• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पदाधिकारी र कर्मचारीकै संलग्नतामा बहुमुल्य मुर्ति चोरी भएपछि लुम्बिनी विकास कोषमा तालाबन्दी

  •  
  • २०८१ श्रावण १८, शुक्रबार ०४:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रामविकास चाैधरी

    ऐतिहासिक वस्तुहरूको चोरी र अनियमितताको आरोपसहित विभिन्न मागहरू राख्दै आन्दोलनरत स्थानीयले लुम्बिनी विकास कोषको कार्यालयमा तालाबन्दी गरेका छन् ।

    कोषका पदाधिकारी/कर्मचारीले उत्खननका समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कोषाध्यक्ष, सदस्य सचिव, सङ्ग्रहालय र पुरातत्त्व महाशाखाको कार्यालयमा ताला लगाएको हो ।

    महाअभियानका सहसंयोजक तथा स्थानीय अभियानकर्ता राम विकास चौधरीले माग गरेका सूचनाहरू पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले कुनै पनि हालतमा नदिने धम्की दिएपछि ताला लगाइएको महाअभियानले जनाएको छ । महाअभियानका संयोजक अकरामुद्दीन खाँले भने, ‘कोषको केन्द्रीय कार्यालय लुम्बिनीमै भए पनि काठमाडौँ बसेर केवल भत्ता बुझ्ने र अनियमित कार्य गर्ने पदाधिकारी र कर्मचारी लुम्बिनीलाई चाहिँदैन ।’

    कोषको अनियमितता विरुद्ध प्रमाण सहित उभिँदा पनि वास्ता नगर्ने र लुम्बिनी भित्र स्थानीयलाई अघोषित प्रतिबन्ध लगाउन खोज्ने लुम्बिनी विकास कोषका वर्तमान पदाधिकारी र कर्मचारीलाई तत्काल हटाइ सदिऔं देखिको लुम्बिनीका अवैतनिक पहरेदार स्थानीयलाई नै लुम्बिनीको जिम्मा दिनुपर्ने माग राख्दै महाअभियानका संयोजक अकरामुद्दीनले भने, ‘मन्दिरका पुजारीलाई तत्काल पुनः बहाल गरी पूजापाठलाई नियमित गर्नुपर्छ ।’

    चौधरीले माग गरेका सूचनाहरू तत्काल उपलब्ध गराइ कोषले नागरिकको मौलिक हकको संरक्षण गर्न सके लुम्बिनीका अधिकांश बेथिति र अनियमितता बाहिर आउँछ र कारबाहीमा परिन्छ भन्ने डरले सूचनाहरू लुकाउन खोजिएको संयोजक खाँले आरोप लगाए । उनले भने, ‘उनीसँग प्रमाण रहेका लुम्बिनी भित्रका ३९ थान मूर्ति र बहुमूल्य सामानहरूको अवस्थाबारे सूचना चौधरीले नागरिक अधिकारको प्रयोग गर्दै मागेका छन् ।’

    उत्खननका समय मायादेवी मन्दिर भित्र फेला परेका बहुमूल्य मूर्ति र बोधिवृक्ष बेचिएको भन्दै लुम्बिनी बचाउ महाअभियानका अर्का सह संयोजक मेघनाथ आचार्यले आक्रोश पोखे । उनले भने ‘ऐतिहासिक तथा धार्मिक महत्वको मायादेवी सुत्केरी मार्ग प्रति बेवास्ता गरिएको छ । सर्वोच्च अदालतको २०६४ माघ २३को आदेश विपरीत संरक्षणका बहानामा प्रवेश शुल्क लगाइएको छ ।

    मन्दिर तोडेर संरचना परिवर्तन गरिएको छ ।’ ‘मायादेवी मन्दिरको गेटमा अवैज्ञानिक चेकजाँच र परिचयपत्रको बहानामा पर्यटक तथा स्थानीय समेतलाई पटक–पटक दुर्व्यवहार गरिँदा सहेर बस्ने अवस्था अब छैन’ आचार्यले भने, ‘यहाँको माटो र जग्गा समेत गोप्य तरिकाले बेच्ने कोषका पदाधिकारी र संलग्न कर्मचारीलाई कारबाही हुनै पर्छ ।’

    माध्यमिक तहसम्म पठन–पाठन हुने विद्यालयको नाममा स्थानीयका लागि मास्टर प्लानले चिन्हित गरेको जग्गा लुम्बिनी बौद्ध विश्व विद्यालयलाई प्रशासनिक भवन बनाउन र विदेशी संस्था चुजी फाउन्डेशनलाई गोप्य तरिकाले निर्णय गरी दिइएको जग्गा तत्काल फिर्ता गरिनुपर्ने उनले बताए । आचार्यले भने, ‘के र कुन निर्णय प्रक्रियाको आधारमा चुजी फाउन्डेशन नामक विदेशी संस्थालाई कोषले जग्गा बेचेको हो, प्रस्ट खुलाउनु पर्छ ।’ स्थानीयले कोषलाई दिएको एघार सय ५५ बिघाको मुआब्जा वितरणमा समेत कोषले बेइमानी गरेको उनले बताए ।

