• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा साँढे १० लाख अन्तर्राष्ट्रिय विधार्थी- ४० बिलियन डलर रेभिन्यू , नेपाली विधार्थीः अवसर, चुनौति र संभावना

  •  
  • २०८१ श्रावण २५, शुक्रबार ०८:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल
    संसारमै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विधार्थी अध्ययनको लागि आउने देश अमेरिका पहिलो देश हो । जहाँ विश्वभरीबाट बर्षमा साँढे १० लाख अर्थात ९१० लाख ५७ हजार १ सय ८८, सन २०२३ को तथ्यांक० विधार्थी अध्ययनका लागि आएका थिए । जसबाट अमेरिकालाई बार्षिक रुपमा ४० दशमलव १ विलियन डलर भित्रियो । एसोसियसन अफ ईन्टरनेसनल इजुकेटर्स नाप्सा नामक संस्थाको अनुसन्धानमा आधारित एक तथ्यांक अनुसार अन्तर्राष्ट्रिय विधार्थीका कारण मात्रै ३ लाख ६६ हजार अमेरिकनले नयाँ रोजगारी पाउँछन । हरेक ३ जना अन्तर्राष्ट्रिय विधार्थी अमेरिका पढ्न आउँदा एक जनाले नयाँ जागिर पाउने उल्लेख छ । विश्वका २ सय २७ देश वा कन्टीनेन्टबाट अमेरिका अध्ययनका लागि विधार्थीहरु आउने गरेका छन । जसमा ७० प्रतिशत एसियाबाट रहेको अनुसन्धानमा उल्लेख छ ।

    सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विधार्थी रहेका राज्यहरु

    अमेरिकाको ५० वटा राज्यहरुमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय विधार्थीहरु क्यालिफोनियामा १ लाख ३८ हजार भन्दा बढी छन भने ती विधार्थीहरुले बार्षिक ६ विलियन डलर रकम तिर्ने गरेको छ । त्यसैगरी दोश्रोमा न्यूयोर्कमा १ लाख २६ हजार ७ सय विधार्थी रहेका छन । उनिहरुबाट कलेजहरुले ५ दशमलव ८ विलियन डलर आम्दानी गर्दछ । त्यसै गरी म्यासचुटेसमा ७९ हजार ५ सय विधार्थी अध्ययन गर्न आएर उनिहरुले ३ दशमलव ६ विलियन डलर खर्च गरेको तथ्यांक छ ।
    बर्षमा १ विलियन डलरभन्दा बढी आम्दानी गर्ने अमेरिकी कलेजहरुमा पेन्सलभेनियामा ४९ हजार विधार्थी पढ्छन जहाँ २ दशमलव २ विलियन डलर, टेक्सासमा ८० हजार ७ सय विधार्थीबाट अमेरिकाले २ दशमलव २ विलियन डलर आम्दानी गर्दछ । त्यसैगरी ५५ हजार विधार्थी आउने ईलीनोईसमा २ दशमलव १ विलियन, ओहायो ३४ हजार विधार्थी आउँछन १ दशमलव २ विलियन, फ्लोरिडामा ४२ हजार विधार्थी आउँछन १ दशमलव ४ विलियन डलर र मिसिगनमा ३३ हजार ८ सय विधार्थीबाट १ दशमलव ३ विलियन डलर आम्दानी गर्दछन । यो तथ्यांक एक जना विधार्थीले अमेरिका पढ्न आउँदा उसले विश्वविधालयमा तिर्ने रकमलाई आधार मानेर अनुसन्धान तयार पारिएको अध्ययनमा आधारित छ । अन्य ५० वटा राज्यहरुमा आउने विधार्थीहरुको क्रमश सानो सख्या छ तर समग्रमा अमेरिकी अर्थतन्त्रमा अन्तराष्ट्र्रिय विधार्थीको ठुलो योगादन छ ।

