• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कान्ता रिजालको राजदुत नियूक्ति रद्दः सहयोगी ईजरायलमा भाग्दा अष्ट्रेलियाको राजदुत गुम्यो

  •  
  • २०८१ भाद्र ४, मंगलवार ०६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । राजदुतमा कार्यरत रहँदा ईजरायलमा दुई सहयोगी ईजरायलबाट नेपाल फर्किने बेलामा दुई जना सहयोग उतै भागेपछि रिजाललाई सहयोगी उतै छोडेको भन्ने आरोपमा उनलाई नियूक्त गरिएको पद रद्द गरिएको छ । स्रोतका अनुसार, उनका सहयोगी फिर्ता नभएको सम्बन्धमा इजरायलको परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावाससँग चासो राखेको थियो। २०७९ असार १२ मा उनी इजरायलका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। गत जेठ २४ गते ११ देशका राजदूत फिर्ता बोलाउँदा उनी पनि त्यसमा परेकी थिइन्। उनलाई बोलाउने निर्णय गर्दा एमालेको समर्थन रहेको प्रचण्ड नेतृत्वको सरकार थियो। तर, कांग्रेस सरकारमा आउनेबित्तिकै कान्ता अस्ट्रेलियाका लागि सिफारिसमा परेकी थिइन्।

    उनले सहयोगी फिर्ता नल्याएको विषयलाई इजरायल सरकारले निकै गम्भीरतापूर्वक लिएपछि नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई यसबारेमा जानकारी गराएको थियो। जतिबेला तेलअभिभबाट रिजालले लगेका सहयोगी फिर्ता नभएको विषय काठमाडौँमा जानकारी प्राप्त भयो, त्यसबेला रिजाल अस्ट्रेलियाका लागि राजदूत सिफारिस भइसकेकी थिइन्। १४ साउनको मन्त्रिपरिषद बैठकले अस्ट्रेलियाका लागि रिजालसहित १८ मुलुकमा राजदूत सिफारिसको निर्णय गरेको थियो। तर, संसदीय सुनुवाइका लागि संसद सचिवालयमा पठाउँदासम्म उनको नाम सूचीबाट हटिसकेको छ। ‘रिजाल राजदूत सिफारिस भएको दुई दिनपछि उनका सहयोगी फिर्ता नभएको विषयमा काठमाडौँमा जानकारी प्राप्त भएपछि ‘उनले लगेका सहयोगी फिर्ता नभएको विषयमा इजरायल निकै गम्भीर भएको देखिएको बताईन्छ ।

    झन् कूटनीतिक व्यक्तिको सहयोगीका रूपमा रहेका व्यक्तिहरू बेपत्ता हुनुलाई सबैजसो देशले गंभीर रुपमा लिने गर्दछ । रिजालले भने आफ्ना सहयोगी आफूलाई जानकारी नदिई विमानस्थलबाट बेपत्ता भएको र पासपोर्ट लगायतका कागजात आफूसँग रहेको स्पष्टीकरण दिँदै आएकी छन्। रिजालका सहयोगी इजरायलबाट फिर्ता नभएको तथ्य भेटिएपछि सरकारले उनलाई २९ साउनभित्र ती व्यक्ति फिर्ता भएको तथ्य प्रमाणसहित जानकारी गराउन म्याद दिएको थियो। तर जो भागेका थिए उनिहरु फर्केनन अन्तत उनको नियूक्ति रद्द हुन पुग्यो । सायदै नेपालको कुटनीतिक ईतिहासमा यो नयाँ घटना हो । यस अघि अमेरिका र अष्ट्रेलियामा नियूक्त भएका केहि महावाणिज्यदुतहरुले त्यसरी सहयोगी लगेर लुकाएको आरोप लाग्ने गरेको छ ।

     

    Post Views: 94
    प्रकाशित मिति: २०८१ भाद्र ४, मंगलवार ०६:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.