• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बंगलादेशमा हिन्दु धर्मालम्बीमाथी आक्रमण, हजारौं बंगलादेशी भारत र नेपालको सीमामा

  •  
  • २०८१ श्रावण २६, शनिबार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले देश छाडेपछि त्यहाँ हिन्दु बंगलादेशीहरूलाई अत्याचार भइरहेको आरोप छ। यसैबीच १ हजारभन्दा बढी बंगलादेशी हिन्दु पश्चिम बंगालको जलपाईगुडीमा रहेको भारत(बंगलादेश सीमामा आइपुगेका छन्। उनीहरू सीमा पार गरेर भारत आउन चाहन्छन्। तर उनीहरूलाई बीएसएफले भारत पस्न नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बीएसएफले उनीहरूलाई सतकुरा सीमामै रोकेको हो। यो घटना जलपाइगुडी जिल्लाको दक्षिण बेरुबारी पञ्चायतको हो। बुधबार दिउँसो एक हजारभन्दा बढी बंगलादेशी, जसमा अधिकांश हिन्दु थिए, भारतीय सीमामा घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसैगरी केहि नेपालको सीमामा पनि आई पुगेको बताईन्छ । नेपाल सरकारले पनि खासगरी हिन्दुमाथी भएको धरपकडका कारण नेपालमा पनि केहि हिन्दुहरु प्रबेश गर्न सक्ने संभावनालाई मध्यनजर गर्दै सीमामा कडाई गरिरकेको छ ।

    विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेद राजीनामा दिएर भारत शरणमा पुगेलगत्तै त्यहाँ हिन्दु अल्पसंख्यकमाथि लक्षित आक्रमणका घटनाहरू भएका छन् । कयौ मन्दिहरु भत्तकाइएको बताइएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हिन्दु व्यवसायी र मन्दिरहरूमाथि आक्रमण भएको छ । बंगलादेशस्थित हिन्दु बौद्ध क्रिष्चियन एकता काउन्सिलका अनुसार दुईदेखि तीन सय हिन्दुहरूका घरमा आक्रमण भएको छ । व्यवसायीहरूमाथि पनि आक्रमण भएको छ । सो काउन्सिलका महासचिव राना दास गुप्ताले १५ देखि १५ वटा मन्दिरमा तोडफोड भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग बताएका छन् ।

    उता संयुक्त राष्ट्रसंघले पनि बंगलादेशमा अल्पसंख्यकमाथि लक्षित आक्रमण भएकोमा चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेट्सका उप प्रवक्ता हर्हान हकले बंगलादेशमा लोकतान्त्रिक प्रक्रिया सुरु हुने विश्वास व्यक्त गर्दै कुनै पनि जाती लक्षित आक्रमणको विरुद्धमा उभिने बताएका छन् । यसैबीच बंगलादेशको बंगलादेश नेस्नलिस्ट पार्टीकी नेतृ रुमीना फर्हानाले भारतीय सञ्चारमाध्यम द प्रिन्टसँग कुरा गर्दै कुनै पनि जातीविरुद्ध हुने आक्रमणको निन्दा गर्ने बताएकी छिन् ।

    यता हसिनाको पतनसँगै बंगलादेशमा हिन्दुहरूमाथि आक्रमण भएपछि हजारौं बंगलादेशी हिन्दु समुदायका मानिसहरू भारतको सीमामा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतको कुचबिहार जिल्लाको सीमानामा हजारौँ बंगलादेशी हिन्दुहरू जम्मा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, उनीहरूलाई भारत छिर्न नदिन भारतले सीमा सुरक्षा बलको संख्यासमेत बढाएको छ ।

    Post Views: 104
    प्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार ०७:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.