• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रानी नाकाबाट बंगालीहरु शरण लिन नेपाल छिर्न थाले !

  •  
  • २०८१ श्रावण २३, बुधबार ०५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    वंगलादेशमा चुलिएको राजनीतिक संकटका कारण मोरङको रानी नाकाहुँदै बंगालीहरु नेपाल छिर्न थालेको समाचार छ । समाचार श्रोतले दिएको जानकारी रानी नाकाबाट नेपाल छिर्न खोज्ने वंगालीहरुलाई नेपाली सुरक्षा कर्मीले उतै फर्काइ दिएको हो । प्रहरी श्रोतका अनुसार त्यसरी नेपाल छिर्न खोज्ने एक बंगलादेशी नागरिकलाई नेपाली सुरक्षाकर्मीले भारत तिरै फर्काइदिएका हुन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफको संयुक्त टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिक ४६ वर्षीय उत्तम सरकारलाई मंगलबार दिउँसो भारततिरै फर्काइदिएका हुन् । सरकारले एक जनालाई भेटाएर फर्काए त कति नेपाल छिरे त्यसको एकिन छैन । नेपाल सरकारले बेलैमा ध्यान नदिने हो भने ठुलो सख्यामा शरणार्थी भित्रिने संभावना देखिन्छ ।

    कोशी प्रदेश प्रहरी कार्यालयका एक अधिकृतका अनुसार ती बंगालदेशी नागरिक भारतको जोगवनी हुँदै रानी नाकाबाट नेपाल छिर्ने प्रयासमा थिए । त्यसको सुइको पाएपछि प्रहरीले ४६ वर्षीय सर्कारलाई प्रवेशमा रोक लगाएको हो । बंगलादेशमा राजनीतिक संकट चुलिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छाडेर भारत पुगेकी छन् । लगत्तै बंगलादेशको सेनाले छिट्टै अन्तरिम सरकार गठन गर्ने घोषणा गरिसकेको छ ।

    बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपाल सरकारले पनि सीमा क्षेत्रबाट गैरकानुनी घुसपैठसम्मको असर नेपालसम्मै देखिने आकलनसहित सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई सोमबार नै निर्देशन दिइएको बताइएको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाई गर्नुका साथै आवागमनमा निगरानीदेखि सम्भावित घुसपैठ रोक्न नियमितबाहेक अतिरिक्त सुरक्षा जनशक्तिसमेत परिचालन गरिसकेका छन् ।

    Post Views: 188
    प्रकाशित मिति: २०८१ श्रावण २३, बुधबार ०५:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.