    उनका अनुसार, ‘कोषले अधिग्रहण गरेको एघार सय ५५ बिघा मध्ये पहिलो चरणमा अधिग्रहित एक सय बिघा, दोस्रो चरणमा काशी प्रसाद श्रीवास्तवले २२ बिघा, अन्य व्यक्तिले ५० बिघा तथा गाउँ ब्लकमा रहेका घर–घडेरी, कुला, खोलानाला र सरकारी जग्गा करिब एक सय बिघा गरी कुल कुल दुई सय ७२ बिघा जमिनको मुआब्जा स्थानीयले नबुझेको भए पनि मात्र ४९ बिघाको मुआब्जा नबुझेको चौधरीले कोषबाट प्राप्त गरेको सूचनामा बेइमानी प्रस्ट देखिन्छ ।’

    लुम्बिनी बचाउ सङ्घर्ष समितिका संयोजक, लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक तथा सूचनाको हकका अभियानकर्ता राम विकास चौधरीले भने, ‘विश्व शान्तिका अग्रदूत तथा महामानव बुद्धको जन्मस्थलजीका नागरिक राज्यबाटै ठगिदा प्रत्येक नेपाली तथा बुद्ध प्रति आस्था राख्ने सबै ठगिएको अनुभूति हुन्छ ।’ लुम्बिनीमा सूचना माग्दा आफूले पुरातत्त्व शाखा प्रमुख हिमाल उप्रेतीबाट धम्की खेप्नु परेको उनले सुनाए ।

    ‘लुम्बिनीमा सुशासन र पारदर्शिताको लडाइ अब वारपारको हुनेछ’, उनले भने, ‘यहाँ मूर्ति लुकाउने, बोधी वृक्ष जापानलाई बेच्ने, मन्दिरको स्वरूप मास्ने, जीवन्त सम्पदा स्थलमा पनि परम्परागत पूजापाठ रोक्ने तथा ऐन, नियम र सम्झौता विपरीतका संरचना खडा गरी फाइदा लुट्ने, लुटाउने विरुद्ध हामी छौँ।’ ‘अब हद भयो, लुम्बिनीवासीले बुझी सके, आन्दोलनमा होमिइसके, दोषीलाई कारबाही गरेरै छाड्छौ’ चौधरीले भने, ‘यसअघि हामीले बुझाएको १९ बुँदे माग पत्र र तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता सहित कोषले गरेको १२ बुँदे समझदारी प्रति सरकार र सम्बन्धित निकायले ध्यान दिनै पर्छ ।’

    जग्गा अधिग्रहणका समयमा तत्कालीन उपाध्यक्ष लोक दर्शन बज्राचार्यले स्थानीयसित गरेको ‘एक परिवार एक रोजगार’को बाचा र लुम्बिनी विकास कोषमा स्थानीय मात्र हुन पाउने गरी लुम्बिनी विकास कोष ऐन २०४२ संशोधन हुनै पर्ने उनले बताए । ‘लुम्बिनीमा भए गरेका अनियमितता विरुद्ध छानबिन गरी दोषीलाई कारबाहीका साथै महाअभियानले प्रस्तुत गरेको लुम्बिनी बासीको सबै माग पूरा नहुँदासम्म ताला खोलिँदैन’ चौधरीले भने ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यहारक्याल लामा सित तालाबन्दी बारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले उपाध्यक्ष भारतको नयाँ दिल्लीमा रहेको बताए । उनले भने, ‘तालाबन्दीको परिस्थितिबारे म पनि बुझ्दै छु। यस विषयमा लुम्बिनी बचाउ महाअभियान सित चाँडै नै वार्ता गरी जायज मागको सम्बोधन र समस्याको समाधान निकालिने छ ।’

    चौधरीले माग गरेका कतिपय सूचना उहाँलाई उपलब्ध गराइ सकिएको र केही सूचना प्राविधिक कारण बस दिन ढिलाइ भएको उनले स्वीकार गरे । उनले भने, ‘सुशासन र पारदर्शिता हामीले पनि चाहेका छौँ, दोषीलाई कारबाही हाम्रो पनि चाहना हो, हामी सबै मिलेर लुम्बिनीको संरक्षण, समृद्धि र विकासको काम गर्न जरुरी छ ।’

    श्रोत: आइएनएस-स्वतन्त्र समाचार

    Post Views: 169
    प्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार ०४:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज
    दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ४. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ५. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.