• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

किन पुनरावेदन नगर्ने भन्दै अदालत पुगिन “गौशला २६” उच्च अदालत ?

  •  
  • २०८१ श्रावण १२, शनिबार ०५:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    बलात्कार अभियोगबाट सफाई पाएका सन्दीप लामिछानेविरूद्ध पुनरावेदन नगर्न पीडित भनिएकी गौशाला २६ ले उच्च सरकारी वकिल कार्यालयमा एक निवेदन दिएकी छिन । उच्च अदालत पाटनका प्रमुख शंकर खत्रीले दिएको जानकारी अनुसार ‘यो मुद्दाले मलाई मानसिक र सामाजिक रूपमा धेरै गाह्रो पार्यो त्यसैले पुनरावेदन नगरिदिनु भन्ने आशयको निवेदन छ,’ आएको उनले भने। त्यस्तो निवेदन दिन आएको व्यक्ति पीडित नै हो भनेर कसरी यकिन गर्नुभयो भन्ने प्रश्नमा भने ‘गौशाला २६ नै म हो भनेर नागरिकता देखाएपछि ’ निवेदन बुझिलिएको बताए प्रमुख खत्रिले बताए ।

    ‘पुनरावेदन दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने सरकारी वकिलले मात्रै हो। पीडितले पुनरावेदन नगर्नु भन्दै निवेदन नै ल्याएपछि हामीले लिएका हौँ। त्यसलाई त्यस्तो दर्ता गर्ने भन्ने छैन। हामीले फाइलमा राखिदिएका छौँ,’ उनले भने, ‘पीडितले यसरी निवेदन दिँदैमा मुद्दा अघि नबढ्ने वा बढ्ने भन्ने हुँदैन। हामीले मिसिल फाइल र तथ्य प्रमाण हेरेर निर्णय गर्छौं।’ यो मुद्दामा अदालतबाट फैसलाको पूर्णपाठ बिहीबारमात्रै प्राप्त गरेकाले पुनरावेदन गर्नेरनगर्ने बारे निर्णय भइनसकेको उनले बताए।

    पीडित भनिएकी गौशला २६ ले दर्ता गराएको निवेदनमा ‘यस मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’ लामो समयदेखि यो घटनाका कारण आफू त्रासपूर्ण जीवन बाँच्दै आएको भन्दै उनले भनेकी छन्, ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जीउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’
    गौशाला २६ ले आफ्ना निकटस्थहरूसँग भने मुद्दाका कारण मानसिक र शारीरिक रुपमा एकदमै अफ्ठ्यारो अवस्थामा पुगेको भन्दै भनेकी छन्, ‘मैले कसैको दबाबमा जाहेरी दिएको थिइनँ, ऊ गलत भएकैले मैले निवेदन दिएको थिएँ । मेरो नियत जम्माजम्मी अरु कोही किशोरीले मैले जस्तो भोग्नु नपरोस् भन्ने थियो ।’ अहिलेसम्मको अवस्थामा ऊ फेरि त्यस्तो हर्कत गर्न सक्दैन भन्ने लागेको भन्दै उनले भनेकी छन्, ‘हरेक हप्ताको मुद्दा पेशीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदैछ भन्ने पनि थाहा छैन ।’

    ‘अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस्’, उनले भनेकी छन्, ‘मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ? आरोपीले गल्ती गरेको पनि स्वीकारिसकेको भन्दै उनले भनेकी छन्, ‘मैले आरोपीलाई माफी दिने सोचेँ, मैले बोल्ने हिम्मत गरेँ, त्योबेलासम्म लडेँ, जतिसम्म म आफू जिवित छु भन्ने ठानेँ ।’ एक्कासी उनले यस्तो पत्र पठाउनुमा कतै उनिलाई पनि कसैले उचालेर मुद्दा गरायो कि भन्ने आशंका पनि पैदा भएको छ । पीडित भनिएकी महिलाले पत्र नै लेखेर अदालतमा नै दर्ता नै गर्नुले जुन संस्थाले गौशला २६ लाई संरक्षण दिएको थियो उनिहरु माथी प्रश्न नै उठेको छ ।

    photo from onlinekhabar

    Post Views: 106
    प्रकाशित मिति: २०८१ श्रावण १२, शनिबार ०५:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.