    धेरै विधार्थी भारत र चिनबाट

    अमेरिकामा पढ्न आउने विधार्थीहरुमा सबैभन्दा ठुलो संख्या भनेको चिनिया विधार्थी हुन जसको प्रतिशतमा हेर्ने हो भने २७ प्रतिशत अर्थात २ लाख ९३ हजार चिनिया रहेका छन उनिहरुले बार्षिक रुपमा अमेरिकामा १० विलियन भन्दा बढी डलर तिर्छन । दोश्रो नम्बरमा भारतीय विधार्थी अमेरिकामा अध्ययनका लागि आउने गरेका छन । २ लाख ७५ हजार भारतीय विधार्थी दोश्रो स्थानमा २५ प्रतिशत अर्थात ९ विलियन डलर तिर्ने अध्ययनमा उल्लेख छ ।

    अमेरिकामा पढ्न आएका विधार्थीहरु पढाई सकेर कति विधर्थी आआफ्नो देश फर्केलान रु यो प्रश्न देश अनुसार फरक पक्कै छ । यूरोप र अष्ट्रेलिया वा बेलायतबाट अमेरिका आउनेको तुलानामा एसियाबाट अमेरिका आउने वा अफ्रिकन मुलुकबाट आउनेमा निकै फरक पाईएको छ । समग्रमा हेर्दा सन २०११ देखि सन २०२३ को समग्र तथ्यांकमा ७० देखि ७३ प्रतिशत भन्दा बढी विधार्थी अमेरिका पढ्ने पढाई सकेपछि पनि फर्केका छैनन यसको मतलव जम्मा ३० प्रतिशत विधार्थी पनि पढाई सकेर फर्किदैनन । अमेरिका पढेन आउने ७० प्रतिशत विधार्थी अमेरिकामा स्थापित भएका छन । त्यो तथ्यांकलाई हेर्दा एसिया र अफ्रिकाबाट आउनेहरु ९३ देखि ९५ प्रतिशत विधार्थी पढाई सकेर फर्कदैनन । हामीले यहाँ नेपाली कति विधार्थी फर्केलान भन्ने हो भने तथ्यांक त छैन तर पढाई सकेर नेपाल फकर्ने विधार्थी सायदै भेटिन्न यो तितो सत्य हो । कारण प्रष्ट छ मुलुकमा रोजगारी छैन । २, ४ जान होलान तर प्रतिशतमा उतार्न सकिएन ।

    नेपालबाट अध्ययनका लागि ९५ अर्ब विदेसियो

    मुलुकको राजनीतिक अस्थिरता, महंगी, व्यप्त भ्रष्टाचारले गर्दा निर्वाह नचल्ने निचोड निकाल्दै दिनहुँ देश छोड्नेको लर्को हेर्न एयरपार्टमा गएर हेर्दा प्रष्ट हुन्छ । भन्नेहरु मुलुकभित्रै सबैथोक छ भन्छन तर पावर र पहुँच हुनेहरुका लागि स्वर्गीय छ । त्यसैले विधालय शिक्षा सकिएपछि उच्च शिक्षाको लागि सक्नेहरु बाहिरिन चाहान्छन । त्यसको संख्या दिनानु दिन बढ्दो छ । सक्नेहरु उच्च शिक्षका लागि जान्छन भने नसक्नेहरु रोजगारीका लागि गएका छन । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष विंसं २०८० र ८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको देखाएको छ । यो अधिल्लो वर्षको तुलनामा निकै धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।

    शिक्षाका लागि अधिक रकम विदेशिँदा ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् । यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो ।

