• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

देशभरका ६२ युवाको सहभागीतामा नेपाल जेसिजको बिजनेस एकेडेमी पाेखरामा

  •  
  • २०८१ भाद्र १४, शुक्रबार ०६:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको छ । जेसीआई नेपालको आयोजना तथा जेसीआई पोखराको आतिथ्यतामा यही भाद्र ७ देखी १० गते सम्म पोखरा बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिकरण नीतिहरू र उद्धमशिलता बिकासबारे महत्वपूर्ण प्रशिक्षण प्रदान गरेको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलले जानकारी दिए ।

    कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैन सहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजिब गौतमले देशभरीबाट सहभागी ६२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखराका प्रतिष्ठित ब्यवसायी गणेश बहादुर भट्टराई र प्रकास देव पालिखेले “फायारसाइडटक“ मार्फत ब्यवसायिक चुनौती र सम्भावनाबारे अन्तरकृया गरेका थिए । कार्यक्रममा पहिलो पटक नेपालमा रहेका राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कम्पनीहरु रारा चाउचाउका उत्पादक गण्डकी नुडल्स, भिजन नेपाल, हिमालयन लाईफ लगायतका १० बिभिन्न व्यवसायी र प्रशिक्षार्थीहरुबीच “बिजिनेस एक्स्चेन्ज मिट“ आयोजना समेत गरिएको थियो । जसले यस कार्यक्रमको उत्कृष्टतालाई प्रमाणित गर्नुका साथै समग्र नेपाल जेसीजको लागी पनि कार्यक्रमले फरक ब्राण्ड स्थापित गर्न सक्षम रहेको कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर किरण के.सी.ले जानकारी दिए ।

    पोखरा जेसीजका अध्यक्ष देबराज शर्माले पोखरा जेसीजले स्वर्ण बर्ष प्रवेश गरेको अवसरमा बर्ष भरी बिभिन्न कार्यक्रमहरु गरी मनाउने लक्ष्य राखेकोमा यस कार्यक्रमले वास्तविक रुपमा आजको आवश्यकता अनुरुपको युवाहरुको क्षमता विकासको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्घोष गरे । शर्माले नेपाल जेसीजका कार्यक्रमहरुमध्ये उत्कृष्ट ब्यवस्थापन सहित समय सान्दर्भिक बिषय समेटिएको हुँदा सो प्रशिक्षणबाट युवाहरुको व्यवसायिक बिकास र सशक्तिकरणमा विशेष टेवा पुग्ने बताउदै दिक्षित प्रशिक्षार्थीहरुलाई शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमकोे उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लिराज भट्टले गरेका थिए भने अध्यक्षता नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष पोख्रेलले गरेका थिए । चार दिनको उक्त कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित बनेका ६२ जना युवाहरुले यस कार्यक्रमबाट जिवनोपयोगी सिकाई भएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल जेसीजको राष्ट्रिय कार्यक्रम बिजनेस एकेडेमीलाई सफल आतिथ्यता गरेको पोखरा जेसीज सन् १९७५ मा स्थापित भई स्थापनाकाल देखी नै युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामाजिक आवश्यकतामा पनि अग्रसर रहँदै आएको छ ।

    Post Views: 177
    प्रकाशित मिति: २०८१ भाद्र १४, शुक्रबार ०६:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.