• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडा र अष्ट्रेलियामा विधार्थीको भिषा अस्वीकृत दर उच्च

  •  
  • २०८१ श्रावण २८, सोमबार ०५:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अस्ट्रेलिया र क्यानडामा शैक्षिक नीतिमा कडाई गरेसँगै भिषा अस्वीकृत दर उच्च विन्दुमा पुगेको विभिन्न अन्तराष्ट्र्रिय सन्चार माध्यमहरुको तथ्यांकहरुले देखाएको छ । अस्ट्रेलिया र क्यानडामा विधार्थीहरुका लागि नयाँ नियम लागु गरेसंगै ईमिग्रेसन नियममा समेत व्यापक हेरफेर भएकोले विधार्थीले भिषा पाउने दर न्यून भएको उल्लेख गरिएको छ । अष्ट्रेलियामा सरकारले हालै जारी गरेको तथ्यांक अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गतवर्षको तुलनामा अत्यधिक बढेको छ । उता क्यानडामा पनि भिषा दरमा व्यापक कमी आएको छ तर त्यहाँ अक्टोबाट झन् कमी आउने निश्चित छ । कारण क्यानडामा अक्टोबरबाट विद्यार्थीहरुका लागि नयाँ नियम लागु हुनेछ । विगतमा विधार्थी बढेपछि क्यानडामा आवास तथा खाध्यान्नको मुल्यमा व्यापक बृद्धि भएको र रोजगारीमा पनि समस्या देखिए पनि सरकारले विधार्थी भिषा कटौति गर्दै अन्य ईमिग्रसन पोलीसीहरुमा पनि परिवर्तन गरेको छ । दुवै देशले उच्च शिक्षा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई ब्यवस्थित र ब्यवहारिक बनाउने उद्देश्यले बिभिन्न नयाँ भन्दै कानुनहरु प्रयोगमा ल्याएको हो ।

    गत बर्ष अर्थात सन् २०२३ मा ६ लाख ४० हजार अन्तराष्ट्र्रिय विधार्थी भित्र्याएको क्यानडामा विगत अघिल्लो बर्षहरुमा २३ प्रतिशका दरले बढेकोमा २०२४ को अन्त्यमा त्यो सख्या घट्ने निश्चित छ । उता अष्ट्रेृलियामा सन २०२३ मा ९ लाख ७५ हजार विधार्थी भित्र्याएको थियो । यो फेरिएको नियमसंगै अष्ट्रेलियामा आगामी बर्ष ३० प्रतिशत भन्दा बढी विधार्थी घट्ने प्रक्षेपण गरिएको छ । अष्ट्रेलियाका कलेज संचालकहरुले सरकारलाई विधार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै आर्थिक अवस्थामा पनि समस्या आउन सक्ने भन्दै चेतावनी दिएको छ । चाहे क्यानडा होस वा अष्ट्रेलिया ७० प्रतिशत विधार्थी एसिया क्षेत्रबाट जाने गरेकोले त्यसको मारमा नेपाली विधार्थीहरु पनि पर्ने निश्चित छ । अष्ट्रेृलियामा अन्त्तराष्ट्र्रिय विधार्थीहरुको तुलनामा तेश्रो धेरै विधार्थी नेपाली रहेको छ ।

    अष्ट्रेलियाले विद्यार्थीको संख्या कम गर्ने मात्र नभएर विद्यार्थी भिसा आवेदन शुल्कमा बृद्धि, दिइरहेको सुविधामा कटौती, डिपेन्डेन्ड लैजान कडाई गर्ने लगायतका बिभिन्न नियम सरकारले घोषणा गरिसकेको छ । भिसा अस्वीकृत हुने क्रम बढेपछि नेपाली विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि दिने आवेदनमा समेत ब्यापक कमी आएको देखिएको छ । गतवर्ष करिब २५ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा आवेदन दिएकोमा यो संख्या घटेर १५ हजारमा झरेको बताइएको छ । झन पछिल्लो समयमा देखिएको घरभाडा तथा रोजगारीको समस्याका कारण सहजै बस्ने र जागिरको ब्यवस्था नहुनाले धेरै नेपाली विद्यार्थी समस्या परेका छन् ।

    मुलुकमा अवसरको कमी र राजनीतिक तरलताका कारण नेपालबाट उच्च शिक्षा अध्धयनका लागि क्यानडा, अष्ट्रेलिया जाने विधार्थीहरुको चाप अमेरिकातर्फ बढेको छ । क्यानडा, अष्ट्रेलियामा विभिन्न नयाँ नियमबाट भिषा लाग्न कठिनाई भएपछि त्यस्तो जमात अमेरिकी विश्वविधालयतर्फ बढेको देखिन्छ । अमेरिकामा आउने नेपाली विधार्थीको सख्या हेर्दा प्रतिमहिना भिषा पाउने दर बढ्दै गएको छ ।

    Post Views: 125
    प्रकाशित मिति: २०८१ श्रावण २८, सोमबार ०५:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.