    अमेरिका पढ्न आउने संख्या बढ्दो

    अमेरिका चाहे विधार्थी होस वा अन्य कुनै पेशा वा व्यवसायका मानिसका लागि विश्वमा नै पहिलो रोजाई हो । विधार्थीहरु पनि पहिलो रोजाई अमेरिका हो । उनिहरु अमेरिका सफल नभए अर्को विकल्प भन्दै अष्ट्रेलिया क्यानडा र यूरोप वा जापान रोज्ने गरेको पाईन्छ । विगतमा अमेरिकामा विधार्थीहरुमा अमेरिका किन भिषा फर्म भर्नु भिषा दिंदैन भन्ने गर्दथे । त्यो भनाई विस्तारै बदलिंदै छ । यसको मतलव बर्षेनी अमेरिका अध्ययन गन आउनेहरुको सख्या व्यापक बृद्धि हुँदै गएको तथ्यांकहरुले देखाउँछ ।
    गत महिना नेपाली विधार्थीहरुमा अमेरिका आउनेमा अन्डर ग्रयाजुयट र ग्रयाजुएट तथा एमडि पढ्न आउने डाक्टरहरुको ठुलो सख्या थियो । तर विडम्बना यो बर्षबाट डाक्टरहरुको भिषा पाउने दर निकै कम छ । त्यसको कारण हो परिक्षामा गरिएको कपी पेष्ट काण्डले गर्दा डाक्टरहरुका लागि अबको केहि समय निरारशाजनक देखिन्छ ।
    मे २०२४ मा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा यो बर्षकै रेकर्ड ब्रेक भएको छ । मे महिनामा सन् २०२४ को जनवरीयताकै सबैभन्दा धेरै १५ सय आठ जना नेपाली विधार्थीले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

    अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्स र ओपन डोरले जनाए अनुसार बर्षेनी अमेरिका अध्ययन गर्न आउनेहरुको सख्या ९ देखि २३ प्रतिशतका दरले बढी रहेको छ । अमेरिकी दूतावास काठमाडौंले मात्र मे महिनामा १४ सय १३ जनालाई विद्यार्थी भिसा जारी गरेको छ । जनवरीमा सन २०२४ मा ११ सय जना , फब्रुअरीमा २ सय १ जना, मार्चमा ३ सय ९५ जना र अप्रिलमा १३ सय ९९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएको तथ्यांक छ । अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिना अर्थात् सन् २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरको अवधिमा २८ सय ९६ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । सन् २०२३ को अक्टोबरमा ५ सय ८ जना, नोभेम्बरमा ७ सय ८४ जना र डिसेम्बरमा १६ सय ४ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । अमेरिकी दुतावासले नेपाली विधार्थीहरुलाई दलालबाट दुख नहोस भन्दै सुचना तथा जनचेतनामुलक क्षेत्रिय र काठमाडौंमा विभिन्न किसिमका सेमिनार तथा गोष्ठिहरु आयोजना गर्दै आएको छ । अमेरिकी दूतावास काठमाडौंले आफ्नो विद्यार्थी भिसा आवेदकलाई ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । पासपोर्ट, अप्वाइन्टमेन्ट कन्फर्मेशन, आवेदकले हस्ताक्षर गरेको आई २० फर्म वा डीएस २०१९, सेभिज शुल्क तिरेको रिसिप्ट, पछिल्ला शैक्षिक प्रमाणपत्रहरु, दुईप्रति ६ महिनाभित्रको पासपोर्ट फोटो र डीएस १६० कन्फर्मेशन पेजसहित भिसा अन्तरवार्तामा आउन सुझाव दिइएको वेव साईटमा उल्ल्ेख गरिएको छ ।

    धेरै नेपाली आउने १४ अमेरिकी कलेजहरु

    विदेशमा उच्च शिक्षाको अवसर खोज्ने नेपाली विद्यार्थीहरूको लागि संयुक्त राज्य अमेरिका लोकप्रिय गन्तव्य बन्नु स्वाभाविक हो । एक अध्ययनमा उल्लेख गरिए अनुसार अमेरिकामा सस्तो र शैक्षिक परामर्शदाताहरुले पठाउन लिष्ट गरेको १४ विश्वविद्यालयहरू रहेका छन । प्राय जसो अमेरिका पठाउने नेपालमा वा अमेरिकामा रहेका शैक्षिक परामर्शदाताहरुले यी विश्वविधालयमा पढ्न जान सुझाव दिन्छन । साथै यी कलेजहरुबाट सजिलै आई २० निकाल्ने गरिएको उनिहरुको तर्क छ । ती कलेजहरुमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी, सागिनाव भ्याली स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ लुइसियाना मोनरो, र युनिभर्सिटी अफ इडाहोे, युनिभर्सिटी अफ टेक्सास एट अर्लिङ्गटन, क्याल्डवेल युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ डकोटा रहेका छन । त्यसैगरी म्याकनीज स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ युनिभर्सिटी, सेन्ट्रल ओक्लाहोमा, युनिभर्सिटी अफ नर्थ टेक्सास, युनिभर्सिटी अफ न्यू मेक्सिको, मिसिसिपी स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ टोलेडो, अर्कान्सास स्टेट युनिभर्सिटीमा उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरु अध्धयनरत रहेका छन । पहिलो चरणमा यी कलेजमा आएका अधिकाक्ष विधार्थीहरुले पहिलो सेमेस्टर पछि अर्को कलेज खोजेर सिफ्ट हुने गरेका छन । सजिलै काम पाउन र समुदायमा घुलमिल हुन विधार्थीहरुले कलेज परिवर्तन गर्ने गर्दछन । यी विश्वविद्यालयहरूमा स्वीकृति दरहरू बढी हुने, शिक्षण शुल्कहरू कम , र छात्रवृत्ति अवसरहरू अलिक धेरै हुने गरेको विधार्थीहरुको भनाई छ ।

