• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राजदुतमा सिफारिस कान्ता रिजालको नाम कसरी हरायो बाटोमै ? उनको ठाउँमा अर्कोको तयारी !

  •  
  • २०८१ श्रावण ३०, बुधबार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले साउन १४ गते १८ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेर संसदीय सुनुवाई समितिमा पुग्दा एक नाम बाटोबाटै गायब भएको छ । त्यो नाम हो कान्ता रिजाल । सरकारले गरेको सिफारिस नाम आइतबार संसदीय सुनुवाइ समितिमा पुग्दा १८ मध्ये रिजालको् नाम नभेटिएपछि चर्चा शुरु भएको छ ।
    मन्त्रिपरिषदले सिफारिस गरेको सूची संसदीय सुनुवाइ समितिसम्म पुग्दा इजरायलका लागि नेपालकी पूर्वराजदूत अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम बीचमै हराएपछि के कारण प्रष्ट भएको छैन । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार उनि हाल गंभीर बिरामी भएर हस्पतालमा उपचार गराई रहेकी छिन भने अर्को तर्फ उनी राजदुत हुँदा ईजरायलमा व्यापक मानिसहरुलाई गैरकानुनी रुपमा लगेर छोडेको उजुरी पनि परेकोले उनको स्थानमा काँग्रेसले अरुलाई नै तयारी गरिरहेको बताईन्छ ।

    सुनुवाइ समितिले भने आफूहरुकहाँ सुनुवाइका लागि १७ जनाको मात्रै नाम आएको बताएको छ। सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले समितिलाई परराष्ट्र मन्त्रालयबाट १७ जनाको मात्रै नाम प्राप्त भएको जानकारी दिएकी छिन ।संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी आह्वान गरी सकेको छ । परराष्ट्र मन्त्रालयसमेत त्यस विषयमा जानकार नभएको बताइएको छ । ईजरायलमा राजदुत रहिरहेकी रिजाललाई अष्ट्रेलियाका लागि राजदुत बनाउन भन्दै फिर्ता बोलाइएको थियो । अहिले उनको नाम काटिएर संसदीइ सुनुवाएै समितिमा नाम नै नजादाँ ठुलै लफडा परेको अनुमान छ । काँग्रेसको कोटाबाट राजदुतमा सिफारिस भएकी रिजालको नाम काटिनुमा परराष्ट्रमन्त्रि डा आराजु देउवा स्वम् काँग्रेसबाट भएकोले त्यसमा काँग्रेसको आन्तरिक मामला भएको बताईन्छ ।

    सुनुवाइ समितिले डा शंकर शर्मा भारत, प्राडा कृष्णप्रसाद ओली चीन, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्रा धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका र रीता धिताल पाकिस्तानका विरुद्ध उजुरी आह्वान गरेको छ। त्यस्तै नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डा शैल रुपाखेती जर्मनी, जङ्गबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेल,पोर्चुगल विरुद्ध पनि उजुरीकोे लागि आह्वान गरेको छ।

    Post Views: 108
    प्रकाशित मिति: २०८१ श्रावण ३०, बुधबार ०७:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.