• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनए अमेरिकाले बनायो ‘नागरिकता आयोग’

  •  
  • २०८१ भाद्र ९, आईतवार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ अमेरिकाले नागरिकता आयोग २०२४ गठन गरेको छ । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनको पक्षमा पैरवी गर्न संघका अध्यक्ष डा. अर्जुन बञ्जाडेको अध्यक्षतामा नागरिकता आयोग गरिएको प्रवक्ता राजन पन्तले बताए ।

    गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा गठन गरिएको नागरिकता आयोगका सदस्यमा क्रमशः डा. अम्बिका अधिकारी, पूर्ण अधिकारी, डा. रुद्र अर्याल, दिक्षा बस्नेत, हरिबोल भण्डारी, आनन्द विष्ट, खगेन्द्र जीसी, रतन झा, गौरीराज जोशी, डा. श्याम कार्की, प्रल्हाद केसी, तिलक केसी, डा. विष्णुमाया परियार, डा. दामोदर पौडेल, डा. केशव पौडेल, डा. आमोद पोखरेल, शिव राई, सुनील साह, डा. पुरु श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, तारा सिग्देल, बुद्धी सुवेदी, मोहन थापा, सञ्जय थापा, रविना थापा, सुमन तिम्सिना तथा सदस्य सचिवमा गोपेन्द्र भट्टराई रहेको संघले जनाएको छ ।

    नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरे पनि आवश्यक ऐन कानून निर्माण नगर्दा गैरआवासीय नेपालीहरुले नेपाल सरकारका सेवा लिनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ ।

    गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र आवश्यक ऐन कानुन निर्माणका लागि रचनात्मक दबाव र वकालत गर्न आवश्यक देखिएकाले नागरिकता आयोग गठन गरिएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्दै गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि नेपाली नागरिकताको निरन्तरता खोजिरहेका छन् । लामो समयदेखिको दबाबका कारण नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि आवश्यक ऐन कानुन निर्माण हुन नसक्दा गैरआवासीय नेपाली नागरिकता पूर्णरुपमा कार्यान्वयनमा आउन सकिरहेको छैन ।

    एनआरएनए गैरआवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था भएकाले गैरआवासीय नेपाली नागरिकताका लागि पूर्ण कार्यान्वयनको पक्षमा वकालत गर्ने निर्णय गरिएको गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. बञ्जाडेले बताए । रासस

    Post Views: 157
    प्रकाशित मिति: २०८१ भाद्र ९, आईतवार १०:३८
    Advertisement
    संबन्धित शिर्षकहरु
    भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !
    ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
    अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • २. ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    • ३. अमेरिकामा रहेका नेपालीलाई मातृभूमिमा लगानी गर्न आग्रह

    • ४. चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    • ५. अमेरिकी सर्वोच्च अदालतको फैसला, ग्रीनकार्ड बाहकलाई चुनौति

    चर्चित
    • १. विश्व कूटनीतिमा महिला सहभागिता २२ प्रतिशत, राष्ट्रसंघ प्रतिनिधिमा ७ प्रतिशत !

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    • ४. भेनेजुयलामा ठुला ७.२ र ७.५ म्याग्निच्युडका दुई भुकम्प १० हजारभन्दा बढीको मृत्यू !

    • ५. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.