• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एक बर्षमा ब्राजिलमा १९ सय नेपालीले शरण पाएका थिए , दुबईबाट पोर्चुगल हुँदै साओ पाउलो पुगेको खुलासा

  •  
  • २०८१ भाद्र १६, आईतवार ०९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ब्राजिलको साओ पाउलो विमानस्थलमा अलपत्र परेका भनिएकामध्ये ९३ जना नेपालीले ब्राजिलमा शरण मागेको खुल्न आएको छ । ब्राजिल प्रहरीका अनुसार एयरपोर्टमा नियन्त्रणमा रहेकामध्ये ९३ जना नेपाली रहेको र उनिहरुले ब्राजिलमा शरण मागेको बिबिसीले जनाएको छ । उनिहरुले यदि शरण पाए भने त्यहाँबाट अमेरिका जाने बाटोको रुपमा प्रयोग गर्नेछन । उता नेपाल सरकार भने सम्बन्धित एयरलायन्सले फिर्ता नल्याए सरकारले नै ल्याउने भन्दै तयारी थालेको छ ।

    बिबिसीका अनुसार ब्राजिलका एकजना सघीय अभियोजनकर्ताले हालैका दिनमा उत्तर अमेरिका छिर्ने उद्देश्यसहित आफ्नो मुलुक प्रवेश गर्ने नेपालीहरूको सख्या ठूलो रहेको बताए । चार दिनअघि ब्रजिलस्थित नेपाली राजदूतावासले साओ पाउलो विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब ७ सय यात्रुहरू रोकिएको खबरप्रति ध्यानाकर्षण भएको जनाएको थियो । जसमध्ये सबै १सय ७६ जना नेपालीहरू सकुशल रहेको भन्दै दूतावासले आवश्यकता अनुसार नेपाली नागरिकलाई मानवीय सहायता पु¥याउन तयार अवस्थामा आफूहरू रहेको उल्लेख गरेको थियो ।

    पछिल्लो जानकारी अनुसार बीबीसी ब्राजिललाई दिएको प्रतिक्रियामा ब्राजिलको प्रहरीले बिहीवारसम्म ३ सय ३१ जना विमानस्थलमा नियन्त्रणमा रहेको बताएको र त्यसमध्ये ९३ जना नेपाली रहेको छ । व्यक्तिगत सुरक्षाका कारण उनीहरूको राष्ट्रियता नखुलाइएको भएपनि विमानस्थलको निषेधित क्षेत्रमा रहेकामध्ये सबैभन्दा धेरै ९३ जना एउटै देशका रहेको ब्रजिलको प्रहरीले उल्लेख गरेको छ ।

    जानकारी अनुसार बीबीसी ब्रजिलका भितोर ताभारेसले भनेका छन “यसको अर्थ यदि त्यहाँ रहेकामध्ये सबैभन्दा धेरै नेपाली नागरिक छन् भने पनि विमानस्थलभित्र उनीहरू ९३ जना छन् । ” यसबारे हामीले ब्रजिलस्थित नेपाली राजदूतावासमा सम्र्पक गर्दा बाँकी आधिकारिक तथ्यांक आफुहरुसंग नभएको बताए ।
    ब्रजिलले गत सोमवारबाट नयाँ अध्यागमन नीति कार्यान्वयनमा ल्याएपछि ब्राजिलस्थिथ नेपाली दुतावासको विज्ञप्ति अनुसार ‘नेपाली आगन्तुकले ब्रजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने’ स्पष्ट छ । तर पनि विमानस्थलमा रहेकामध्ये ९३ जनाले शरणार्थी मान्यताका लागि निवेदन दिएको उल्लेख छ । त्यहाँ रहेका नेपालीहरुले आफहरु सो नियम लागु हुनुभन्दा पहले विमानस्थल परेको जिकिर गरे पनि शरण पाउनका लागि भने नियम लागु भैसकेपछि निवेदन दिएको खुलेको छ । जसले गर्दा ब्राजिलअन प्रणाली अन्तर्गत दर्ता भएको खण्डमा उनीहरूले उक्त देशमा शरण पाउने संभावना पनि छ । ब्रजिलको प्रहरीले नयाँ नियम कार्यान्वयनमा आएपछि गएको सोमबारयता शरण खोज्दै विमानस्थल पुग्नेको सख्या ’उल्लेख्य रूपमा घटेको’ जनाएको छ ।
    प्रहरीले भने नियन्त्रणमा रहेका व्यक्तिहरुलाई अब आफ्नै देश फिर्ता हुनुपर्नेछ वा आफ्नो बोर्डिङ पासमा उल्लेख गरिएको अन्तिम गन्तव्यका लागि यात्रा गर्नुपर्ने भन्दै रोकि राखेको छ ।

    यसअघि ब्रजिलको प्रहरीअन्तर्गतको गुप्तचर निकायले विगत डेढ वर्षमा उक्त देशमा शरण माग्नेहरूमध्ये तेस्रो ठूलो सख्या नेपालीहरू रहेको प्रतिवेदनमा उल्लेख गरेको गरेको । उक्त प्रतिवेदन अनुसार साओ पाउलोस्थित विमानस्थलमा २०२३ जनवरीदेखि जुलाई २०२४ सम्म शरणार्थी हुनका परेका ८ हजार ३ सय २७ आवेदनमध्ये ७० प्रतिशत भन्दा बढी भारत, भियतनाम र नेपालका रहेका छन् । एक महिनाअघि उक्त निकायले बुझाएको प्रतिवेदनमा ब्रजिलमा विगत डेढ वर्षमा शरण माग्ने ८ हजार ३ सयभन्दा धेरै मानिसहरूमध्ये करिब १ हजार ९ सय जना नेपालीहरू रहेको उल्लेख स्पष्ट उल्लेख छ ।
    त्यसरी ब्रजिलमा विगत डेढ वर्षमा शरणार्थी बन्न निवेदन दिएकाहरूमध्ये सबैभन्दा धेरै २३.९ प्रतिशत भारतीयहरू छन् । त्यसपछि भियतनामी २३.५ प्रतिशत र नेपाली २२.८ प्रतिशत छन् । स्मरणीय के छ भने त्यसरी शरण माग्नेहरुमध्ये ब्राजिलमा शरण लिएकामध्ये ९९.५९ प्रतिशत मानिसले ब्राजिलमा बस्दैनन । त्यसैलाई आधार बनाएर उनिहरु अमेरिका जाने गैरकानुनी बाटो प्रयोग गर्दछन ।

    कसरी त्यहाँ पुगे नेपाली ?

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताएका छन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताएका छन ।“यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो । सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउँछ,” राईले बताएका छन । उनका अनुसार ब्रजिलस्थित नेपाली दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालय र अध्यागमन विभागसँग पनि नेपालीहरूको अवस्था र स्वदेश फिर्तीबारे छलफल गरिरहेको छ । ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्देलका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए । तीमध्ये रुकुमका एक युवा बिरामी परेर अस्पताल भर्ना भए पनि अरूको अवस्था सामान्य रहेको छ ।

    Post Views: 110
    प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार ०९:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.