• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

२१ सचिवहरुको सरुवा

  •  
  • २०८१ श्रावण १५, मंगलवार ०६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले एकै पटक २१ सचिवहरुको सरुवा गरेको छ । नयाँ सरकार परिवर्तन हुने वित्तिकै गर्ने पहिले काम सचिव परिवर्तन गर्ने र आफ्नो अनुकुल ल्याउने पुरानै परम्परा हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । उनी हाल जल तथा ऊर्जा आयोगमा थिए ।

    त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् ।

    डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन् ।
    सञ्चार मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले जिम्मेवारी पाएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव खरिद अनुगमन कार्यालयबाट सरूवा भएका भरतमणि सुवेदीले जिम्मा पाएका छन् ।

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टिय तथ्यांक कार्यालय पुगेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिवमा रक्षाबाट किरणराज शर्माको सरूवा भएको छ । वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीको सरूवा भएको छ ।

    राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन् ।

    Post Views: 201
    प्रकाशित मिति: २०८१ श्रावण १५, मंगलवार ०६:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.