• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा नेपाली विधार्थीको गोली हानी हत्या: केटासाथीको संलग्नता हुनसक्ने मृतककी आमाको आशंका ! (भिडियो अन्तावार्तासहित)

  •  
  • २०८१ भाद्र १२, बुधबार ०५:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा टेक्सासको ह्युष्टनमा गोली लागेर मृत भेटिएकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमाले आफ्नो छोरीको हत्यारा पत्ता लगाउन अमेरिकामा रहेका नेपाली समुदायलाई अनुरोध गरेकी छिन । एकल महिला अनिता पाण्डे अधिकारीले अमेरिकामा रहेकी छोरीको हत्यामा उनको केटासाथीको संलग्नता हुनसक्ने आशंका गर्दै हत्यारा पत्ता लगाउन माग गरेकी छिन । एकल आमाले हुर्काएकी छोरी भएकोले आफ्नो संरक्षणको सम्पुर्ण आधार सकिएको भन्दै नेपाली समुदायलाई सहयोगका लागि अपिल गरिन । उनले अमेरिका आएर छोरीको हत्यारा पत्ता लगाएको हेर्न पाए आफ्नी मृतक छोरीको आत्माले शान्ति पाउने बताईन । अमेरिकामा कार्यरत पत्रकार सच्चि मैनालीले “सच्चिको साथ” नामक कार्यक्रममा मृतक मुनाकी आमा अनितासंग गरिएको कुराकानीमा उनकी आमाले आफ्नी छोरीको हत्यामा छोरीको केटा साथीको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेकी हुन । त्यो केटा साथीको बर्ण बताए पनि नाम र फोटो भने तथा अन्य विषय भने सार्वजनिक सार्वजनिक गरिएको छैन ।

    अनिता पाण्डे अधिकारीका अनुसार मृतक मुनाले आफुलाई एक गोरो वर्णको केटा (अमेरिकी नागरिक)ले फलो गर्ने गरेको जसका कारण केहि समय संगै घुम्न पनि गएको आफनी आमासंग बताएकी थिइन । मुनाकी आमा अनिताले छोरीले त्यो केटाको फोटो  भिडियोपनि समेत आफुलाई पठाएको, घुम्न जाँदा पनि फोटो पठाउने गरेको थियो । पछिल्लो समय त्यो केटासंग सम्बन्ध विग्रिएको बोलचाल बन्द भएको आमासंग बताएकी थिईन । सो केटा साथी भनिएका व्यक्तिले एक्लै कोठामा बसेकी मुनालाई आफुसंगै अपार्टमेन्ट आउन पटक पटक दवाब दिएको छोरीले बताउने गरी थिइन । मृतक मुना २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका आएकी हुन । शुरुमा अमेरिका आउँदा साथी संग बसेकी मुना केहि समयपछि साथीबाट छुटेर एक्लै बस्दै आएकी आमा अनिताले बताएकी छिन ।

    आमा अनिता पाण्डे अधिकारीले सच्चिको साथ गरिएको अन्र्तवार्ताका क्रममा मुनाले बीचमा भने उनीहरुबीच सम्बन्ध त्यती राम्रो नभएको समेत मुनाले आमालाई बताएको जनाइएको छ । आमा अनिता आफ्नो छोरीको मुख हेर्न अमेरिका आउन नेपाल स्थित अमेरिकी दुतावासमा भिषासमेत अनुरोध भइसकेको बताइएको छ । आमाले ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको बताएकी छिन । केहि दिन यता अमेरिकी नेपाली समुदायले निकै दुखद घटनाको सामना गरिरहनु परेको छ । घटनालगत्तै मृतकको शव अस्पतालमा राखिएको छ भने प्रहरीले घटनामा संलग्न हुनेको खोजी गरिरहेको जानकारी पाएको ह्यूष्टनबाट द्रोण गौतमले बताएका छन । मृतक मुना पाण्डेको फोटो खसोखास अनलाईनबाट साभार गरिएको हो 

     

     

    यो भिडिओ पत्रकार सच्चि मैनालीले मृतक मुनाकी आमा अनितासंग गरिएको कुराकानी समेटिएकोे यूट्युब भिडिओबाट साभार गरिएको हो ।

    Post Views: 164
    प्रकाशित मिति: २०८१ भाद्र १२, बुधबार ०५:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.