• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाराक ओबामाले पनि गरे कमला ह्यारिसलाई समर्थन

  •  
  • २०८१ श्रावण १२, शनिबार ०५:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्व-अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको समर्थन गरेका छन्। हालका राष्ट्रपति जो बाइडेनले आइतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनाव नलड्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए। तर ओबामाले भने त्यसो गरेका थिएनन्।

    सन् २०१६ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल पुरा गरेपछि डेमोक्र्याटिक पार्टीका अभिभावकको भूमिकामा रहेका ओबामाले किन ह्यारिसलाई अनुमोदन गरेनन् भनेर चर्चा चल्न थालेको थियो। उनी निकट नेताहरूले ओबामाले पार्टी भित्रको प्रतिस्पर्धामा कसैको पनि पक्ष लिने नगरेको भने पनि उनले अनुमोदन नगर्दा कतै उनी ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने त ठान्दैनन् भनेर प्रश्न उठेका थिए।

    ट्रम्पका संचार निर्देशकले हालै निकालेको एक विज्ञप्तिमा समेत ओबामासहित डेमोक्र्याटिक पार्टीका धेरै नेता ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने ठानेर उनीभन्दा राम्रो उम्मेदवार खोजिरहेका छन् भन्ने दाबी गरिएको थियो। तर ह्यारिस उम्मेदवार बन्ने लगभग पक्का भएपछि भने ओबामाले उनको उम्मेदवारीको समर्थन गरेका छन्।

    ओबामा र उनकी श्रीमती मिसेल ओबामाले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित गराउन उनीहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका छन्। ह्यारिसले फोन गरेर ओबामाको अनुमोदन स्वीकारेको भिडिओ उनको प्रचार गर्ने टिमले शुक्रबार सार्वजनिक गरेको छ।

     

    त्यस्तै, डेमोक्र्याटिकबाट कमला ह्यारिसलाई राष्ट्रपतिका उम्मेदवारका रूपमा समर्थन गरेका थिए। राष्ट्रपतिको निधन भए वा काम गर्न नसक्ने गरी बिरामी भएमा, जसरी उपराष्ट्रपतिले सोझै राष्ट्रपतिको पदभार सम्हाल्छन्, चुनावमा उम्मेदवारी दिने हकमा त्यसो हुँदैन।

    बाइडेनले मैदान छाडेपछि ह्यारिस स्वाभाविक रूपमा प्रमुख दाबेदार भए पनि अरूले उनलाई चुनौती दिन सक्छन्। तर ह्यारिसलाई पार्टीका वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए। राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए।

    धेरैले ट्रम्पलाई हराउन सक्ने सबभन्दा बलियो दाबेदार ठानेकी मिसिगनकी गभर्नर ग्रेचन ह्विटमरले पनि सोमबार ह्यारिसलाई समर्थन गरेकी थिइन्। तर बाइडेनलाई उम्मेदवारी फिर्ता लिन लगाउन प्रमुख भूमिका खेलेकी प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसी र ओबामाले भने ह्यारिसको उम्मेदवारीको अनुमोदन गरेका थिएनन्।

    पार्टीका सबैभन्दा प्रभावशाली दुई नेताले ह्यारिसलाई समर्थन नगरेकाले केही शंका उब्जिरहेको बेलामा पेलोसीले बिहीबार बिहानै समर्थन गरेकी थिइन्। त्यसको २४ घण्टा पनि नबित्दै ओबामाले पनि ह्यारिसको उम्मेदवारीको अनुमोदन गरे पछि पार्टी पुरै एक ढिक्का भएर ह्यारिसलाई जिताउन लागेको सन्देश गएको छ।

    Post Views: 140
    प्रकाशित मिति: २०८१ श्रावण १२, शनिबार ०५:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.