• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्रमन्त्रि राणाद्धारा भारतीय प्रधानमन्त्रि मोदी र परराष्ट्रमन्त्रि जयशंकरसंग भेट

  •  
  • २०८१ भाद्र ४, मंगलवार ०५:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको बताइएको छ ।
    भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’ भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए । परराष्ट्रमन्त्री देउवाले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो ।

    उता भारतीय समकक्षी एस जयशंकरसँग दुई देशको हित, आसी सहयोग र सम्बन्ध सुधारबारे छलफल भएको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताएकी छन् । दिल्ली भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेपछि सामाजिक सञ्जाल मार्फत् छलफलबारे उल्लेख गरेकी छन् । ‘भारतीय विदेशमन्त्री श्री एस। जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौं पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु’, फेसबुकमा लेखेकी छन्

    Post Views: 213
    प्रकाशित मिति: २०८१ भाद्र ४, मंगलवार ०५:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.