफ्नो सारा सवर्स्व हुने र परिवार नै बर्बादीमा जाने भन्दै कृष्णमान डाँको छाडेर रोएको उजुरीकर्ताले बयानमा भनेकी छन् ।

    त्यसपछि उनको मन फर्किएछ । संसदीय समितिमा आँसु खसाल्दै उजुरीकर्ताले भनेकी छन्, ‘त्यो मेरो ठूलो गल्ती थियो, उसलाई त्यसरी छाड्न हुने थिएन ।’

     

    पीडितले संसदीय सुनुवाईको क्रममा सप्रमाण दिएको बयानमा आधारित 

     

    Post Views: 188
    प्रकाशित मिति: २०८१ श्रावण १०, बिहीबार ०७:२३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.