• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जसले कानुन बनाउने नेतृत्व लिए, उसैलाई त्यहि कानुनले जेल पुर्यायो

  •  
  • २०८१ श्रावण १४, सोमबार ०५:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले स्रोत नखुलेको सम्पत्ति जोडेर भ्रष्टाचार गरेकोमा तत्कालीन कांग्रेस नेता जोशीलाई दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुद्दा दायर गरेको साँढे २० वर्षपछि जोशी विरुद्धको भ्रष्टाचार मुद्दा टुंगिएको हो ।

    प्रजातन्त्र स्थापनापछिका दिनहरुमा जोशी लोकप्रिय र सामकालिन राजनीतिमा दुरदृष्टि राख्ने नेता पर्दथे । तत्कालिन अवस्थामा राजनीतिक घटना परिघटनाका बारेमा यदि कोहीसंग त्यति धेरै सुचना हुन्थ्यो भने जोशीसंग हुन्थ्यो । हरेक सुचनामा दख्खल राख्ने नेताको लागि एउटा संयोग नै मान्नु पर्दछ कि हिजो २३ बर्ष पहिले उनले आफ्ले गृहमन्त्री भएका बेला २०५९ सालमा प्रतिनिधिसभामा भ्रष्टाचार नियन्त्रण ऐनको संशोधन विधेयक पेश गरेका थिए । विधेयकमा सार्वजनिक पदमा रहेकाहरुले अस्वभाविक जीवनस्तर अपनाएको देखिएमा अख्तियारले छानविन गर्नसक्ने र सम्पत्तिको स्रोत खोल्न नसकेमा भ्रष्टाचार मुद्दा दायर हुने उल्लेख थियो । आज त्यहि कानुनले उनी आफैलाई जेल पुर्यायो । उनि भ्रष्ट्राचार नियन्त्रणका लागि तत्कालिन अवस्थामा निकै सक्रिय नेतामा पर्दथे ।

    जोशीले नै प्रतिनिधिसभामा पेश गरेर पारित भएको ऐनको प्रावधानले उनैलाई त्यही मुद्दा सामना गर्नुपर्ने अवस्थामा पुर्‍यायो । लोकतन्त्र र यसको सुन्दर पक्षको उदाहरण दिदा जोशीको यो प्रसंगलाई कैयौ राजनीतिज्ञहरुले उल्लेख गर्ने गरेका छन् । २०५८ सालमा सर्वोच्चका न्यायाधीश भैरवप्रसाद लम्सालको नेतृत्वमा बनेको सम्पत्ति जाँचबुझ आयोग गठन भयो । आयोगले सार्वजनिक पदमा बसिसकेका ३० जना नेता, ६ जना प्रशासकरपूर्वप्रशासक अनि ४ जना प्रहरीका उच्च अधिकारीहरुमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने भनी प्रतिवेदन दिएको थियो ।

    लम्साल प्रतिवेदन अनुसार, २५ वैशाख २०६० मा ती ४० जना व्यक्तिको सम्पत्ति छानविनका लागि अख्तियारले अनुसन्धान अधिकृत नियुक्त गर्‍यो । अख्तियारले त्यतिबेला प्रेमराज कार्की, कुमार चुडाल, फणिन्द्र गौतम, चेतनाथ घिमिरे लगायत आठ जनालाई अनुसन्धान अधिकृत तोकेको थियो । त्यसबेला आठ जनामध्येका अनुसन्धान अधिकृत प्रेमराज कार्कीको भागमा पूर्व–प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, ओमकार श्रेष्ठ, ढुंण्डीराज शास्त्री, गोविन्दराज जोशी, प्रदीपशम्सेर जवरालगायतका व्यक्तिको सम्पत्ति छानबिनको जिम्मेवारी परेको थियो । त्यसै अनरुप जोशी आज आफै दोशी ठहर भए । जोशीको मुद्दामा अख्तियारले २०६० सालमा विशेष अदालतमा पेश गरेको आरोपत्रमा तत्कालिन मन्त्रीको हैसियतमा अस्वभाविक जीवनस्तरमाथि नै प्रश्न उठाइएको थियो । २०५० सालसम्म नगन्य आर्थिक हैसियत भएका जोशी मन्त्री भएपछि अस्वभाविक सम्पत्ति आर्जन गरेको उसको दावी थियो ।

    २०४८ सालपछिको एक दशकसम्म ७ पटक मन्त्री बनेका जोशीले जावलाखेलमा घरजग्गा जोडेको आरोप थियो । उनले तनहुँमा पुरानै घर ५ लाखमा मर्मत गरेको जिकिर गरेका थिए । त्यतिबेला विशेष अदालतले भने पुरानो मर्मत गरेको नभई नयाँ घर निर्माण गरेको देखिएको फैसला गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।अख्तियारले त्यतिबेला उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैंया भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

    जोशी हिजो जुन अवस्थामा थिए र आज जे भोग्दैछन उनलाई भ्रष्टाचारभन्दा बढी आन्तरिक राजनीतिक दुराग्रहले बढी पीडित थिए । प्रजातन्त्र प्राप्ति पछिको यो ३० बर्षको राजनीतिमा जोशी आज जेल जाँदैछन तर यदि नेपाली काँग्रेसभित्रको आन्तरिक राजनीतिमा षडयन्त्र भएको थिएन सायद उनी पार्टी राजनीतिमा सक्रिय हुन्थे । नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा जसले आफु जेल गएर पार्टी बनाए अर्को नाम हो स्वर्गिय  खुम बहादुर खड्का । राजनीति कति निर्मम हुन्छ भन्ने कुरा एक समकक्षि शितल निवासमा छन र अर्का समकक्षि जेलको सिंडीमा ।

    Post Views: 147
    प्रकाशित मिति: २०८१ श्रावण १४, सोमबार ०५:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.