• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नरेश श्रीमतिको हत्यापछि प्रमाण मेटाएर भाग्ने तयारीमा रहेको खुलासा: घर र टेस्ला कार बेच्ने अन्तिम तयारीमा! पासपोर्ट र तयारी अवस्थाको सुडकेश बरामद

  •  
  • २०८१ भाद्र ८, शनिबार ०६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    खबरमाला बिशेष रिपोर्ट

    अमेरिकाको भर्जिनिया मनासाबाट हराई रहेकी भनिएको नेपाली नर्स ममता काफ्लेको हत्या भएको आरोेपसहित प्रहरीले अदालतमा उनका श्रीमान् नरेश भट्टलाईलाई पेश गरेको छ । घरभित्रै हत्या गरेर शवलाई घिसार्दै बाहिर निकालिएको र बेपत्ता बनाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टमा भर्जिनियाको मनासस पार्क प्रहरीले रेकर्ड गराएको प्रमाण अनुशार शुक्रबार विहान उनलाई अदालतमा पेश गरियो । अदालतमा पेश भएसंगै श्रीमतिको हत्या गरेर श्रीमान नरेश भट्ट भाग्नका लागि पुर्ण तयारी अवस्थामा रहेका बेला बुधबार दिउँसोबाट प्रहरीले घरमा घेरा हाली रातभर अनुसन्धान गरी पक्राउ गर्यो । संभवत त्यस दिन प्रहरी घेरामा नपरेका भए उनि भागी सक्ने थिए । प्रहरीले जव उनको घरमा घेरा हालेरभित्र प्रवेश गरयो नरेश भट्टले उनको पासपोर्ट र तयारी अवस्थामा रहेको एक सुडकेस घरको बैठक रुममा तयारी अवस्था भेट्टाएको अनुसन्धानको क्रममा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यागरी प्रमाण नष्ट गरेर भाग्न खोजेको उनको घरबाट बरामद गरिएका प्रमाणहरुले पुष्टि गरेको छ ।

    प्रहरीले अदालतमा पेश गर्दा नरेशलाई छैटौ तहको अपराधमा श्रीमति हत्यागरी घिसारेर बेपत्ता बनाएको आरोप लगाएको छ । प्रहरीले अदालतमा पेश गर्दा हत्या आरोपित नरेशले नजिकैको वालमार्टबाट ३० जुलाईका दिन ३ स्थान चक्कु र सरसफाई गर्ने एक प्याकेट सामान किनेको पुष्टि भएको तर ती ३ थान चक्कुमध्ये प्रहरीले उनको घरमा एक थान मात्रै भेट््टाएको छ । प्रहरीको आशंका छ की दुइ थान चक्कु हत्यामा प्रयोग गरी हत्याको प्रमाण मेटाउन सरसफाईको समान प्रयोग गरेको जनाइएको छ । प्रहरीले माष्टर बेडरुमको कार्पेट र बाथरुम रगतका धब्बाहरु र बाथट्रयूव नै फालेको अवस्थामा प्रशस्त प्रमाणहरु भेट्टाएका छन ।

    त्यहिमात्रै होईन प्रहरीले केहि व्यक्तिहरु (जसको नाम गोप्य राखिएको छ) संग घर र टेस्ला कार बेच्न कुराकानी गरिरहेको अन्तिम चरणमा पुगेको पनि प्रहरीको छानवीनको क्रममा भेटिएको छ । यो सबै प्रमाणले प्रहरीले उनि श्रमतिको हत्यापछि आफ्नो सम्पति बेचेर भाग्न खोजेको देखिने अनुमान गरेको छ । ममता हराएपछि एक अभियाननै चलाएर प्रहरी प्रशासनलाई दवाव दिई रहेकी नेपाली पत्रकार सच्ची मैनालीका अनुसार आफुले नरेश भट्टसंग गरेको कुराकानी र अन्य श्रोतले दिएको तथ्यका आधारमा उनि भाग्न खोजेको देखिएपछि प्रहरी अनुरोध गरेर छिटो अनुसान्धान गराउन सफल भएको खबरमालासंग बताउनु भयो । पत्रकार मैनालीका अनुसार हत्या आरोपित नरेश प्रहरीमा ढिला खबर गर्नु, आफन्तसंग एक्कासी टाढा बस्नु, र उनले बोल्ने कुराकानीहरु ल्ुाकाएको जस्तो देखिएपछि उनि जतिसक्दो त्यहाँबाट भाग्न खोज्दै थिए त्यसैले हामी(न्यूयोर्कमा कार्यरत अधिकारवादी समुह) हरुले प्रहरीलाई थप आश्वस्त पारेपछि प्रहरी उनको घरमा खानतलासी गर्न गरेको बताईन । यसो कुरामा फक्सन्यूजमा कार्यरत अमेरिकी पत्रकार स्टेफेनी रमिरेजले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई उदृत गर्दै गरेको ट्रवीट (तल फोटोमा ) बाट पनि पुष्टि हुन्छ की नरेशले ३० तारिक नै ममताको हत्या गरेर प्रमाण मेटाउन प्रहरीलाई ४ दिनसम्म खबर नगरी प्रमाण भेटिन्न भन्ने भएपछि अगष्ट ४ तारिकमात्रै खबर गरेको देखिन्छ । अर्कोतर्फ ममताले प्रयोग गर्ने फोन जुलाई ३० तारिक दिउँसोबाट कसैको फोन नउठेको र अगष्ट १ तारिकसम्म फोन गएर डेड भएको प्रहरीको खोजवीनले पुष्टि गरेको छ ।

    अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग अनुसार भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थपहुनसक्ने समेत बताएको छ । ममताकी एकबर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ । प्राप्त प्रमाणहरु प्रहरीले सार्वजनिक गरिएको र अदालतमा पेश गरिएकाबाट लिइएको हो ।

    तलको भिडियो भेन्नी पोटानको कोर्ट टिभी यूट्यूव च्यानलबाट साभार गरिएको हो ।

    Post Views: 129
    प्रकाशित मिति: २०८१ भाद्र ८, शनिबार ०६:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.