    अमेरिकामा नेपाली विधार्थीले भोग्ने समस्या

    अमेरिकामा मात्रै होईन, नेपालबाट विदेश पढ्न जाने विधार्थीहरुले प्राय एकै किसिमका समस्याहरु भेटिन्छ । पहिलो त नेपालबाट विदेश पढ्न जाँदा खासगरी अभिभावकहरुले छोरो वा छोरी लाहुर गए जस्तो सोच्ने गरेको पाईन्छ । विदेश गएको २,४ महिनामा पैसा कमाएर पठाउनु पर्दछ भन्ने सोच हावी छ । एनआरएन अमेरिकाका युवा उपाध्यक्ष अनुप खनालका अनुसार अमेरिकामा विधार्थीहरुले भोग्ने समस्या धेरै छन तिमध्ये विदेश आउने वित्तिकै परिवारबाट पैसाको आशा गर्ने, केहि आवश्यक पैसा समेत नपठाउने, पठाए पनि थोरै पठाउने विदेश जाने वित्तिकै कमाउन जाने जस्तो गरी आम्दानीको आशा गर्ने गरेको पाइएको छ । तर विदेशमा पुग्ने विधार्थीले त्यहाँको रहन सहन बुझ्न र कलेज बाहिर काम खोज्न नै केहि समय लाग्दछ । एक त कलेजभित्र देश अनुसार प्रतिहप्ता २० घण्टा काम गर्न पाउँछन भने अर्को त कलेज बाहिर विधार्थीलाई काम गर्न बन्देज छ । त्यसो हुँदा विधार्थीहरुले आफ्ले कमाएर कलेज फि तिर्नसमेत हम्मे हम्मे पर्दछन । बल्ल बल्ल रकम सापटी गरेर विदेश पठाएको आफ्नो सन्तानबाट सापटी तिर्ने पैसोको आशा गर्नु पनि अभिभावकका लागि पनि अन्यथा भने होईन । तर, त्यहि कारण हजारौ विदेशमा पढ्न आएकाहरु विधार्थीहरु परिवारबाट टाढा हुने, डिप्रेसनको शिकार हुने र अन्त्यमा पढाई छोडेर काममा मात्रै ध्यान दिने गर्दा गैरकानुनी स्टाटस हुने गरेका छन ।

