• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार पक्का

  •  
  • २०८१ श्रावण १९, शनिबार १०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन्। उनले दलका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन्। ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताइन्। ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन्, जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा छनोट गरिएको छ।

    उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराइन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्। राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट अलग गर्दै ह्यारिसलाई समर्थन गरेका थिए।  ह्यारिस स्थानीय समय शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्र्याटिक प्रतिनिधिबाट समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी हुन्।

    ह्यारिसले उपराष्ट्रपति उम्मेदबारका लागि ६ जनाको सुची तयार गरेको समाचार छ । उनीहरुसँग यसै सप्ताहन्तमा अन्तरवार्ता लिएर निश्चित गर्ने बताइएको छ । उनले उपराष्ट्रपतिको सुचिमा केन्टकीका गभर्नर एन्डी बेशियर, इलिनोयका जेबी प्रिट्जकर, पेन्सिल्भेनियाका जोश शापिरो र मिनेसोटाका टिम वाल्जका साथै ट्रान्सपोर्टेशन सेक्रेटरी पीट बुटाजज र सिनटेर मार्क केलीमध्येबाट एकजना छनौट गर्ने बताइएको छ ।

    क्यालिफोर्नियामा भारतीय आमा र जमैकाका बुबाबाट जन्मिएकी ह्यारिस अमेरिकाको लगभग २५० वर्षको इतिहासमा प्रमुख दलका तर्फबाट राष्ट्रपतिको उम्मेदबार बन्ने दोश्रो अश्वेत व्यक्ति बनेकी छिन्। रिपब्लिकन उम्मेदबार डोनाल्ड ट्रम्पलाई पराजित गरेमा उनी राष्ट्रको पहिलो महिला र पहिलो एसियाली मूलकी अमेरिकी राष्ट्रपति हुनेछिन्।

    Post Views: 122
    प्रकाशित मिति: २०८१ श्रावण १९, शनिबार १०:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.