• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालबाट हराएका बहुमुल्य २४ थान नेपाली मुर्तिहरु अमेरिकाबाट नेपाल फिर्ता (फोटोसहित)

  •  
  • २०८१ श्रावण ३१, बिहीबार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको हवाई निवासी अमेरिकी नागरिक सुसन ब्राडफोर्डको घरमा संकलन गरी राखिएका २४ स्थान बहुमुल्य नेपाली कलात्मक मुर्तिहरु नेपाल सरकारलाई फिर्ता भएको छ । निवासी सुसन ब्राडफोर्डले आफ्नो घरमा व्यक्तिगत सग्रहमा रहेका २४ थान पुरातात्विक महत्वका कलात्मक मुर्तिहरु नेपाल सरकारलाई फिर्ता गरेको हो । ति मुर्तीहरु ढलाट कवर, ढलोट अघोर भैरव, ढलोट महिषासूर मर्दिनी, ढलोट महामन्जुश्री शक्ति, ढलोट विघ्नान्तक भैरव, तामा प्रज्ञापारमिता, ढलोट÷तामा किन्नरी(अप्सरा), तामा मन्जुश्री शक्ति, काठ बाराही, काठ चमुण्डाको शीर, प्रस्तर सरस्वती रहेका छन ।


    त्यसैगरी प्रस्तर मन्जुश्री शक्ति, प्रस्तर अगस्थमुनि, कागज हस्तलिखित ग्रन्थ, साना मूर्तिहरु (स्तुपा, कुवेर, जोगिनी, मन्जुश्री र सिक्का), तामा काली यन्त्र, हाड कंकाल यन्त्र, काठ फुर्वा, फलाम भोटे ताल्चा, ढलोट सिन्दुरदानी, फलाम त्रिशूल, तामा बाला, ढलोट बाला, तामा आरति पात्र) रहेका छन । नेपाल फिर्ता भएका ति कलात्मक मुर्तिहरु पुरातत्व विभागको संरक्षणमा रहेको छ । उक्त कलात्मक वस्तुहरु सुरक्षा र संरक्षणको लागि राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको छ । हालसम्म १ सय ७३ थान पुरातात्विक वस्तुहरु विदेशबाट नेपाल फिर्ता भएको पुरतत्व विभागले जनाएको छ ।

    नेपालबाट मुर्ति हराउने घटना सामान्य जस्तै हो । विदेशमा कहिंकतै प्रर्दशनी हुँदा नेपालमा हराएको भनिएका ति मुर्तीहरु कसरी प्रर्दशनीमा राख्छन । खास गरी २०४६ साल पहिले धेरै त्यस्ता पुरातत्वीक मुर्तिहरु अमेरिका अष्ट्रेलिया र यूरोप पुगेको थुप्रै घटनाहरु छन । जो संग अमेरिकामा त्यस्ता पुराना नेपाली मुर्तिहरु छन उनिहरु आफुले केहि उपहार पाएको केहि किनेको र केही नेपालबाट आउँदा ल्याएको भन्दछन तर ती अत्यन्तै महत्वपुर्ण मुर्तिहरु यसरी सजिलै विदेशीले कसरी ल्याउँछन रु
    तथ्याङक अनुसार पुरातत्व विभागमा ४ सय ९ वटा मुर्ती, कला वस्तु चोरी सम्बन्धी दर्ता भएका उजुरीहरु दर्ता छन् । त्यसमध्ये ७७ वटा मुर्तीहरु र कलावस्तुहरु भेटाइसकिएको छ । नेपालबाट कतिवटा मुर्तीहरु बाहिरियो भन्ने बिषयमा भने विभागसँग तथ्याङ्क छैन् । किनभने मुर्तीहरु हराउने प्रक्रिया बहुदल पछि भन्दा बहुदल अघि व्यपक थियो । अहिलेसम्म नेपाल फर्काइएका मुर्तीहरुमा अमेरिकाबाट ७६ वटा, चीनबाट २९ वटा, बेलायतबाट २२ वटा, भारतबाट १३, अष्ट्रेलियाबाट ५ वटा र जर्मन, अष्ट्रिया, इटालीबाट एक÷एक वटा रहेका छन् , नेपालबाट हराएका मुर्तीहरु विभिन्न देशका म्युजियममा भेटिएका मुर्तीहरु हुन । ति फिर्ता भएका मुर्तिहरु कुन नेपाली मन्दिरबाट कहिले हराएका थिए एकिन छैन । जसले संकलन गरेका थिए उनले विभिन्न समयमा अमेरिका र अन्य देशबाट किनेर संकलन गरेको बताइएको छ ।

    Post Views: 212
    प्रकाशित मिति: २०८१ श्रावण ३१, बिहीबार ०८:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन
    लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल
    ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ३. ख्याति प्राप्त हिमाल आरोही निर्मल पुर्जा: हिमालबाट कीर्तिमान, हिमालमै बिलाए

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    चर्चित
    • १. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • २. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ३. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ४. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.