    एकातिर पढाईको चाप अर्कोतिर पैसाको चिन्ताले केहि विधार्थीहरु कलेज बीचमा छोडेर अबैध रुपमा काम गर्ने र पैसाको जोहो गर्न थाल्दा कुलतमा फस्दै घरबारबिहिन ९होमलेस० पनि बनेका छन । अमेरिकामा पछिल्लो समय विधार्थीहरुको समस्या बढ्दै गएपछि एनआरएन अमेरिकाले उपाध्यक्ष खनालको नेतृत्वमा विधार्थीहरुमाथी परेको समस्या समाधान गर्न समिति नै बनाएको छ । एनआरएन अमेरिकाका उपाध्यक्ष खनालका अनुसार सो समितिले अमेरिकाभरी सयौ विधार्थीहरुसंग सम्पर्कमा रहेर उनिहरुको समस्याको पहिचान गर्ने आवश्यक मद्दत गर्ने, नेपाली समुदायहरुसंग सम्पर्क गराई दिने जसले उनिहरुलाई होमसिक हुन नपरोस । धेरै अन्तराष्ट्र्रिय विधार्थी अध्धयन गर्ने कलेज भएका ठुला राज्यहरुमा खनालको नेतृत्वमा विधार्थी ४० जनालाई एम्बास्डर नै तोकेर काम गरिरहेको उपाध्यक्ष खनालले खबरमालासंग बताए । उनिहरुले स्थानीय कलेजहरुमा रहेका नेपाली विधार्थीहरुलाई अमेरिकी कानुनका कुरा सिकाउने, नेपाली समुदायमा घुलमिल गराउने, प्रोत्साहन स्वरुप केहि छात्राबृत्ति उपलब्ध गराउने, अमेरिकी शिक्षा प्रणालीका बारेमा बेवनार गर्ने र आवश्यक पर्दा मद्दत गर्ने गर्दै आएका छन । त्यति मात्रै नभएर राज्यहरुपच्छिे खुलेको नेपाली संघसस्थाहरुले पनि आवश्यक मात्रामा केहि मद्दत गर्दै आइ रहेका छन । त्यति मात्रै होईन की ग्रयाजुयसनपछि के गर्न सकिन्छ भन्ने विषयमा पनि सेमिनार गोष्ठि गर्दै एनआरएनए अमेरिकाको यूवा समिति निकै सक्रिय रहेका छन ।

    अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतामा अमेरिका आएपछि विधार्थीले अमेरिकी शैक्षिक संस्थाहरूलाई योग्यता आवश्यकताहरू, स्कूल स्थानान्तरण, व्यावहारिक प्रशिक्षण र क्याम्पस बाहिर तथा भित्र रोजगारीलगायत धेरै विषयहरूमा अमेरिका आउनु पहिले नै कन्सल्टेन्सीहरुले स्पष्ट पार्न जरुरी छ । परामर्षदाता कम्पनीहरुले विधार्थीलाई आफ्नो अनुकुल दुर्गम भन्दै एउटै कलेजमा धेरै आई २० मगाएर पठाउँदा उनिहरुलाई कमिसन धेरै त आउँछ तर विधार्थीहरुले काम नपाउने समस्या भने विकराल हुने गरेको विधार्थीहरुको अनुभव छ । एफ वान भिसामा आप्रवासीहरु कलेज, विश्वविद्यालय, कन्जर्भेटरी, शैक्षिक हाई स्कूल, प्राथमिक विद्यालय वा अन्य शैक्षिक संस्था वा भाषा सिक्न विद्यार्थीको रूपमा अमेरिका आउन सक्नेछन । साथै एम वान भिसामा भाषा प्रशिक्षण कार्यक्रमबाहेक स्थापित व्यावसायिक वा अन्य मान्यता प्राप्त गैरशैक्षिक कार्यक्रमहरूमा पनि सहभागी हुन आउन सक्नेछन ।

    अमेरिका आउनेवित्तिकै नेपालमा रहेका अभिभावकहरु प्रतिष्ठाकै कुरा गर्दछन । हो स्वाभाविक रुपमा अबसरहरु व्यापक छन तर त्यसो भन्दैमा विश्वभरीका विधार्थीबीच प्रतिष्पर्धा गरेर स्थापित हुनु त्यति सजिलो पनि छैन । त्यसैले आफ्ना कलिला छोरा छोरीबाट पढाईसंगै उन्नतिको आश गर्ने हो भने उनिहरुलाई मानसिक रुपमा बलियो तथा हौशला दिनु पर्दछ । अन्यथा पछिल्लो दिनहरुमा कलेज बिचैमा छाडेर पैसा कमाउा लाग्ने र दुव्र्यसनीको शिकार हुनेहरु बढी रहेको छ ।
    यस फिचरमा उल्लेख भएका तथ्यांकहरु विभिन्न भरपर्दो लेख, अनुसन्धान तथा समाचारहरुबाट लिइएको हो ।

    Post Views: 154
    प्रकाशित मिति: २०८१ श्रावण २५, शुक्रबार ०८:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.