• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

 एक करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ घोषणा : विश्वभरीका नेपाली भाषीले भाग लिन पाईने

  •  
  • २०८१ भाद्र १७, सोमबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सर्वाधिक पुरस्कार राशीका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शो को घोषणा गरिएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन– २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको हो । एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको एक खुला साङ्गीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरेका हुन् ।

    कार्यक्रम अनुसार  विश्वका विभिन्न मुलुकहरूमा स्थलगत अडिसनहरू तय गरिएका छन् भने दोस्रो संस्करणको अडिसनको सुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने छ । नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भएपनि नेपालीकला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि शो आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

    फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिक्किम र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिनेछ ।

    सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिष्पर्धाका लागि काठमाडौं लगिने बताइएको छ । भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरी २४० प्रतिस्पर्धीहरू काठमाडौं लगिने छन् । दुबै शो का विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले शुभकामना मन्तव्य राखेका थिए । प्रतिष्पर्धाका लागि १८ वर्ष पूरा भएको नेपालीमूलका व्यक्ति हुनुपर्ने, प्रतिष्पर्धीले प्रस्तुत गर्ने सबै प्रस्तुतिहरू नेपाली कला र संस्कृतिसँग सम्बन्धित हुनुपर्ने छ । यी दुई ‘शो’को पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो । जसमा गायनतर्फ भारत  सिक्किमका प्रीतम राई र नृत्यतर्फ थाइल्याण्डकी खुसी कार्कीले प्रथम पुरस्कार जितेका थिए । यो पुरस्कार नेपालको सन्दर्भमा यो नेपालको सबैभन्दा ठुलो पुरस्कार राशीको हो । 

    Post Views: 136
    प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार ०९:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.