• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको सात सहरमा अगष्ट ३ देखि नेपथ्यको एक महिने प्रस्तुति हुँदै

  •  
  • २०८१ श्रावण १४, सोमबार ०४:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संसारभर छरिएर रहेका नेपाली श्रोता–दर्शकहरूलाई लोकरकका माध्यमबाट जोड्दै आएको ब्यान्ड नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ। नेपथ्य छैटौँपटक आफ्ना गीत सुनाउनका लागि अमेरिका आउन लागेको हो । अमृत गुरुडको नेतृत्वमा रहेको यो ब्याण्ड नेपाली श्रोता दर्शकका लागि निकै लोकप्रिय ब्याण्ड हो ।

    ब्यान्डले यसपालिको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि अगष्ट ३ मा शुरु भएर पश्चिमी किनारासम्म सेप्टेम्बर ७ मा सातवटा फरक–फरक सहरका भव्य प्रस्तुत गर्ने तयारी भइरहेको बताइएको छ । संगीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ मा कोलोराडोको राजधानी डेनभर सहरमा पहिलो प्रस्तुति दिनेछ । यहाँ नेपथ्यले पहिलोपटक सांगीतिक पाइला टेक्न लागेको हो। डेनभरको छेउमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्त्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ।

    त्यसपछिको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ। तेस्रो प्रस्तुतिको निम्ति भने ब्यान्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’मा ब्यान्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर पनि नेपथ्यका लागि पहिलो अनुभव हुनेछ। त्यसपछिको चौथो कन्सर्टका लागि ब्यान्ड फेरि दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ। उक्त राज्यको सबैभन्दा धेरै नेपाली बसोबास रहेको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो। यसपालि ब्यान्डले ‘टोयोटा म्युजिक फ्याक्ट्री’मा प्रस्तुति दिनेछ । त्यो स्थल विभिन्न अन्तराष्ट्रिय कार्यक्रमहरु हुने स्थल हो । विशाल एवं भव्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरूलाई अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ।

    त्यसपछि भने ब्यान्ड फेरि उत्तरतर्फ अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ। अघिल्लापटक जस्तै न्युयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपालि भने बेग्लै हल ‘टर्मिनल फाइभ’मा आफ्ना लोकरक धुनहरू पस्कनेछ। त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ। न्युयोर्कमा प्रस्तुत भइसकेपछि ब्यान्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्यान्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटेल मेरिल्यान्डस्थित ‘द हल एट लाइभ १’को प्रेक्षालयमा प्रस्तुति दिनेछ।

    अमेरिकाका फरक–फरक सहरहरूमा आफूलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभेनियाको ह्यारिसबर्ग सहर पुग्नेछ। ब्यान्डका लागि यो सहर पनि पहिलो अनुभव बन्नेछ। यसै सहरको ‘द फोरम अडिटोरियम’मा अमेरिकाको शृंखलाबद्ध यात्राकै अन्तिम अर्थात् सातौँ कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ। झन्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केस्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो । अमेरिकामा नेपाली भाषी दर्शक बढदै गएकोले नेपाली गीत संगीतका कार्यक्रमहरु बढी रहेका छन । यतिखेर अर्का चर्चित गायक सुशान्त केसीको एक महिने टुर चलिरहेको छ । न्यूयोर्कबाट शुरु भएको केसीको टुरले अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिईरहेका छन । उता तिजको समय पारेर अब नाच्छ अमेरिका भन्दै लोक पारखीहरुका लागि आगाी महिनादेखि अमेरिकामा शान्ति श्री परियार, ज्योति मगरलगायत कलाकारहरुको केहि शहरहरुमा प्रस्तुति हुने छन ।

    Post Views: 138
    प्रकाशित मिति: २०८१ श्रावण १४, सोमबार ०४:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.