• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

३३ नेपाली विधार्थीलाई यूरोपियन यूनियनको पुर्ण छात्रबृत्ति

  •  
  • २०८१ श्रावण २६, शनिबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    युरोपियन युनियनले ३३ जना नेपाली विद्यार्थीलाई युरोपमा उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ । युनियनले १९ पुरुष र १४ महिलासहित ३३ नेपाली विद्यार्थीलाई शैक्षिक वर्ष २०२४ र २५ का लागि दुईवर्षे इरासमस प्लस स्नातकोत्तर कार्यक्रमका लागि पूर्ण छात्रवृत्ति दिएको हो ।

    इरासमस छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूले वनस्पति प्रजनन्, विकेन्द्रित स्मार्ट ऊर्जा प्रणाली, स्मार्ट शहर र समुदाय, अग्नि रक्षा इन्जिनियरिङ, कृषि, वातावरण र समाजमा इन्टरनेसनल मास्टर्स अफ साइन्स, भू–जानकारी, ध्वनि तथा कम्पन इन्जिनियरिङ, वातावरणीय संक्रमण, नवप्रवर्तन र दिगोपनलगायतका विषयमा स्नातकोत्तर गर्न लागेका हुन । योसँगै युरोपियन युनियनबाट स्नातकोत्तरका लागि दिइने छात्रवृत्तिबाट लाभान्वित हुने विद्यार्थीहरूको संख्या ५ सय नाघेको छ । इरासमस मुन्डस ज्वाइन्ट मास्टर्स डिग्री छात्रवृत्ति यो वर्ष १ सय ३७ वटा देशका २६ सय ३ विद्यार्थीहरूलाई प्रदान गरिएको जनाइएको छ ।

    यो छात्रावृत्तिले विद्यार्थीहरूले स्नातकोत्तर तहमा केही युरोपियन विश्वविद्यालयहरूमा गएर अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको सम्पूर्ण शुल्क, यातायात खर्च तिरिएको हुन्छ र मासिक भत्तासमेत उपलब्ध हुन्छ । युरोपियन युनियनले सन् २०२१ देखि २०२७ सम्म इरासमस कार्यक्रमका लागि बजेट २६ दशमलव २ अर्ब युरो छुट्याएको थियो ।

    Post Views: 231
    प्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार ०७:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित
    सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?
    नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक
    Advertisement
    ताजा अपडेट
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ३. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    • ४. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ५. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    चर्चित
    • १. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • २. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ३. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ४. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    • ५. नेपालमा पोर्चुगलको काउन्सिलर कार्यलय स्थापना हुने, एनआरएनए पोर्चुगलद्धारा स्वागत

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.