• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टीआरसीमा “पीडितमैत्री भएको वा नभएको ” विदेशी कूटनीतिज्ञहरुको चासो

  •  
  • २०८१ श्रावण २४, बिहीबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालस्थित कूटनीतिज्ञहरुले संक्रमणकालीन न्यायसबन्धी (टीआरसी) विधेयकबारे चासो राखेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा तीन दलीय कार्यदलले सहमति जुटाएको छ ।

    त्यसलगत्तै संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन (ईयू) लगायतका देशका कूटनीतिज्ञहरुले दलहरुले गरेको सहमति पीडितमैत्री भएको वा नभएको भन्ने चासो देखाएका हुन् ।

    गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल र माओवादी नेता खिमलाल देवकोटाले मंगलबार संयुक्त रुपमा कूटनीतिज्ञहरुसँग छलफल गरेका छन् ।

    बबरमहलस्थित एक होटलमा भएको छलफलमा उनीहरुले अब संसदबाट बन्ने विधेयक पीडितमैत्री हुन्छ हुन्न भनेर चासो राखेका थिए । गृहमन्त्री लेखकले तीनदलीय कार्यदलमा भएको सहमतिबारे ब्रिफिङ गरे भने दुई नेताले पीडितमैत्री कानुन बनाउन आफूहरु प्रतिवद्ध रहेको बताएका थिए ।मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको सहमति अनिवार्य गरिएको उनले बताए । मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मेलमिलाप नहुने, जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसाका घटना घटी सजाय दाबी गर्न नमिल्ने, परिपुरणमा चित्त नबुझे पीडित अदालत जान सक्ने व्यवस्था गर्न लागिएको नेताहरुले बताएका छन् । साथै उनीहरुले परिपुरणका लागि ठूलो धनराशी चाहिने भएकाले सहयोग गर्न आग्रह गरेका छन् । तीनदलीय कार्यदलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटाएको सहमति शीर्ष नेताहरुलाई बुझाएको छ । लगत्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहीबार बोलाइएको छ । नेताहरुका अनुसार २९ साउनको प्रतिनिधिसभा बैठकबाट विधेयक पास गर्ने तयारी छ ।

    Post Views: 116
    प्रकाशित मिति: २०८१ श्रावण २४, बिहीबार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.