• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कला लम्सालको तीज कोसेली “गल्ला लाहुरे” सार्वजनिक

  •  
  • २०८१ श्रावण १८, शुक्रबार ०७:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+
    नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज गीतहरू बजारमा आउने क्रम जारी छन् । विभिन्न तीज गीतले यतिबेला नेपाली बजार पिटिरहेको छ । सोही क्रममा यस वर्ष पनि चर्चित गायिका कला लम्सालको तीज गीत “गल्ला लाहुरे” सार्वजनिक भएको छ । तीजको अवसर पारेर ल्याइएको उक्त गीत बुधबार बिहान गायिका लम्सालले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । पछिल्लो समय भ्युजका लोभमा तीजको नाममा तीज संस्कृतिलाई असर पर्ने गरी अश्लील गीत निकाल्ने क्रम बढीरहेको छ । तर गायिका कला लम्सालले भने सदा झै यस वर्ष पनि मौलिकता झल्कने तिज गीतलाई ननै प्राथमिकता दिएकी छिन् ।
    गीतमा कलाको आफ्नै सुमधुर आवाज रहेको छ भने शब्द तथा सँगीत शिव हमालको रहेको छ । भिडियोमा मोडल तथा गायक रामजी खाड , अञ्जली अधिकारी र कला आफैले पनि अभिनय गरेकी छिन् । भिडियो निर्देशन तथा कोरियोग्राफी जेरि भन्डारीले गरेका छन् । हरेक वर्ष मौलिक तीज गीत गर्ने गायिका लम्साल यस वर्ष पनि श्रोताहरूको लागि तीजको कोसेली लिएर आएकी हुन् । अहिलेको परिपेक्षमा तीजको भावहरू समेटिएको गीतहरू अत्यन्त न्यून सङ्ख्यामा आइरहेको बेलामा मौलिक तीज गीत निकाल्नु नै कलाको विशेषता मानिएको छ । उनले हरेक वर्ष एकल मौलिक तिज गीत गाउने गरेकी छिन् यस कारण पनि नेपाली गीत संगीत क्षेत्रमा कलाले आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।
    मौलिक गीतहरू गाउँन रुचाउने कलाले अघिल्ला वर्षहरूमा ‘पातली’ तीज गीत अन्तर्गत ४ भाग सार्वजनिक गरिसकेकी छन् । जसले बजारमा अपार सफलता हासिल गरेको छ । पोहोर साल तिजमा भने उनले चरी भरर बोलको गीत सार्वजनिक गरेकी थिईन् । २०६२ सालदेखि औपचारिक साङ्गीतिक यात्रा सुरु गरेकी लम्सालले हालसम्म १०० भन्दा बढी गीतमा स्वर भरिसकेकी छन् । लम्सालको बुझाइमा लोकसंगीत भनेको सँगीतको जननी हो । तर त्यही मौलिकता बोकेको कला संस्कृति हराउँदै गएकोमा भने उनलाई चिन्ता छ । लोकदोहोरी गीत तथा तिज गीतहरू आफ्नै मौलिक स्वरमा प्रस्तुत गर्ने क्षमता उनमा छ । यसकारण पनि नेपाली लोक गायनमा उनले फरक पहिचान बनाएकी छन् । गायिका लम्सालले हालसम्म साङ्गीतिक यात्राका क्रममा भारत, यूएई, क्यानडा, जापान, अस्ट्रेलिया, रसिया लगायत देशको भ्रमण गरिसकेकी छन् । सोही क्रममा लम्साल हाल बेलायत यात्रामा छिन् । उनी तीज पछि मात्रै नेपाल पर्कने छिन् ।
    गीत सुन्न यो लिंकमा क्लिक गनुहोला ।
    https://www.youtube.com/watch?v=MUghAx8C5SA
    Post Views: 224
    प्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार ०७:०९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.