• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१२ हजार नेपालीको सुरक्षा चिन्ता, युद्धको डरले ठुला देशले आफ्ना नागरिक फिर्ता बोलाए

  •  
  • २०८१ श्रावण २१, सोमबार ०४:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    मध्यपुर्वमा एकाएक अशान्ति हुने संभावनालाई मध्यनजर गर्दै अमेरिका, बेलायत, क्यानडा भारतलगायत युरोपेली देशले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ । बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर वा जस्तो अवस्थामा भए पनि अमेरिका फर्किन भनेको हो । अन्य देशहरुले पनि इरानले गत बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्याको लागि इजरायलको विरुद्धमा कठोर बदला लिने चेतावनी दिएपछि मध्यपूर्वमा थप युद्धको खतरा बढेको भन्दै आआफ्ना नागरिककको सुरक्षार्थ आआफ्नो देश फर्किन भनेको हो । त्यसैलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपुर्वमा सुरक्षा सर्तकता अपनाउँदै सैनिक थप गरेको समाचार पनि छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो ।

    ठुला देशहरुले आफ्नो नागरिकको सुरक्षार्थ सजकता अपनाईरहेको बेला नेपाललले पनि लेवनानमा भएका नेपालीको सुरक्षार्थ के गर्दै होला त्यो सामान्य नगारिकको चासो हो । पछिल्लो समय बढ्दै गएको इजरायल–लेबनान द्वन्द्वका कारण नेपालीलाई त्यहाँ पठाउँदा जोखिम हुने निश्चित छ ।
    मध्यपूर्वका दुई छिमेकी देश हुन् इजरायल र लेबनान । दुवै देशले एकअर्काको भूमिमा निरन्तर हवाई आक्रमण गरिरहेका छन् । अघिल्लो वर्षको अक्टोबर ७ मा गाजाबाट हमासले इजरायलमा रकेट आक्रमण गरेपछि बल्झेको युद्धमा लेबनानको हिजबुल्लाह पनि संलग्न हुँदा दुवै देशमा जोखिम झन् बढेको देखिन्छ । अहिलेसम्म इजरायलको आक्रमणबाट गाजामा ३९ हजार भन्दा धेरै प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । अक्टोबर ७ को हमासको आक्रमणमा इजरायलमा १० नेपालीसहित ११०० भन्दा धेरैले ज्यान गुमाएका थिए। नेपालका विपीन जोशी अझै सम्पर्कविहीन छन् ।

    लेवनान र इजरायल १२  हजार नेपाली, ४ सय गैरकानुनी 

    रोजगारी तथा विभिन्न कामका लागि इजरायल र लेबनानमा मात्रै करिब ईजरेलमा अनुमानित १२ हजार नेपाली रहेका छन् । इजरायलमा साढे चार हजारभन्दा धेरै तथा लेबनानमा दुई हजार जति नेपाली छन् । इजरायलमा रहेका नेपाली श्रमिकहरूमध्ये धेरैजसो केयर गिभर काममा छन् र कोही कृषि क्षेत्रमा त कोही घरेलु कामदारका रूपमा कार्यरत रहेको बताईन्छ । तर यस्तो अवस्थामा नेपाल सरकार भने ईजरेलमा कामदार पठाउन संझौताहरु गर्दै कामदार छनौटमा व्यस्त छ । उल्टै इजरायलमा रोजगारीका लागि आवेदन माग गर्दा सरकार जनताप्रति सुरक्षाको विषयामा आलोचित बनेको छ । गत हप्ता मात्रै ईजरेलको ८ सय रोजगारीका लागि परेको अवेदनमा आवश्यकता भन्दा तीन दोब्बर आवेदन परेको श्रम मन्त्रालयले जनाएको छ ।

     


    इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानलाई हेर्छ भने इजरायलको तेलअभिभमा नेपालको आफ्नै दूतावास छ । इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालका अनुसार लेबनानमा ११ सय जना नेपाली श्रमिक कार्यरत रहेको बताए । यस्तै शान्ति सेनामा ९ सय जना नेपाली सेना जति कार्यरत रहेका छन । इजिप्टका लागि नेपाली राजदूत लम्साल सीमाबाट ४ देखि ५ किलोमिटरको क्षेत्रमा जोखिम धेरै भएको र अन्य क्षेत्रमा भने खासै जोखिम नभएको बताए । यसरी विविध पक्षबाट युद्ध मडारिएको भूमिमा हजारौँ नेपाली कार्यरत छन् । यस्तो अवस्थामा ती क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाबारे सरकारले चिन्ता गर्नुपर्ने ठाउमा कामदार पठाउने प्रक्रिया समेत रोक्न सकेका छैनन ।

     


    उता इजरायलको सीमा क्षेत्रमा भइरहने आक्रमण गत अघिल्लो शुक्रबार मुख्य शहर तेल अभिवमै भयो जसका कारण यूद्धको अवस्था बढ्ने निश्चित जस्तै छ । युद्धपछि इजरायलमा श्रमिकको अभाव बढ्दै गएको छ । त्यहाँ काम गर्ने अधिकांश प्यालेस्टिनी श्रमिकलाई फिर्ता पठाएपछि इजरायलले श्रमिकको अभाव झेलिरहेको हो । श्रमिक अभाव पूर्तिका लागि भारत, बंगलादेश, नेपाल लगायतबाट श्रमिक लिने प्रक्रिया अगाडी बढाएको छ । पछिल्लो समय भारतबाट एक लाख श्रमिकको लागि माग गरेकोमा १० हजार भन्दा धेरै भारतीय श्रमिक इजरायल गएको तथ्यांक छ । उता गैरआवासिय नेपाली एनआरएनए इजरायलका अध्यक्ष कृष्ण भण्डारीका अनुसार ४ सय भन्दा बढी नेपाली गैर कानूनी इजरायलमा रहेको अनुमान छ ।ईजरेल र लेवनानमा अनुमानित  १२ हजार नेपाली रहेको बताइए पनि आधिकारिक तथ्यांकमा कति कति उल्लेख छैन । यसको मतलव केहि गैरकानुी र कानुनी गरी १२ हजार हुन सक्दछ ।  त्यसरी गैरकानुनी रहेका नेपालीको हकमा भने भोलीका दिनमा अफ्ठयारो पर्दा कसरी सुरक्षा गर्न सकिएला त्यो निश्चित छैन । मुख्य कुरो युद्धले भयानक रुप लिने बेला आत्तिनु भन्दा बेलैमा नागरिक सुरक्षामा ध्यान दिनु उत्तम बाटो हो ।

    Post Views: 35
    प्रकाशित मिति: २०८१ श्रावण २१, सोमबार ०४:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय
    विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.